Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

डोनाल्ड ट्रम्पको ट्वीटले कंग्रेसलार्इ तनाव

\"\"अमेरिकी कंग्रेसका सदस्यहरुले संघीय अनुसन्धान निकाय एफबीआइ, त्यसका पूर्व निर्देशक र गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले गरेको भनिएको हस्तक्षेपसँग सम्बन्धित राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका श्रृंखलाबद्ध ट्वीटप्रति चिन्ता व्यक्त गरेका छन् ।

केही डेमोक्रेट्सले न्यायिक प्रक्रियामा राष्ट्रपतिले अवरोध पुर्‍याउने विषयमा शंका बढ्दै गएको बताएका छन् भने एकजना रिपब्लिकन सिनेटरले ट्रम्पलाई आफ्ना ट्वीटबारे सावधानी अपनाउन सुझाव दिएका छन् । ट्रम्पका एकजना निजी वकिलले एउटा ट्वीटको जिम्मेवारी लिएका छन् । उक्त ट्वीटमा राष्ट्रपतिका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले मस्कोसँग उनको सम्पर्कबारे एफबीआइसँग झुटो बोलेको कुरा ट्रम्पलाई पहिल्यैदेखि जानकारी भएको उल्लेख छ । शनिवार उक्त ट्वीट लेख्ने क्रममा गल्ती भएको ट्रम्पका ती निजी वकिलले स्वीकार गरेका छन् । आफूले एफबीआइका पूर्व निर्देशक जेम्स कोमीलाई फ्लिनमाथिको अनुसन्धान रोक्न भनेको भन्ने आरोपप्रति ट्रम्प फेरि खनिएका छन् । एउटा ट्वीटमा ट्रम्पले एफबीआइको प्रतिष्ठा \'धुजाधुजा\' भएको लेखेका छन् । अमेरिकी निर्वाचनमा रुसको आरोपित हस्तक्षेपसम्बन्धी विशेष काउन्सेल रोबर्ट मुलरको अनुसन्धानमा भइरहेको विकासक्रमका बीच ट्रम्पले ट्वीटमार्फत पछिल्लो आक्रमण गरेका हुन् । आफूलाई निर्वाचित गराउनका निम्ति आफ्नो चुनावी अभियान समूहले रुससँग साठगाँठ गरेको भन्ने आरोप ट्रम्पले अस्वीकार गर्दै आएका छन् । एफबीआइका एकजना कर्मचारीले टेक्स्ट सन्देशमार्फत ट्रम्पविरोधी अभिव्यक्ति दिएको भन्दै गर्मीयाममा एफबीआइका पूर्व निर्देशक मुलरले अनुसन्धानबाट ती कर्मचारीलाई हटाएको भन्ने विवरणहरु यसै सप्ताहन्तमा सार्वजनिक भएका थिए । ती कर्मचारीले त्यस्तो अभिव्यक्ति दिएको थाहा भए लगत्तै उनलाई निलम्बन गरिएको मुलरका एकजना प्रवक्ताले बताएका छन् । रुसी राजदूतसँगको आफ्नो भेटघाटको प्रकृतिबारे उपराष्ट्रपति माइक पेन्ससमक्ष गलत ढंगले प्रस्तुत गरेको भन्दै राष्ट्रपति ट्रम्पले गत फेब्रुअरीमा पूर्व सुरक्षा सल्लाहकार फ्लिनलाई पदबाट बर्खास्त गरेका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies