मंसिर १० गते, २०७४ आइतवार 26th November, 2017 Sun०७:३१:२३ मा प्रकाशित
पहिलो चरणअन्र्तगत आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुन काठमाडौं उपत्यकाबाट ८ लाख मानिस बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाका अनुसार दुई सातादेखि बाहिरिने क्रम बढेको छ ।
‘हिमाली र उच्च पहाडी ३२ जिल्लामा हुने निर्वाचनमा मतदान गर्न दुई हप्तादेखि जिल्ला फर्किनेहरुको क्रम बढेको छ, करिब ८ लाख त फर्किसके,’ उनले भने । विकट जिल्लाहरूमा पुग्न लामो समय लाग्ने भएकाले पनि मतदान हुनुभन्दा धेरै पहिलेदेखि नै जाने क्रम बढेको अाजकाे नयाँ पत्रिकामा खवर छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो हप्ता ९आइतबारदेखि शनिबार बेलुकीसम्ममा० ३ लाख मानिस बाहिरिएका छन् । महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीका अनुसार पछिल्ला २–३ दिनदेखि काठमाडौंबाट बाहिरिने टाढा पुग्ने मतदाता नभई नजिकका जिल्ला जानेहरू हुन् । विशेषगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, गोरखा, रसुवा, धादिङ, नुवाकोटका मतदाता एक दिनमै पुग्ने भएकाले अन्तिम समयमा गएको उनको भनाइ छ ।
शनिबार राति १२ बजेपछि यातायात बन्द
पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि सार्वजनिक यातायात बन्द गरिएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । आइतबार राति १२ बजेसम्म यातायात बन्द रहनेछ । अत्यावश्यक सेवा, एम्बुलेन्सलगायत निर्वाचन आयोगबाट सवारी पास लिएका सवारीसाधनलाई भने आवातजावत गर्न दिइने महाशाखा प्रवक्ता मरासिनीले बताए ।
मुख्य राजमार्गमा समस्या छैन
सडक विभागका अनुसार आइतबार मतदान हुने जिल्ला आवातजावत गर्ने राजमार्गमा भने समस्या नभएको जानकारी दिएको छ । दसैँ–तिहारपछि देशभर सडक सुचारु रहेको विभागका सहप्रवक्ता रमेशकुमार सिंहले जानकारी दिए । धेरैका लागि समस्या बनेको मुग्लिन–नारायणगढ सडक सुचारु छ । उक्त सडकखण्डमा अहिले यात्रुबाहक बसलाई २४ घन्टा खुला गरिएको छ । त्यस्तै, ट्राफिक प्रहरीले शनिबार बेलुकीसम्म कुनै प्रकारको दुर्घटना नभएको जानकारी दिएको छ । ट्राफिक प्रहरीले सिटभन्दा बढी यात्रु राख्ने, बढी गतिमा हाँक्नेलाई जरिवाना गरिरहेको र व्यवस्थित बनाइरहेको दाबी गरेको छ ।
पार्टी कार्यकर्तादेखि विद्यार्थीसम्म बाहिरिए
मतदानमा भाग लिन घर जानेमा सबैभन्दा धेरै पार्टी कार्यकर्ता छन् । त्यस्तै, काठमाडौंबाट बाहिरिनेमा कर्मचारी, निजी कम्पनीमा काम गर्नेहरू र काठमाडौंमा बसेर अध्ययन गरिरहेका विद्यार्थीको संख्या पनि उल्लेख्य रहेको यातायात व्यवसायीहरू बताउँछन् । जिल्ला फर्किने धेरैले ‘रिजर्भ’ सवारीसाधन प्रयोग गरेका छन् । कतिपय उम्मेदवारले नै घर फर्कनका लागि सवारीसाधनको व्यवस्था गरेका छन् । प्रायः सबै पार्टीले बस रिजर्भ गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: