Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

म्याच फिक्सिङदेखि जेलबाटै भोट

\"\"काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मिति नजिकिँदै जाँदा हिंसात्मक घटना बढ्दै गएका छन् । बुधबार मात्रै देशका विभिन्न स्थानमा विस्फोट भए । आज राजधानीबाट प्रकाशित भएका दैनिक पत्रिकाहरुले म्यादी प्रहरीको ज्यान गएको र उम्मेदवार गम्भीर घाइते भएको घटनालाई जोड्दै हिंसात्मक घटनामा वृद्धि भएको जनाएका छन् । काठमाडौंबाट अर्घाखाँचीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनालाई पनि आजका सबैजसो दैनिक पत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् । पत्रपत्रिकाहरुका अनुसार, ओभरटेक गर्न खोज्दा बस त्रिशूलीमा खसेको हो । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरण अन्तर्गत हुने निर्वाचनको विषयलाई पनि पत्रपत्रिकाहरुले छुटाएका छैनन् । विभिन्न निर्वाचन क्षेत्रका चुनावी प्रतिष्पर्धाका विश्लेषणले आज पनि पत्रपत्रिकाहरु भरिएका छन् । यसका अलावा अन्य निर्वाचनको मुखमा सरकारले राज्य कोषको दुरुपयोग गर्दै कार्यकर्तालाई रकम बाँडेको, स्थानीय तहमा पूर्वाधार निर्माण र कर्मचारीलाई अवकाशमा पठाउन सरकार आर्थिक दबाबमा परेको, व्यापार घाटा भयावह भएपछि सरकार श्वेतपत्र जारी गर्ने तयारीमा लागेको लगायत समाचारलाई पनि पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । झापामा म्याच फिक्सिङ कान्तिपुर दैनिकले झापाको चुनावमा ‘म्याच फिक्सिङ’को चर्चा चलिरहेको भनेर प्रमुख समाचार छापेको छ । झापा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनको समर्थनमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्णप्रसाद सिटौला चुनावी प्रतिस्पर्धामा छन् । तर एमाले र माओवादीले भित्रभित्रै सिटौलालाई सघाउन सक्ने परिदृष्य देखिएको भन्दै कान्तिपुरले त्यसलाई ‘म्याच फिक्सिङ’ भनेको हो । समाचारमा लेखिएको छ, ‘वाम गठबन्धनविरुद्ध नरम बनेर कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले एमाले र माओवादी केन्द्र पंक्तिको मत आकर्षित गर्न जसरी खोज्दैछन् त्यो भन्दा पनि उनलाई सहज बनाउन एमाले र माओवादीको नेतृत्व पंक्तिले ‘म्याच फिक्सिङ’ भूमिका निर्वाह गरेको चर्चासमेत चल्ने गरेको छ ।’ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेसका कृष्णप्रसाद सिटौलाप्रति आक्रामक छैनन् । उसैगरी सिटौला र कांग्रेसका अर्का युवा नेता विश्वप्रकाश शर्मा पनि एमालेप्रति आक्रामक छैनन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सोमबार झापाको गौरादहमा (जुन झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गत पर्छ) आयोजना गरेको आमसभामा एमाले र माओवादी केन्द्रको गठबन्धनविरुद्ध चर्को भाषण दिए । कम्युनिष्ट सरकार बनेमा कहिल्यै निर्वाचन नहुने र एकदलीय अधिनायकवाद लादने दाबी देउवाले गरिरहँदा गृहजिल्लामै रहेका कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यक्रममै गएनन् । सिटौलासंगै अर्का कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा पनि अनुपस्थित भएका थिए । सिटौला र शर्मासँग एमाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छैनन् । सिटौला राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन र शर्मा माओवादी नेता राम कार्कीसँग प्रतिस्पर्धामा छन् । यसकारण यी दुवै नेता जिल्लामा एमालेलाई चिढ्याउन चाहँदैनन् । बरु आफ्नै पार्टीको नेतृत्वमा गठन भएको लोकतान्त्रिक गठबन्धनमा आबद्ध राप्रपाप्रति बढी आक्रामक देखिन्छन् । समाचारमा लेखिएको छ, ‘०४८ देखि निरन्तर चुनाव लड्दै आएका सिटौलाको ३ नम्बर क्षेत्र राप्रपाका महामन्त्री लिङ्देनलाई छाड्ने सहमति कांग्रेसको पार्टी नेतृत्वले गरिसकेको थियो । सिटौलाको नाम समानुपातिक सूचीको एक नम्वरमा राखेर निर्वाचन आयोगमा बुझाइसकिएको थियो । सुरुका केही दिन पार्टीले गरेको यो निर्णयप्रति मौन थिए सिटौला । जब झापा आएर काठमाडौं फर्किए, अनि उनले आफू जसरीपनि चुनाव लडिछाड्ने बताए । त्यतिबेला ओलीसँगको गोप्य कुराकानीपछि नै सिटौला चुनावी मैदानमा खडा भएको तर्क राजनीतिक वृत्तमा चलेको छ । जसलाई ‘म्याच फिक्सिङ’सँग जोडेर हेरिएको छ ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy