Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

भाग्यमानी ७ जोडीः जो श्रीमान–श्रीमती नै उम्मेदवार बने

\"\"काठमाडौं । मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनकालागि दलहले चरम सकसकाबीच उम्मेदवार टुंगो लगाए । दलहरुले उम्मेदवार छनोटको विषय निकै पेचिलो बन्यो । विवादै विवादबाबीच पनि दलहले प्रत्यक्षतर्फका क्षउम्मेदवाको सूची तयार गरे । कम विवाद देखिएको समानुपातिक उम्मेदवारको पनि निर्वाचन आयोगले अन्तिम सूची  प्रकाशन गरिसकेको छ । टिकट बाँडफँडकै बिषयलाई लिएर दलहरुमा थुप्रै विवाद भए कतिपय जिल्लामा आफ्नै पार्टीका उम्मेदवारबिरुद्ध बागी समेत पर्यो । कति छुटेनै नहुने नेता छुटेको चर्चा प्रयः दलमा चलिरहेको छ । टिकटकै बिषयलाई लिएर कतिपय नेताहरु दल बदल्न समेत पछि परेनन् । पछिल्लो समय दलका नेताहले आफन्त र नजिकका नातेदारलाई टिकट दिएको चर्चा चुलिएको छ । नेपाली राजनीतिमा आफ्ना आफ्ना निकटकालाई टिकट दिने दिलाउने कुरा नौलो होइन । तर, शीर्ष दलका शीर्ष नेता नै यसपाली श्रीमतीसहित चुनावी प्रतिस्पधाृमा देखिएका छन् । कतिपय नेताहरु पार्टीभित्रको चरम विवादकाबीच श्रीमान–श्रीमतीनै चुनवी मैदानमा छन् । केहीले प्रत्यक्ष चुनावकैलागि छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दार्ता गराएका छन् भने केही समानुपातिकमा छन् । शेरबहादुर देउवा र आरजु राणा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती आरजु राणा देउवाले कैलाली ५ बाट प्रतिनिधिसभाकै लागि उम्मेदवारी दर्ता गराएकी छिन् । देवाका पति–पत्नी नै प्रतिनिधिसभाकालागि प्रत्यक्षमा चुनाव लड्दैछन् । राणाले निकै विवादकाबीच टिकट पाएको चर्चा कांग्रेसभित्र छ । राणाले पार्टीभित्र नै आफ्नो दबदबा जमाएकी छिन् । वामदेब गौतम र तुलसी थापा नेकपा एमालेका उपाध्यक्ष वामदेब गौतमले बर्दिया १ बाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती तुलसी थापा एमालेको समानुपातिक सूचीमा परेकी छिन् । टिकटको विषयमा पार्टीभित्र थुप्रै असन्तुष्ट बनेका बेला गौतम श्रीमतीलाइृ समानुपातिक सूचीमा राख्न सफल भए । थापा जनजाति महिलाको कोटाबाट समानुपातिकमा परेकी हुन । बर्षमान पुन र ओनसरी घर्ती नेकपा माओवादी केन्द्का नेता बर्षमान पुनले रोल्पाबाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दिएका छन् । उनकी श्रीमती ओनसरी घर्ती समानुपातिक सूचीमा छिन् । घर्ती पूर्वसभामुख समेत हुन् । पुन एमाले–माओवादीको वाम गठबन्धनबाट सिटबाँडफाँड कार्यदलमा समेत थिए । पार्टिभित्रका थुप्रै असन्तुष्टिलाई किनारा लगाएर पुन दम्पतीले सांसद बन्ने बाटो बनाए । शक्ति बस्नेत र सत्या पहाडी पूर्वर्गहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटबाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती सत्या पहाडी प्रतिनिधिसभाकै लागि माओवादीको समानुपातिक सूचीमा छिन् । नेताहरुले आ–आफ्ना नातेदारहरुलाई टिकट दिएको भन्दै पार्टीभित्र आलोचना भइरहँदा बस्नेत दम्पती नै उममेदवार बनेका छन् । हितमान शाक्य र अमृता थापा नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले काठमाडौं १० बाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती अमृता थापा मगर माओवादी केन्द्रको समानुपातिक सूचीमा परेकी छिन् । टिकटको भागबण्डा नमिलेर कतिपय क्षेत्रमा पार्टीबिरुद्ध नै बागी उम्मेदवारी दर्ता भइरहँदा शाक्य दम्पती नै प्रतिनिधिसभाकालागि उममेदवार बनेका छन् । शंकर पोखरेल र सुजिता शाक्य नेकपा एमालका नेता शंकर पोखरेलले प्रदेशसभाकालागि दाङबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको टिकट दाबी गरेका पोखरेल मुख्यमन्त्री बन्ने शर्तमा प्रदेशसभामा झरेका हुन् । उनकी श्रीमती सुजीता शाक्य एमालेको प्रतिनिधिसभाको समानुपातिक सूचीका परेकी छिन् । टिकट बाँडफँड कार्यदलमा समेत रहेका पोखरेलले उम्मेदवार बनाउने शर्तमा राप्रपाबाट एमाले प्रवेश गराएका कोमल वलीलाई समेत टिकट दिलाउन नसकेने भन्दै  पाखा लगाएर आफ्नी श्रीमतीकालागि सिट सुरक्षित गराए । सीपी मैनाली र निलम खड्का नेकपा मालेका महासचिव सीपी मैनाली समानुपातिक सूचीमा बसेका छन् । मैनालीले समानुपातिकको सूचीमा आफ्नी पत्नी निलम खड्कालाई समेत समेटेका छन् । दोस्रो संविधानसभामा पनि मैनाली दम्पती समानुपातिक भोटबाट सांसद बनेका मैनाली दम्पती पालैपालो मन्त्रीसमेत बनेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies