राष्ट्रसंघको सुरक्षा परिषद्मा एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे गरिएका निर्णय खारेज गर्नुपर्ने माग सहितको एउटा मस्यौदा प्रस्ताव पुगेको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेपछि इजिप्टले यस्तो प्रस्ताव गरेको हो । लामो समयदेखिको अमेरिकी नीति उल्टाउँदै गरिएको उक्त घोषणाले व्यापक रुपमा अन्तर्राष्ट्रिय तहबाट आलोचना खेपेको थियो । यसैबीच प्यालेस्टाइनको फाटा आन्दोलनले अमेरिकी उपराष्ट्रपति माइक पेन्सको अर्को साता हुने जरुसलेम भ्रमणको विरोधमा प्रदर्शनहरु गर्ने निर्णय गरेको छ । उक्त मस्यौदा प्रस्तावले सदस्य राष्ट्रहरुलाई जेरुसलेममा दूतावास नखोल्न अनुरोध गर्नुका साथै एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे लिइएका निर्णयले कानूनी मान्यता नपाउने र त्यो खारेज हुनुपर्ने माग गरेको छ । यसै महिनाको सुरुमा राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिएपछि त्यसको अन्तराष्ट्रिय स्तरबाट आलोचना भएको थियो भने त्यसले मध्यपूर्वमा व्यापक आक्रोश निम्त्याएको थियो । त्यसपछि अरब देशहरुका विदेशमन्त्रीहरुले सुरक्षा परिषदमा प्रस्ताव लैजाने निर्णय गरेका थिए । यी प्रस्तावबारे अर्को हप्ताको सुरुसम्ममा मतदान हुनसक्ने ठानिएको छ । व्यापक समर्थन पाएपनि यी प्रस्ताव विफल बनाउन अमेरिकाले भिटो भनिने सुरक्षा परिषदमा रहेको आफ्नो विशेषाधिकार प्रयोग गर्ने निश्चित जस्तै छ । बीबीसीयो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: