Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

स्थानीय निर्वाचन भन्दा १० प्रतिशत कम मतदान

\"\"निर्वाचन आयोगको प्रारम्भिक रिपोर्टअनुसार  मतदान : ६५ प्रतिशत  प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि ३२ जिल्लामा आइतबार पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय सरकारबाट जनताका अधिकार नियन्त्रित भएको भन्दै विभिन्न आन्दोलनपछि नेपाल संघीय संरचनामा गएको हो । प्रदेश सभाको अभ्यास नेपालले पहिलोपटक गर्दै छ । अाजकाे नयाँ पत्रिकामा खवर छ । प्रदेश सभा सदस्यका लागि पहिलो चरणमा ७४ सांसद निर्वाचित हुँदै छन् भने प्रतिनिधिसभाका लागि ३७ सांसद निर्वाचित हुनेछन् । बाँकी ४५ जिल्लाबाट २५६ प्रदेश सभा सदस्य र १२८ प्रतिनिधिसभाका सांसद निर्वाचित हुनेछन् । यी निर्वाचनसँगै नेपालको राजनीतिक संक्रमण पनि अन्त्य हुनेछ । निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रारम्भिक रूपमा ६५ प्रतिशत मत खसेको छ । ४४ सय ६५ मतदान केन्द्रमध्ये दुईवटा केन्द्रमा बाहेक सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ । मतदान सम्पन्न भएलगत्तै मतपेटिका जिल्ला सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याइनेछ । आयोगका अनुसार संकलन भएका मतपेटिका मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहन्छन् ।\"\" सोलुको तिङ्लामा फेरि शून्य मतदान सोलुखुम्बुका तिङ्लाका स्थानीयले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गरेका छन् । स्थानीय निर्वाचनमा जस्तै यो वडाबाट एक मत पनि परेन । स्थानीय तह पुनर्संरचनामा आफूहरूमाथि अन्याय भएको भन्दै करिब पाँच हजार जनसंख्या भएको यो गाउँ आन्दोलित छ । सोलुको नेचासल्यान गाउँपालिका–६ बनेको यो गाउँ पहिले सिंगै गाविस थियो । स्थानीय तह पुनर्र्संरचनाका क्रममा कांग्रेसबाहेकका दलले तिङ्लालाई सदरमुकाम रहेको सोलु–दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने मत राखेका थिए । र, त्यसैअनुसार सिफारिस भएको थियो, तर कांग्रेसले त्यसमा सहमति जनाएन । स्थानीय तह पुनर्संरचना आयोगले पनि कांग्रेसको मागअनुसार नेचासल्यानतिरै राख्यो । त्यसपछि असन्तुष्ट बनेका स्थानीयले ३१ वैशाखको स्थानीय तहको निर्वाचन बहिष्कार गरेका थिए । तिङ्ला गाउँबाट सदरमुकाम झन्डै आधा घन्टाको दूरीमा छ । तर, नेचासल्यान गाउँपालिकाको कार्यालय डेढ–दुई घन्टाको दूरीमा छ । त्यसैले यो मागमा गाउँवासी सबै एक छन् । माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने निर्णय स्थानीयले गरेका हुन् । दुई मतदान केन्द्रमा मतदान स्थगित पश्चिम रुकुमका दुईवटा केन्द्रमा मतदान स्थगित भएको छ । बाँफिकोट गाउँपालिका–५ काँडाको रत्न आधारभूत विद्यालय मतदानस्थलको (क) मतदान केन्द्र र आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि मतदानस्थलको (ख) मतदान केन्द्रमा मतदान स्थगित भएको हो । मतपत्रमा एसिड हाल्दा मतपेटिकामा आगलागी भएपछि तत्कालका लागि ती दुई मतदान केन्द्रमा मतदान स्थगित भएको बताइएको छ । एसिड खसालिएका मतपेटिका नखोलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हुम्लाको मेखालामा ६ मत खस्यो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा हुम्लाको रारा आधारभूत मेखाला मतदान केन्द्रमा ६ मत खसेको छ । हुम्ला चंखेली गाउँपालिका–३ मेखालामा आइतबार अपराह्न ४ बजेपछि ६ जनाले मतदान गरेका हुन् । गाउँकै रारा प्राविमा मतदान केन्द्र राखिए पनि ४ बजेपछि मात्रै ६ जनाले मतदान गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । स्थानीय तहको पुनर्संरचनाको विषयलाई लिएर असन्तुष्ट भएकाले स्थानीय मतदान गर्न नआएको उनले बताए । सो मतदान केन्द्रमा ११९ मतदाता छन् । बैतडीमा ११४ वर्षीया वृद्धाले गरिन् मतदान बैतडी सुर्नया गाउँपालिकाकी ११४ वर्षीया पशुपति साउदले मतदान गरेकी छिन् । उनी जिल्लाकै ज्येष्ठ मतदाता हुन् । सुर्नया गाउँपालिका–८, काठमाणाकी साउदले आइतबार दिउँसो ढोल्या मतदान केन्द्रबाट मत हालेकी हुन् । हिँड्न नसक्ने उनलाई कान्छा छोरा प्रतापले पिठ्युँमा बोकेर ल्याएका थिए । छोराको सहयोगमा उनले मतपेटिकामा मत खसालिन् । एक वर्षभित्रै स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा मत हाल्न पाउँदा उनी निकै नै खुसी देखिइन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy