पौष १ गते, २०७४ शनिवार 16th December, 2017 Sat०७:०५:०१ मा प्रकाशित
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्। संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन् ।
अाजको अन्नपूर्णमा खबर छ-देउवानिकट नेता बालकृष्ण खाँणले शुक्रबार सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको नतिजा आएसँगै सभापति देउवा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र एक महिनाभित्रै महासमिति बैठक डाक्ने बारेमा परामर्शमा हुनुहुन्छ ।\'
महासमिति बैठक भैरहवामा गर्ने बारेमा पनि छलफल भइरहेको खाँणले जानकारी दिए।कांग्रेसको विधानमा एक वर्षमा एकचोटि महासमिति बैठक बस्ने व्यवस्था गरिएको छ । देउवा कांग्रेसको १३ औं महाधिवेशनबाट सभापति निर्वाचित भएको दुई वर्ष पुग्नै लाग्दा पनि एकपटक पनि महासमिति बैठक बसेको छैन ।
सभापति देउवाले पार्टी संरचनालाई पनि पूर्णता दिन सकेका छैनन्। केन्द्रीय कार्यसमितिमा सदस्य मनोनयनदेखि पार्टीका अधिकांश विभागले समेत पूर्णता पाएका छैनन् ।देउवा नेतृत्वको सरकारले गराएको संघ र प्रदेशसभा चुनावमा कांग्रेसले नमिठो पराजय बेहोरेको छ। संघ प्रत्यक्षतर्फको १ सय ६५ सिटमध्ये कांग्रेसले २३ सिट मात्रै जितेको छ ।
चुनावमा पार्टी पराजित भएपछि केही युवा नेतादेखि पुराना पुस्तासम्मले विशेष महाधिवेशन बोलाएर नेतृत्व परिर्वतनसम्मको आवाज उठाएका छन्। कांग्रेस नेता खाँणले २०६४ साल जस्तै २०७४ सालमा पनि कांग्रेस संख्यातमक रूपमा तल देखिए पनि मुलुक जितेको सन्देश गएकोले निर्वाचन सम्पन्न गराएको जसको फाइदा कांग्रेसलाई पछि हुने जिकिर गरे ।
‘परिणाम हेर्दा हामी केही खस्किएको जरुर छौं\', खाँणले भने, ‘तर देशको राजनीति सफल भएको छ।\' उनले ०६४ यताका हरेक चुनावमा कांग्रेसले आफ्नो मत प्रतिशत बढाउँदै लगेको भन्दै सन्तोष व्यक्त गरे । ०६४ सालको पहिलो संविधानसभा चुनावमा कांग्रेसले २२ प्रतिशत मत पाएको थियो भने ०७० मा २९ प्रतिशत मत पाएको थियो। केही महिनाअघि मात्रै भएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३२ प्रतिशत मत प्राप्त गरेको थियो भने हालै सम्पन्न निर्वाचनमा ३४ प्रतिशतको हाराहारीमा मत पुर्याएको छ ।
उनले प्रत्यक्षतर्फ बेहोरेको हारको समीक्षा गर्नकै लागि सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठकदेखि महासमितिको बैठक डाक्नेसम्मको तयारी थालेको बताए। चुनावका लागि गृहजिल्ला गएका सबै नेता मतपरिणाम सार्वजनिक भएसँगै राजधानी फर्कने क्रम सुरु भएको छ । राजधानी आएका प्रायः सबै नेतासँग देउवाले एक चरणको छलफल गरेको खाँणले जानकारी दिए ।
खाँणले चुनवामा कांग्रेसले पाएको मतलाई मर्यादा गर्दै प्रतिपक्षमै बस्ने बताए। राष्ट्रियसभा गठन भएपछि प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेता प्रधानमन्त्री चयन भएसँगै आफूहरू प्रतिपक्षमा बस्ने खाँणले जानकारी दिए ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: