Ntc summer Offer
Khabar Dabali १८ कार्तिक २०८१ आईतवार | 3rd November, 2024 Sun
Investment bank

यो ठूलो चुनौती हो, लरोतरो होइनः प्रम कोइराला

काठमाडौं,  प्रधानमन्त्री सुशील कोइरालाले ८२ वर्षको अन्तरमा नेपालमा आएको  महाभूकम्पले छोडेर गएको विनास पछिको व्यवस्थापन ठूलो चुनौतीको रुपमा रहेको बताएका छन् । उनले सो कुरा संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले व्यवस्थापिका संसदको सचिवालय सिंहदरबारमा सोमबार आयोजना गरेको संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दलहरुको सामूहिक बैठकमा व्यक्त गरेका हुन् । अध्यक्ष नेम्वाङले मुुलुकमा महाविपत्ति आएको बेलामा यसको व्यवस्थापन गरी प्रकोप पीडितहरुको उद्धार, राहत, पुनःस्थापना, पुनर्निमाणलाई गतिदिन विधायिकालाई पनि सक्रिय पार्ने उद्देश्यले सो बैठकको आयोजना गरेका थिए  । बैठकमा प्रधानमन्त्री कोइरालाले भने- \'यो ठूलो चुनौती हो, लरतरो होइन ।\' । उनले मुलुकमा संंस्थाहरुको विकास हुन नपाएकोले प्राकृतिक प्रकोप व्यवस्थापनमा सोचेजस्तो तदारुकता नदेखिएको पनि उल्लेख गरे । उनले भने- \'सबै ठाँउबाट उद्धारको अनुरोध आएको छ । तर पर्याप्त उपकरण र उद्धार विशेषज्ञहरुको अभावमा एक साथ धेरै स्थानमा उद्धारकार्य अगाडि बढाउन सकिएको छैन ।\' प्रधानमन्त्री कोइरालाले यो महाविपत्तिबाट पीडित नेपाली नागरिकको उद्धार, राहत र पुर्नस्थापना कार्यमा सरकार संवेदनशील भएको पनि उल्लेख गरे । उनले यो आकस्मिक चुनौतिको सामनाका सम्बन्धमा सरकारले सर्वदलीय बैठक गरेर समन्वित ढंगले काम गरिरहो पनि बताए । उनले राजनीतिक दलहरुकातर्फबाट महत्वपूर्ण सुझावहरु आएको पनि उल्लेख गरे । प्रधानमन्त्री कोइरालाले प्रभावित क्षेत्रमा टेण्ट, खानेपानी, खाद्यसामग्री, औषधी र चिकित्सक एवं स्वयंसेवकहरु पठाउने कार्य भइरहेको पनि उल्लेख गरे । उनले घाइतेहरुको स्वास्थोपचारको लागि रगत अभाव हुन नदिन रक्त संकलनका लागि सबै राजनीतिक दलहरुबाट आह्वान भएको पनि बताए । प्रधानमन्त्री कोइरालाले  राष्ट्रिय विपत्तिको घडीमा विदेशी मित्र राष्ट्रहरुले आर्थिक,भौतिक र स्वयंसेवी एवं उद्धारकार्यमा दक्ष जनशक्ति पठाएर सहयोग गरिरहेको जानकारी पनि दिए । बैठकमा प्रधानमन्त्री कोइरालाले यो दुःखद घडीमा सबै नेपालीले मन बचन र कर्मले सहयोग गर्नुपर्ने पनि उल्लेख गरे । उनले विधायक सहित सबैले यथासक्य आर्थिक सहयोग गनुपर्ने प्रस्ताव पनि उपयुक्त भएको बताए । यो राष्ट्रिय विपत्तिको सामना गर्ने विषयलाई लिएर व्यवस्थापिका संसदको विशेष अधिवेशन बस्ने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy