काठमाडौँ । थाइल्याण्डमा जारी आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एशिया छनोटमा नेपालले मलेसियालाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज भएको चौथो खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि नेपालले खेलेको तीन खेलमध्ये दुई खेल वर्षाले प्रभावित भएको थियो भने एक खेलमा पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रनको योगफल बनायो । जवाफी ब्याटिङमा उत्रेको मलेसिया २० ओभरमा सात विकेट गुमाउँदै ७५ रनमा समेटियो । यस जितसँगै चार खेल खेलेको नेपालको चार अंक नै छ । नेपालले थाइल्याण्ड र हङ्कङसँग वर्षाका कारण अंक बाँडेको थियो भने संयुक्त अरब इमिरेट् (युएई) सँग पराजित भएको थियो । नेपालको जितमा सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान दिइन् । ४२ बल खेलेकी उनले तीन चौकाको मद्धतमा ३७ रन जोडेकी हुन् । त्यस्तै ज्योति पाण्डेले २१ तथा काजोल श्रेष्ठले १८ रन जोडे । मलेसियाकी जनादिह हालिम र नुर अरियना नत्स्याले समान दुई÷दुई विकेट लिइन् । त्यस्तै यता मलेसियाका लागि भने एमएली एलिएनीले २४, कप्तान डब्लु ए दुरासिंगमले ११ तथा जायनी स्यामिमीले १६ रन जोडे । मलेसियालाई ७५ रनमा समेट्ने क्रममा नेपालकी करुणा भण्डारी एक्लैले तीन विकेट लिइन् भने सोनु खड्का, सीता रानामगर, रीतु कनौजिया र नेरी थापाले समान एक÷एक विकेट लिए । यही मंसिर १० गते नेपालले चीनसँग खेल्नेछ ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: