३२ जिल्लामा आज महासंग्राम, ७०२ काे भिडन्तबाट १११ सांसद बन्दै
मंसिर १० गते, २०७४ आइतवार 26th November, 2017 Sun०७:४५:५१ मा प्रकाशित
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पहिलो चरणअन्तर्गत आज ३२ जिल्लामा मतदान हुँदै छ । निर्वाचनबाट प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ७४ सदस्य निर्वाचित हुँदै छन् ।
३ असोज ०७२ मा जारी संघीयता र गणतन्त्रसहितको संविधान कार्यान्वयन र संस्थागत विकासको पहिलो खुट्किलोका रूपमा निर्वाचन हुन लागेको हो । यो निर्वाचन सम्पन्नपछि ११ वर्ष लामो राजनीतिक संक्रमण अन्त्य हुनेछ । अाजकाे नयाँ पत्रिकामा खवर छ ।
स्थानीय तह र केन्द्रीय सरकारको समन्वयकारी भूमिकामा रहने प्रदेश सभामा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रिपरिषद्लगायत हुनेछन् । ००४ मा ‘काठमाडौं म्युनिसिपालिटी’को निर्वाचन भएको थियो । काठमाडौंको विकासका लागि स्थानीयस्तरमा भएको यो निर्वाचन नै नेपालमा भएको पहिलो निर्वाचन थियो ।
२१ मंसिरमा मतगणना
१० मंसिरमा ३२ जिल्लामा मतदान भए पनि मतगणना भने २१ मंसिर साँझ ५ बजेबाट मात्रै सुरु हुनेछ । पहिलो चरणमा हुने ती जिल्लाका मतपेटिका सुरक्षित राखिने र दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
संविधान कार्यान्वयनको पहिलो खुट्किलो
प्रदेश र प्रतिनिधिसभा निर्वाचन ३ असोज ०७२ मा जारी संविधानअनुसार संघीयता र गणतन्त्र कार्यान्वयनको पहिलो खुड्किलो हो । २८ चैत ०६४ को संविधानसभा निर्वाचनपछि गठन भएको संविधानसभाले संविधान जारी गर्न सकेन र राजनीति संक्रमणकाल लम्बियो । ४ मंसिर ०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो । सभाले ३ असोज ०७२ मा संविधान जारी ग¥यो ।
निर्वाचनपछि ११ वर्षको संक्रमणको अन्त्य
प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि नयाँ सरकार बन्नेछ । त्यससँगै नेपालमा ११ वर्ष लामो राजनीतिक संक्रमणको अन्त्य हुनेछ । एक प्रकारले राजनीतिक मुद्दा किनारा लाग्नेछन् ।
०६३ मा तत्कालीन माओवादी सशस्त्र युद्ध छाडेर शान्ति प्रक्रियामा आएपछि राजनीतिक संक्रमण सुरु भएको थियो ।
मतदाता परिचयपत्र नभए के गर्ने ?
मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकता, पहिला आयोगले दिएको मतदाता परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ ।
यसरी गरिँदै छ मतपेटिकाको सुरक्षा
गृह मन्त्रालयले मतपेटिकाको सुरक्षालाई केन्द्रमा राखी आइतबार हुने पहिलो चरणको निर्वाचनको सुरक्षा रणनीति बनाएको छ । विकट मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकोप्टरबाट सदरमुकाम ल्याइनेछ । मतपेटिकासँगै दलका प्रतिनिधि पनि हुनेछन् । २१ मंसिरको चुनावपछि मात्र मतगणना हुने भएकाले विवादरहित हुने गरी मतपेटिकाको सुरक्षा गर्न गृहले रणनीति बनाएको छ ।
मतदान अधिकृतको नेतृत्वमा प्रहरी, सशस्त्र, सेना र राजनीतिक दलका प्रतिनिधिसहितले मतपेटिका मतगणनास्थलमा ल्याउनेछन् । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय मतगणनास्थल हुनेछन् । ती कार्यालय प्रायः अहिले जिल्ला सदरमुकाममा छन् ।
मतगणनास्थलमा मतपेटिका राखेको कोठालाई सिलबन्दी गरिनेछ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको अलावा राजनीतिक दलका प्रतिनिधिले पनि ताला लगाउनेछन् । ताला लगाएको कोठाको सुरक्षा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको रेखदेख, अनुगमन र निर्देशनअनुसार सुरक्षा व्यवस्था मिलाइनेछ ।
मतगणनास्थलको सुरक्षा सेनाले गर्नेछ । ‘मतपेटिका दलहरूका प्रतिनिधिहरूको रोहबरमै रहने गरी व्यवस्था गरिनेछ,’ निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने । २१ मंसिर साँझ सर्वदलीय बैठक बसेर मतगणना सुरु हुनेछ ।
तीनघेरामा चुनावी सुरक्षा
मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था छ । मतदान केन्द्रको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी हुनेछन् । बीचमा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा सेनाले दिनेछ ।
गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले कुनै पनि स्थानमा १० देखि ३० मिनेटभित्र प्रहरी पुग्ने गरी सुरक्षा व्यवस्था मिलाइएको बताए ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: