Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

६५ प्रतिशत भोट खस्यो

\"\"काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा आइतबार उत्साहपूर्ण मतदान भएको छ । निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार ६५ प्रतिशतभन्दा बढी मत खसेको छ । पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको छ । आयोगका अनुसार अन्तिम विवरण आउँदासम्म खसेको मत प्रतिशत अझै बढी हुनेछ । दोस्रो चरणको चुनाव सकिएलगत्तै मतगणनाको काम सुरु हुने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । आइतबारका मतपेटिका सुरक्षित गरी जिल्ला सदुरमुकामस्थित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन गर्न थालिएको उनले बताए । ‘सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको प्रत्यक्ष रेखदेख, नियन्त्रण र व्यवस्थापनमा रहने व्यवस्था गरिएको छ,’ प्रमुख आयुक्त यादवले भने, ‘मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय र राजनीतिक दल तथा उम्मेदवारको सहमतिमा विश्वसनीय ढंगबाट सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाइएको छ ।’ अाजकाे नागरिक दैनिकमा खवर छ । हिमाली र पहाडी ३२ जिल्लामा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदाताको सहभागितामा चुनाव भएको आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ क्षेत्रमा मतदान भएको हो । पहिलो चरणको निर्वाचनका लागि तय गरिएका ४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये दुईवटाबाहेक सबैमा शान्तिपूर्ण वातावरणमा मतदान भएको आयोगको दाबी छ । दोस्रो चरण अन्तर्गत आगामी मंसिर २१ मा हुने चुनावलगत्तै मतगणना सुरु हुने व्यवस्था मिलाइएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो चरणको चुनावमा जस्तै दोस्रो चरणको निर्वाचन सफल पार्न प्रमुख निर्वाचन आयुक्त यादवले आग्रहसमेत गरेका छन् । उनले भने, ‘स्थानीय चुनावपछि पहिलो चरणको चुनाव जस्तै गरी सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आयोग आग्रह गर्दछ ।’ आयोगका अनुसार दुईवटा मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएका कारण मतदान स्थगित भएको छ । ‘पश्चिम रुकुम बाफीकोट गाउँपालिका वडा नं। ५ को रत्न मावि ‘क’ मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं। ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ’, प्रमुख निर्वाचन आयुक्त यादवले भने । स्थगित भएका मतदान केन्द्रमा फेरि मतदान गर्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिइसकेको छ । पहिलो चरणअन्तर्गत प्रतिनिसिभामा २ सय ८२ जना उम्मेदवार चुनावी प्रतिस्र्धामा छन् । त्यसमध्ये २ सय ६६ जना पुरुष उम्मेदवार र १६ जना महिला उम्मेदवारबाट जम्मा ३७ जना विजयी हुनेछन् । त्यसैगरी प्रदेशसभाका लागि ४ सय २० जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमध्ये ४ सय पुरुष उम्मेदवार र २० महिला उम्मेदवारबाट ७४ जना विजयी हुनेछन् । पहिलो चरणमा ३१ लाख ९१ हजार ९ सय ४५ मतदाता रहेका थिए । पहिलो चरणमा प्रदेश १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा चुनाव भएको हो । त्यसैगरी प्रदेश ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ, गोरखामा चुनाव सकिएको छ । प्रदेश ५ का पूर्वी रूकुम, रोल्पा, त्यसैगरी प्रदेश ६ का पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट, डोल्पा, प्रदेश ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडीमा मतदान भएको छ । दोस्रो चरणपछि मतगणना आइतबारको चुनावका मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा राखिने निर्वाचन आयोगले जनाएको छ । कुनै एक ठाउँको मतले अर्को ठाउँमा प्रभाव नपारोस् भन्ने उद्देश्यले दोस्रो चरणको चुनावपछि मतगणना गरिने आयोगका प्रवक्ता नवराज ढकालले बताए । ‘कुनै एक ठाउँको मतपरिणामले अर्को ठाउँका मतदातालाई प्रभाव पर्न सक्छ’, उनले भने, ‘दोस्रो चरणको चुनावपछि मतगणना सुरु हुनेछ ।’ यसअघिको स्थानीय तहको चुनावमा भने तुरुन्तै मतगणना गरिएको थियो । स्थानीय चुनावमा साना एकाइ हुने र स्थानीय अजेन्डालाई एक ठाउँले अर्को ठाउँमा कुनै प्रभाव नपार्ने भएकाले तुरुन्तै मत नगनिएको प्रवक्ता ढकालले बताए । मतपेटिकाको सुरक्षा जिम्मा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको हुने आयोगले जनाएको छ । निर्वाचन अधिकृतले आवश्यकताअनुसार जुनसुकै सुरक्षा निकायको सहयोग लिन सक्ने व्यवस्था छ । जिल्लास्थित राजनीतिक दल, मुख्य निर्वाचन अधिकृतको सहमतिमा सम्बन्धित जिल्लाको सबैभन्दा सुरक्षित ठाउँमा मतपेटिका राख्ने व्यवस्था गरिएको प्रवक्ता ढकालले बताए । सबै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिनेछन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy