मंसिर १४ गते, २०७४ बिहिवार 30th November, 2017 Thu०८:४३:५५ मा प्रकाशित
सर्लाहीको मलंगवास्थित राजपा कार्यालयको भित्तामा ठूला अक्षरमा महन्थ ठाकुरको एउटा उक्ति लेखिएको छ, ‘मरे तो मुक्ति, जिये तो मधेस ।’ त्यो भित्तो ठाकुरकै घरको हो । र, यो घर पहिला कांग्रेसको कार्यालय थियो । जीवनको लामो खण्ड गुजारेको कांग्रेस छाडेर जब उनले तमलोपा बनाए, त्यसैको कार्यालय बन्यो । अहिले उनी राजपा अध्यक्ष मण्डलका संयोजक छन्, घर पनि त्यही पार्टीलाई कार्यालयस्वरूप सुम्पेका छन् । आजको कान्तिपुरमा खबर छ
ठाकुर भने जति उमेर ढल्किँदै गयो, ‘मधेस मुक्ति’ को एजेन्डा बोकेर उति आक्रामक राजनीति गरिरहेका छन् । अनि, मुक्तिको गन्तव्यमा पुग्ने आश्वासनसहित महोत्तरी ३ बाट प्रतिनिधिसभाको प्रतिस्पर्धामा उत्रेका छन् । कर्मभूमि सर्लाहीमा पछिल्ला दुई चुनाव हारेका उनी सुरक्षित थलो खोज्दै यसपालि जन्मभूमि महोत्तरी आइपुगेका छन् ।
‘सरकार मधेसप्रति सधैं उदासीन छ । सत्ताको बागडोर जससँग छ, साधन स्रोत उसकै हातमा छ । तिनले मधेसलाई कहिल्यै हेरेनन् । राज्यले मधेसीको अनुहारमा नेपालीपन अहिलेसम्म अनुभूत गर्न सकेको छैन,’ उनले भने, ‘निजामती, न्यायलगायत तमाम सेवामा मधेसीको उपस्थिति न्यून छ । यो समस्याबारे गाउँ–गाउँमा सबैलाई थाहा भइसकेको छ । उनीहरू त्यसको सम्बोधन चाहन्छन् । हाम्रो उम्मेदवारी त्यसकै लागि हो ।’ महोत्तरी र यहाँका बासिन्दाको अवस्था दिनदिनै झन् खस्किइरहेको उनले बताए । ‘सदरमुकाम जलेश्वरका नाली दुर्गन्धित छन् । जाडो लागिसक्दा पनि लामखुट्टेको प्रकोप छ । हरेक वर्ष डेंगु र कालाज्वरजस्ता रोगको सामना गर्नुपर्छ । सडक बर्खामा हिलो, हिउँदमा धूलो हुन्छन्,’ उनले भने, ‘बाढी प्रभावितको पीडा उस्तै छ । शिक्षा र स्वास्थ्यमा पछि परेको छ ।’
उनले आफ्नो क्षेत्रका जनता विकासका आकांक्षी रहेको सुनाए । ‘तर विकास भइरहेको छैन । हुलाकी सडकको हामी हरेक साल चर्चा सुन्छौं । तर, खोइ कहाँ छ त्यो सडक ? रोजगार छैन, कामका लागि बाध्यतावश विदेश जानु परिरहेको छ,’ उनले थपे, ‘मधेसमा के भइरहेछ ? यी सब जनताका आवश्यकता राज्यले पूरा गर्नुपर्ने होइन ?’ उनले यस्ता समस्याको समाधानका साथै भद्रगोल अवस्थामा रहेका कतिपय योजनालाई तीव्रता दिन आफ्नो पहल हुने जानकारी दिए ।
असल व्यक्तित्व, स्वच्छ छवि, अध्ययनशीलता, क्रान्तिकारी स्वभाव र इमानदारी उनका प्रशंसनीय पाटा हुन् । कार्यकर्तामा पकड नहुनु, आफ्नो ठाउँको विकासमा खासै चासो नदिनु, कम बोल्नु, सर्वसाधारणको पहुँचबाट टाढा रहनु र सञ्चार सम्पर्कबाट पर बस्नुलाई राजपाकै कार्यकर्ता उनका कमजोरी ठान्छन् । यसपालि मनोनयन दर्तामा नआई प्रतिनिधिमार्फत गराएका उनी त्यसपछि प्राय: राजधानीतिरै बसेर निर्वाचनको मुखमा मात्र क्षेत्रमा झरेका छन् ।
खर्चिलो र रवाफिलो चुनाव प्रचारका सन्दर्भमा उनको ‘भद्र शैली’ आफैंमा चुनौतीपूर्ण देखिन्छ । अरू उम्मेदवार नमस्कार गर्दै घरघर पुगिरहेका छन्, उनी भने सुस्त गतिमा छन् । स्थानीय तहको परिणामले उनको क्षेत्रमा राजपाको कडा पकड देखाएको छ, अर्कातिर कांग्रेसले साथ दिएको छ । तर पनि, विजय चुनौतीमुक्त छैन ।
एकातिर साथ, अर्कातिर घात
ठाकुरसँग प्रतिस्पर्धामा कांग्रेसले बजरंग नेपालीलाई उठाएको थियो । मनोनयन फिर्ता लिने दिन पार्टीले उनलाई उम्मेदवारी झिक्न निर्देशन दियो । उनले टेरेनन् । आनाकानीमै आयोगको निर्धारित समय गुज्रियो । स्रोत भन्छ– त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र विमलेन्द्र निधिले उनलाई टेलिफोन गरेरै फिर्ता लिन भने । उनी आयोग कार्यालय पुग्दा समय सकिइसकेको थियो ।
आयोगको जिल्ला कार्यालयले फिर्ताको आवेदन लिन मानेन । राजपाका कार्यकर्ताले लिन दबाब दिए । हल्का विवाद भएपछि दर्तासम्म गरेर केन्द्रमा राय माग्दै लेख्यो । आयोगको केन्द्रले नेपालीको उम्मेदवारी फिर्ता सदर गरिदिन निर्देशन दिँदै साँझ फ्याक्स पठायो ।
तालमेलको अन्तिम घडीसम्मको प्रयास विफल भए पनि कांग्रेसले ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्दै आफ्ना उम्मेदवारी एकतर्फी फिर्ता लियो । राजपा अध्यक्ष मण्डलकै राजेन्द्र महतोसँग भने कांग्रेसका प्रभावशाली नेता निधिको धनुषा ३ मा कडा टक्कर चलिरहेको छ । स्रोतका अनुसार, लेनदेनबिनै दानस्वरूप भएका दुइटा सहयोग निधिकै जोडमा भएको हो । त्यसमा ठाकुर र यादवको व्यक्तित्व एवं घनिष्ठताको ठूलो भूमिका छ ।
महोत्तरी ३ मा एकडारा र पिपरा गाउँपालिका, मटिहानी, जलेश्वर र भिस्वा मनरा नगरपालिका गरी ५ स्थानीय तहका ३५ वडा पर्छन् । यीमध्ये गत चुनावमा पिपराबाहेक ४ स्थानीय तहमा राजपाले जितेको छ । क्षेत्रभरिमा ७८ हजार ९ सय ४ मतदाता छन् । स्थानीय तहको परिणामलाई विश्लेषण गर्दै ठाकुर विजयमा ढुक्क छन् । जिल्लाको पिँधमा रहेको दक्षिणी भेग मात्र यस क्षेत्रमा परेकाले मधेसी दलको बाहुल्य मानिन्छ । कांग्रेस पछि हटेपछिको फाइदा पनि ठाकुरलाई थपिनेछ ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: