Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

'धरहरा ढल्दै गर्दा कहाली लागेको याद छ'

मेरो नाम सञ्जीव श्रेष्ठ हो । कक्षा १० पढ्दै गर्दा रामेछापको भीरपानी गाविसबाट काठमाडौं झरेको हुँ । जीविकोपार्जनका लागि होटलमा मजदुरी गर्न थालेँ । कुकको काम थियो मेरो । अहिले म पुल्चोकको एक रेस्टुरेन्टमा काम गर्दैछु । वसन्तपुरमा मेरो कोठा छ । हप्ताको अरु दिन काममा व्यस्त हुने भएकाले शनिबार म धेरैजसो घुम्न निस्कने गर्दछु । शनिबार एक दिन घुम्नाले मलाई हप्ता दिनभरि नै ऊर्जावान् बनाउने हुँदा यसो गर्ने गर्दछु । त्यो शनिबार पनि म घुम्न जाने मुडमा नै थिएँ । एक जना साथीले आज धरहरा जाऔँ भनेकाले मैले उनलाई खाना खाएर निस्कने जानकारी दिएँ । र, धरहराका लागि हिँडें । टिकट काटेर धरहराभित्र पस्दा शायद पौने १२ बजेको हुँदो हो । काठमाडौं आएको यत्तिका वर्ष बितिसक्दा पनि म पहिलो पटक धरहरा चढ्दै थिएँ । निकै रमाइरहेको थिएँ, काठमाडौंलाई उच्च स्थानबाट नियाल्नका लागि । साथीसँग संवाद गर्दै सिँढी उक्लिरहेको मेरो सास बिस्तारै बढ्दो थियो र सँगै मेरो उत्साह पनि । चढ्ने र ओर्लने क्रम पनि बाक्लिएको थियो। करिव ३० जना मान्छे जाली समात्दै थिए । म काठमाडौं नियाल्ने ठाउँमा पुगेँ । त्यहाँ फलामको जाली थियो । सबैभन्दा माथि पुगेपछि आनन्द लाग्यो । धेरै रमाइलो पनि लाग्यो । जालीबाट सहिदगेटतिर हेर्दै थिएँ । तलतिर फोटो खिँच्ने मान्छेको भीड पनि त्यस्तै थियो । ठीक त्यसै बेला हावा आएको जस्तो लाग्यो । स्वाँ.... स्वाँ... गरेको जस्तो लाग्यो । शनिबार हावा पनि राम्रै आयोजस्तो लागिरहेको थियो । शितल होला भन्ने पनि लाग्यो । भूकम्प आएको भन्ने थाहा भएन ।  एकछिनमा लचलच लच्किन थाल्यो । जालीभन्दा अलि तल्लो भागबाट झरेको जस्तो लाग्यो । एकछिन तल झर्दासम्म त मलाई थाहा थियो– धरहरा झर्दै छ भनेर । तर, कहाली लाग्दै थियो; मैले हाम फाल्न सकिनँ । त्यसपछि के भयो, थाहा भएन । शायद बेहोस भएछु । वीर अस्पताल अगाडि बाटोमा ५ बजेतिर मैले आफैंलाई पाएँ । सपनाजस्तै लागिरहेको थियो । दाइ ! मलाई पानी दिनाेस् न भनें । उसले पानी दियो । आँखा हेर्न मिलेको थिएन  । आँखामा पानी हालेँ तर केही देखिनँ । उठ्न खोेजेँ, सकिनँ । एक छिनपछि स्ट्रेचरमा लिएर मलाई ट्रमा सेन्टरमा पुर्याइयो । पछि त्यसो गरेको भए बाचिँदैनथियो होला । मेरो हात भाँचिएको छ । अनुहारमा चोट छ । मलाई भाग्यले बचायो । त्यो दिन सम्झँदा सपनाजस्तै लागिरहेको छ । जिन्दगीमा कहिल्यै नसोचेको कुरा भयोजस्तो लाग्छ । सुदीप विश्वकर्मासँगकाे कुराकानीमा आधारित
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies