Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

भक्तपुर ओत लाग्ने पाल खोजिरहेछ <br>(फोटोमा भक्तपुर)

‘तपाईँ फोटो खिच्न आउनुभएको हो ?’ भोलाछेँस्थित सुनसान गल्लीको होचो ढोकाबाट एउटी महिलाले प्रश्न गर्दा मेरो मुटुले ठाउँ छोड्यो । ‘होइन’ मैले जवाफ फर्काएँ । फोटो खिच्न नै गएकाे भए पनि म डराएको थिएँ, त्यसैले ढाँटें । कारण, भक्तपुरका स्थानीयवासी आफन्त गुमाएको पीडामा आक्रोशित छन् भन्ने जानकारी मलाई पहिल्यै थियो । कसैको पीडाको दृश्य खिचेर बस्न मलाई पनि रहर थिएन ।\"Bhaktapur ‘आउनुस् म देखाउँछु’, उनले मेरो हात समातेर तान्दै आफ्नो घरको भित्रपट्टि भत्किएको भान्सादेखि ट्वाइलेटसम्म देखाएपछि भनिन्– ‘हेर्नुस सबैले बाहिर भत्किएका घरहरु मात्र देखाउँछन्, हाम्रो भक्तपुरका घरहरु सबै भित्रबाटै ढलिसके तर कसैले देखाउँदैनन्, कोही हेर्न पनि आउँदैनन् ।’\"Bhaktapur ती महिलाका श्रीमान् बुद्ध एअरका कर्मचारी रहेछन, सुदर्शन श्रेष्ठ । उनले भने– ‘आउनुस् मेरा भाउजू र भतिजसहित १२ जना बित्नुभएको घर पनि देखाउँछु ।’ म पनि अगाडि लागें– हेल्मेट लगाएरै । बाटोमा भेटियो सशस्त्र प्रहरीको टोली । स्थानीयले भग्नावशेष देखाउँदै भन्दै थिए–‘त्यहींनेर इनार थियो, शायद त्यतै हुनुपर्छ’ । \"Bhaktapur दुई तला माथिको झ्यालमा टोलाएर बसिरहेका थिए १८ वर्षिय एक किशोर । जो स्थानीयले देखाएको ठाउँतिर आफ्नी आमाको मृत शव भेटिने आशामा एकोहोरो हेरिरहेका थिए । चार दिनदेखि लगातार शव खोज्ने कार्य भए पनि भेटिएको थिएन । सशस्त्र प्रहरीको टोलीसँग पर्याप्त स्राेत र साधनको अभावका कारण उसले गर्नुपर्ने जति सबै तागत लगाउन सकिरहेको थिएन । किशोर त्यसै छाड्ने मनस्थितिमा थिएनन् । तर, के गर्ने ?  निरन्तरको खटाइले सबैको मुहारमा भोक र तिर्खा देखिन्थ्यो ।\"Bhaktapur भक्तपुरको नगर पूरै घुम्दा जहाँ पनि सबैको एउटै समस्या– उद्धार टोलीसँग स्रोत र साधनको अभाव हुँदा भग्नावशेष मुनिका शवहरु निकाल्न नसक्नु नै थियो । माथिको उदाहरणजस्तै थुप्रै ठाउँमा शव कुन स्थानमा छ भन्ने कुरा नै थाहा नहुँदा हातैले उधिनेर निकाल्ने स्थिति पनि थिएन । त्यसपछि भेटियो नेपाल मजदुर किसान पार्टीको कार्यलयनजिकै ठूलो भग्नावशेष । जहाँ एकै ठाउँमा पाँचवटा घर ढलेका थिए । मंगलबार बिहान १२ बजेसम्म सोही स्थानबाट दर्जन बढी शवहरु निकालिसकिएका थिए । त्यसको एकापट्टिको भागबाट नेपाली सेना एकपछि अर्काे गरेर जसोतसो इँट्टा पन्छाइरहेको थियो । \"Bhaktapur \"Bhaktapur \"Bhaktapurएकछिन बसेर कुरेपछि लाग्यो, त्यहाँबाट शव निकाल्न केही समय लाग्ने छ । केहीबेर अन्य ठाउँहरु घुमेर फर्किंदासम्म पनि कुनै अत्तोपत्तो लागिसकेको थिएन । नेपाली सेना थाकेर बसिरहेको थियो भने आमाको शव निकाल्न एक्लै गैँती चलाइरहेका थिए २९ वर्षिय युवक विराज खैँजु । ‘गाडी चलाउन गएको थिएँ, सबै पुरिएहोलान् भनेर आशा मारिसकेको थिएँ । तर श्रीमती र छोरी दाइकोमा गएका रहेछन्’ उनले भने– ‘बिहानैदेखि खाना पकाएर कुरिरहेकी आमा पुरिइछन् ।’ \"Bhaktapur \"Bhaktapur \"Bhaktapur शारीरिक शक्ति लगाएर खटिरहेको नेपाली सेना पनि थाकिसकेको छ, स्रोत र साधनको अभावले बाँकी रहेको शव निकाल्ने काम मात्रै पनि पूरा हुन सकेको छैन । अनि लागियो महेश्वरी खेलकूद मैदानतिर । याे स्थान भक्तपुर नगरवासीको नौलो वासस्थान भएको छ । कोही राहतका लागि लाइन बसिरहेका देखिन्थे । कोही अघिल्लो दिन पाल नपाएको गुनासो पोख्दै पाल पर्खिरहेका थिए ।\"Bhaktapur \"Bhaktapur कोही नजिकैको चिहानमा दाहसंस्कारमा व्यस्त थिए । शव पोलिएका चिहानहरु गनिसाध्य छैनन् । सबैतिर रोइरहेका शाेकमग्न मानिसहरुको भीड मात्रै देखिन्छ । भक्तपुरका यस्तै–यस्तै चित्कारका दृश्यहरुपछि दरबार स्क्वायरकाे बाटो लागेँ ।\"Bhaktapur \"IMG_6444\" \"IMG_6455\" गल्लीभित्रका ठूल्ठूला घरहरु कुनै बाँकी छैनन् । प्रायः घर भत्केर असरल्ल छरिएका छन् । बाँकी नचर्किएका घर नगर क्षेत्रमा कमै मात्र देख्न पाइन्छ । सबैको मुहारमा आफन्त गुमाएको शाेक, घरबाहिर खुला आकाशमुनि रात कटाउनुको पीडा र अब के हुने हो भन्ने त्रास एकसाथ देख्न सकिन्छ ।\"Bhaktapur \"Bhaktapur \"IMG_6248\" नागरिकका अावासीय घरहरु मात्रै होइनन्, सांस्कृतिक सम्पदाको धरोहर मानिएको भक्तपुर दरबार स्क्वायरदेखि पाचँतले मन्दिरसम्म कुनै पनि मठ–मन्दिरहरु बाँकी छैनन् । तर, इतिहास बोकेको पाँचतले मन्दिर भने चर्किएकोसम्म देखिन्न ।\"Bhaktapur गल्लीभित्रका घरका माथिल्ला तलाहरुमा बिस्तरा, कापी–किताबदेखि विभिन्न लत्ताकपडाहरु बाहिरैबाट देखिन्छन् ।\"Bhaktapur \"Bhaktapur उद्धार टोली आउँछ, जान्छ । ‘शव निकाल्ने काम त पूरा हुन सकेको छैन, अरू त के आश गर्नु र ?’ नगरवासी निराश देखिन्छन् । उद्धारटोली र राहत सामग्रीले त्रिभुवन विमानस्थलमा खचाखच भरिएको छ । उता नागरिकहरु शरीर छोप्ने पाल नपाएर खुला आकाशमुनि झरीसँगै भिजेर रात कटाइरहेका छन् । सरकार विदेशी मुलुकबाट सहयोगस्वरुप आएका पालहरु वितरण गर्ने व्यवसथासम्म गर्न सकिरहेको छैन । उल्टै \'जो पायो त्यही आएर भीडभाड नगर\' भन्छ सरकार । सरकार आफैसँग स्रोत र साधन त छैन, अन्य राष्ट्रले गरेको सहयोगलाइ समेत व्यवस्थापन गर्न सकिरहेको छैन । भक्तपुरमा राहत मात्रै होइन, पानी पर्दा ओत लाग्ने त्रिपाल र आफन्तजनहरूको मृत अनुहारसम्म हेर्ने उत्कट अाकांक्षा छ जनमानसमा ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies