बैशाख १७ गते, २०७२ बिहिवार 30th April, 2015 Thu१४:५३:०८ मा प्रकाशित
दोलखा, प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि आज जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी उद्धार समितिसँग खोजी गरिदिन आग्रह गरेको छ ।
चिलङ्खा र खोपाचागु गाविसका बीचमा रहेको साँवा बजारमा रहेको अस्थायी प्रहरीमा कार्यरत तिनको अवस्था अज्ञात रहेको हो । शनिबार बिहान ११ बजेसम्म नियमित सम्पर्क भएको त्यसपछि हालसम्म प्रहरी नै सम्पर्कमा नआएपछि सो क्षेत्रका अवस्थासमेत स्थानीय प्रशासनले बुझ्न नसकेको जनाइएको छ ।
चिलङ्खा, आलम्पु, बिगु खोपाचागु गाविसमा के भइरहेको छ, कति नागरिकको मृत्यु भयो या भएन, कति घर भूकम्पले क्षतिग्रस्त भयो भन्नेबारे आजसम्म स्थानीय प्रशासन बेखबर रहेको छ ।
प्रहरी नायब उपरीक्षक अजय केसीले आज बिहान सदरमुकाम चरिकोटबाट अवस्था खोजीका लागि प्रहरी टोली पठाइएको पत्रकार सम्मेलनमा जानकारी गराए । बिहिबार जिल्ला दैवी उद्धार समितिको टोली हेलिकप्टर आएपछि सो स्थानमा पुग्नेसमेत बताइएको छ ।
यता नागरिक समाज दोलखाले सम्पर्क नभएका गाविसमा तत्काल राहतसहित उद्धार टोली पु¥याउन माग गरेको छ । प्रजिअ प्रेमलाल लामिछानेले आजसम्म सम्पर्क नभएका गाविसका नागरिकको अवस्था सार्वजनिक गरिने वचनबद्धता जाहेर गरेका छन् । बत्ती र टेलिफोनको कारणले मात्र सम्पर्क नभएको लामिछानेले बताए।
गाविस सचिव गाउँ गाउँमा
जिल्ला दैवीउद्धार समिति दोलखाले बिहिबारदेखि गाविसका सचिवलाई प्रतिघरपरिवार रु दुई हजार प्रदान गर्न रकम दिएर गाविसमा पठाएको छ ।
गाविस सचिवका साथ केही राहत पनि पठाउने तयारी भइरहेको उद्धारर समितिका अध्यक्ष एवम् प्रजिअ लामिछानेले बताए ।
दोलखाका ४८ गाविसमध्ये एक हजारभन्दा बढी घर भएका गाविसलाई पहिलो चरणमा रु १० लाख, एक हजारभन्दा कम घर भएका गाविसलाई रु पाँच लाख, दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकालाई रु २५ लाख र जिरी नगरपालिकालाई रु २० लाख पठाइएको लामिछानेले जनकारी दिए ।
चालीस हजार पाल र रु ३० करोड रकम तत्काल उद्धारका लागि आवश्यक भएको र माग गरिरहेको उनले बताए । केन्द्रबाट थोरैको सङ्ख्यामा पाल आएकाले वितरण गर्न अप्ठ्यारो भइरहेको जिल्ला दैवी उद्धार समितिले जनाएको छ ।
प्रकोपपीडितको उद्धारका लागि हेलिकप्टर आज पनि झिकाइएको स्थानीय विकास अधिकारी रेशमलाल कँडेलले बताए । जिल्लाका चार स्थानमा मात्र जिल्ला दैवीउद्धार समितिले केही सङ्ख्यामा पाल र खाद्यान्न वितरण गरेको जनाइएको छ । लायन्स क्लब दोलखाले पौराणिक सहर दोलखालगायत जिल्लाका केही स्थानमा पाल र खाद्यान्न वितरण गरेको लाइन्स क्लब दोलखाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
दोलखालीले औषधि पाएनन
महाभूकम्पका कारण जिल्लाका ८० प्रतिशत सरकारी स्वास्थ्य संस्था क्षतिग्रस्त हुँदा औषधि अभाव भएको छ । जिल्लामा रहेका निजी अस्पताल पनि भग्नावशेष अवस्थामा छन् । गाविस र नगरपालिकामा रहेका ५० प्रतिशत स्वास्थ्य संस्थाबाट औषधिसमेत झिक्न सक्ने अवस्थासमेत नरहेको दैवीउद्धार समितिले जनाएको छ ।
पाल, गोठ र टनेलमा जम्मा भई समूहमा रात बिताउँदा धेरै सङ्ख्यामा बिरामी परेका दोलखालीले औषधिको समेत मुख देख्न नपाएको गुनासो गरी रहेका छन् । अधिकांश स्वास्थ्यकर्मी जिल्लामा नभएको अवस्थाले पनि थप समस्या नित्याएको छ । भूकम्पपीडितको उपचार झाडा टार्ने काम मात्र भएको छ । ‘गाउँ गाउँमा स्वास्थ्य समस्या जटिल बनिरहेको छ, स्थानीय प्रशासन मौन छ’, पत्रकार चिरञ्जीवी मास्केले भने ।
जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ स्वास्थ्य अधिकृत हरिहर शर्माले स्वास्थ्य संस्था भूकम्पका कारण ध्वस्त भए पनि दोलखाली नागरिकको उपचार खुल्ला आकाशमुनि पनि गरेर भए पनि अभाव हुन नदिएको जिकिर गरे ।
सयौँको सङ्ख्यामा घाइते दोलखालीको प्राथमिक उपचार मात्र गरिएको छ । उपचारका लागि प्राप्त औषधि र उपकरण नभएको डा विनोद दङ्गालले बताए । गाउँ गाउँमा राखिएका पालमा पुगी उपचार नगर्ने हो भने हजारौँको सङ्ख्यामा दोलखालीले थप पीडा भोग्ने अवस्था भएकाले दोलखाली नागरिक समाजले अन्य सरकारी, गैरसरकारी निकायलाई सहयोग गरी दिन आग्रहसमेत गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: