Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

शेर बहादुर देउवा 'गोयबल्स' बने : झलनाथ खनाल

\"\"इलाम।नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले प्रधामन्त्री शेरबहादुर देउवाले ‘गोयबल्स’ शैलीमा वाम गठबन्धनविरुद्ध गलत प्रचार गरिरहेको आरोप लगाएका छन्। उनले संविधानअनुसार चुनावमा जान लागेका कम्युनिस्ट दलहरूविरुद्ध आश्चर्यजनक तरिकाले प्रधामन्त्रीको पदमा बसेर देउवाले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहेको बताए। अाजकाे नागरिक न्युजमा खवर छ ‘मैले हिजो मात्रै पनि मिडियामा सुनें, प्रधानमन्त्रीले वाम गठबन्धनले चुनाव जिते देशमा अधिनायकवाद आउँछ भनेर गलत प्रचार गर्न छाड्नुभएको रहेनछ,’ बुधबार फिक्कलमा नागरिकसँग कुरा गर्दै खनालले भने, ‘उहाँ (प्रम देउवा)ले पटक–पटक सार्वजनिकस्थलमा गोयबल्स शैलीमा यही बोलेको सुनेर मलाई हास उठ्यो, आश्चर्य पनि लाग्यो ।’ खनालले प्रम देउवाले झुटको प्रचार गरेर वाम गठबन्धनविरुद्ध बोल्दै हिँडेको आरोप लगाए । ‘कम्युनिस्ट दल जन्मिएकै लोकतन्त्रका लागि हो,’ उनले भने, ‘हाम्रो संविधानले कुनैपनि खाले अधिनायकवादको कल्पनासम्म गरेको छैन, वाम गठबन्धन अहिलेको सरकारका क्रियाकलापमा देखिएको अधिनायकत्वको विरोधमा छ, अधिनायकवाद भित्र्याउनेमा होइन।’ उनले आउँदो चुनावपछि पार्टी नै एकता गर्नेगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन भएको बताए । उनले विचार मिल्ने दुवै पार्टी चुनावपछि एक हुनेमा आशंका नगर्न मतदातालाई आग्रह पनि गरे । ‘दुवै पार्टी एक हुने धेरै जनताले कुरा बुझिसकेका छन् तर एउटा समूह यस्तो पछि छ, जसले यो गठबन्धनलाई चुनावसम्मको मात्रै सोचिरहेको छ,’ उनले भने, ‘एमाले–माओवादीको चुनावी घोषणापत्र साझा छ । यो घोषणापत्र भनेको दुवै दलले चुनावपछि गर्ने कामको योजना हो, त्यसैले एमाले र माओवादी चुनावपछि एक दलका रूपमा देखिनेमा शंका नगरे हुन्छ ।’ उनले अहिले एमालेले गोलाकारभित्रको हसिया हथौंडा र माओवादीले सूर्य चिह्नमा भोट हाल्नु भनेकै भोलि दुवै दल एक हुनुको संकेत भएको बताए। ‘वाम गठबन्धन देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि बनेको हो,’ उनले भने, ‘यो कसैका विरुद्धमा कसैलाई पाखा लगाउन र अत्याउन बनेको होइन, नेपाली नागरिकलाई शान्तिसँग समृद्धि उपभोग गरेर बाँच्ने अवस्थामा पु¥याउन गठबन्धन बनेको हो ।’ ‘कांग्रेसले पहिला पनि कम्युनिस्टलाई बूढापाकालाई गोली हान्छ भनेर भ्रम फिँजाउने प्रयास गरेको थियो तर मनमोहन अधिकारीको पालामा वृद्धभत्ता दिने निर्णय भएको हो,’ उनले भने, ‘जनतामा गलत प्रचार गर्नु दिगो राजनीतिक व्यवहार हुँदैन ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending