Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

संकटकाल लगाएको छु, प्रश्न नगर्नुस् : गृहमन्त्री

काठमाडौं : भूकम्पीय क्षति र मुलुकमा राहत तथा उद्धारका लागि विदेशी सेनाको उपस्थितिलगायत विषयमा मुलुकलाई जानकारी दिन संसद्को अधिवेशन बोलाउनुपर्ने सभामुखलगायतको मागलाई सरकारले अस्वीकार गरेको छ। अाज प्कािशत प्रकाशित अन्नपुर्णपोष्टमा खबर छ – उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले मंगलबार भएको राज्य व्यवस्था समितिको बैठकमा मुलुकमा संकटकाल घोषणा गरिएकाले कुनै पनि संसदीय समितिले आफूलाई छलफलमा बोलाउन नसक्ने बताए । सभामुखलगायत समितिका सदस्यहरूले संसद्को अधिवेशन बोलाई मुलुकलाई प्राकृतिक प्रकोप, जनधनको क्षति, जारी उद्धार कार्यबारे जानकारी दिन सरकारलाई दबाब दिएका थिए। गौतमले आफू कार्यवाहक प्रधानमन्त्री भएका बेला संकटकाल घोषणा गरेको जानकारी समितिलाई दिँदै महाभूकम्पको अवस्थाबारे आफूलाई समितिमा बोलाउनु अनुचित नहुने बताए। विधि र प्रक्रियाबिनै संकटकाल लागिसकेको बताएपछि सभासद्हरू उनीप्रति आक्रोशित भएका थिए। छलफल गर्न पाउने अधिकारसमेत कटौती गरी एक महिनाका लागि संकटकाल लगाइएको गौतमको भनाइ थियो। उता, संकटकाल घोषणा गर्दा, सेना परिचालन गर्दा र नेपाली सेनाले विदेशी सेनासँग समन्वय गर्ने अवस्थामा पनि आफूलाई जानकारीसम्म नगराइएकामा राष्ट्रपति डा. रामवरण यादव रुष्ट छन्। संसदीय समितिमा सरकारले संकटकाल लगाएको बताइरहँदा संकटकाल घोषणा गर्ने संवैधानिक अधिकार पाएको आफूसँग कुनै सल्लाहसम्म नगरिएकोमा उनी रुष्ट भएका हुन्। सरकारले बेवास्ता गरेपछि सन्देश दिनकै लागि भए पनि गृह मन्त्रालयस्थित सूचना प्रविधि केन्द्रको मंगलबार भ्रमण गरेका उनले गृहमन्त्री गौतमलाई फोन गरी देशको यथार्थ जानकारी गराउन भनेको एक सल्लाहकारले जानकारी दिए। \'गौतमले म आउन नपाए पनि उच्चस्तरीय कर्मचारी पठाउँछु भनेका थिए तर कोही गएनन् त्यसैले राष्ट्रपतिले नै गृह मन्त्रालय भ्रमण गर्नुभयो\', ती सल्लाहकारले भने। प्रधानमन्त्री विदेशबाट फर्केको तीन दिनसम्म पनि उनले राष्ट्रपतिलाई भेटी सेना परिचालनलगायतका विषयमा जानकारी गराएका छैनन्। गौतमको संकटकालको दाबीलाई सत्तासीन कांग्रेस, एमाले र प्रमुख विपक्षी एमाओवादीका सभासद्हरूले कडा प्रतिवाद गर्दै ‘संकटकाल नभई संकटग्रस्त क्षेत्र\' घोषणा गरिएको हुन सक्ने भन्दै ध्यानाकर्षण गराएका थिए। गौतमले कार्यवाहक प्रधानमन्त्रीको हैसियतमा आफ्नै अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले संकटकाल घोषणा गरेको दाबी गरेपछि समिति सभापति दिलबहादुर घर्तीले संकटकाल नभई संकटग्रस्त क्षेत्र घोषणा गरिएको र संकटकाल लागेकै बेला पनि महाविपत्तिका विषयमा छलफल गर्न संसद्को अधिवेशन बोलाउन समितिको रुलिङ सुनाए। सत्तारूढ दलका नेताहरू माधवकुमार नेपाल र कांग्रेस नेता पूर्णबहादुर खड्काले पनि गौतमको भनाइप्रति आपत्ति जनाएका थिए। नेपालले त गौतमलाई व्यंग्य गर्दै आफू गृहमन्त्रीलाई खोज्दै हिँडेको तर तीन दिनदेखि नभेटेको भन्दै राहत वितरणमा उदासीनता देखाएको बताएका थिए। एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले जनप्रतिनिधिमूलक संस्था मजबुत बनाउने बेला संसद्को अधिकार कटौती गर्ने गरी संकटकाल घोषणा गर्नु सरकारको अलोकतान्त्रिक र निरंकुश चरित्र भएको बताएका थिए। \'संसद्को अधिवेशन बोलाएर छलफल गर्नुपर्ने बेला उपप्रधानमन्त्रीले समिति बैठक किन बोलाएको भन्दै प्रश्न गर्नु गैरजिम्मेवारीपन हो’, पोखरेलले भने। कांग्रेस महामन्त्री खड्काले भूकम्प पीडितलाई राहत दिन नसक्दा सरकारप्रति जनताको आक्रोश बढेको बताएका थिए। एमाओवादीका सन्तु दराई, कांग्रेसका नवीन्द्रराज जोशीलगायतका सभासद्हरूले भूकम्पपीडितको राहत र पुर्नस्‍थापनामा सरकारको पहल सुस्त भएको भन्दै आलोचना गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending