Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

यमनबाट प्रहार गरिएको क्षेप्यास्त्र साउदी अरबले खसाल्यो

[caption id=\"attachment_161340\" align=\"alignleft\" width=\"750\"]\"\" किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल रियादको उत्तरमा अवस्थित छ[/caption]

साउदी अरेबियाले यमनबाट प्रहार गरिएको बलिष्टिक क्षेप्यास्त्र नष्ट गरेको बताएको छ । शनिबार साँझ रियाद विमानस्थल नजिकै ठूलो विस्फोटको आवाज सुनिएको थियो ।

राजधानीको आकाशमा क्षेप्यास्त्र नष्ट गरिएको र त्यसका स-साना अंश विमानस्थल क्षेत्रमा खसेको साउदी प्रेस एजेन्सीले अधिकारीहरुलाई उदृत गर्दै जनाएको छ । यमनस्थित हुथी विद्रोही सम्बद्ध टीभी च्यानलले जनाए अनुसार क्षेप्यास्त्र किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल लक्षित थियो । हवाइ उड्डयन अधिकारीहरुले हवाइ ट्राफिक प्रभावित नभएको बताएका छन् । साउदी फौजले यस अघि पनि हुथी क्षेप्यास्त्र नष्ट गरेको भन्ने खबरहरु प्रकाशित हुने गरेका थिए तर घना जनसंख्या नजिकै नष्ट गरिएको यो पहिलोपटक हो । यमनस्थित साउदी नेतृत्वको सैन्य गठबन्धनका एकजना प्रवक्ता टुर्की अल-मलिकीले भने, \"क्षेप्यास्त्र संघन जनसंख्या भएको ठाउँमा प्रहार गरेर सर्वसाधारणलाई निशाना बनाउन खोजियो ।\" नष्ट भएका अंशहरु विमानस्थलमा मानिस नबस्ने स्थलमा खसेको उनले बताए । प्रत्यक्षदर्शीहरुले विमानस्थलको कार पार्कमा पनि टुक्राटाक्री खसेको बताए । हुथीहरुले अमेरिकी राष्ट्रपति रियाद आइपुग्ने अघिल्लो दिन गत मे महिनामा पनि रियादतर्फ क्षेप्यास्त्र प्रहार गरेका थिए । तर राजधानीबाट २०० किलोमीटर टाढै त्यसलाई नष्ट गरिएको थियो । यमनमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्रपति आबुदराबी मन्सुर हाडी र हुथी विद्रोही अभियान सम्बद्धहरुबीच युद्ध जारी रहँदा ठूलो क्षति भएको छ । साउदी अरेबियाले हुथी विद्रोहीलाई परास्त पार्न अन्तर्राष्ट्रिय गठबन्धनको नेतृत्व गर्दै सन २०१५ देखि उनीहरुमाथि कारवाही गर्दै आएको छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies