Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

उत्तर कोरियालीलार्इ तनाव: आणविक एजेन्ट अस्ट्रेलियामा पक्राउ

\"\"उत्तर कोरियाका एक नागरिक आणविक हतियार र पार्टपुर्जा बेच्ने क्रममा अस्ट्रेलियाको सिड्नीमा पक्राउ परेका छन् । उत्तर कोरियाका चान हान चोईलाई आइतबार सिड्नी प्रहरीले पक्राउ गरेको हो । उत्तर कोरियामा आणविक हतियारको विस्तारमा सहयोग जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक अस्त्र तथा पार्टपुर्जा कारोबारमा उनी संलग्न रहेको सिड्नी प्रहरीले जनाएको छ । एजेन्टको काम ५९ वर्षीय चोईले उत्तर कोरियाका लागि ‘आणविक एजेन्ट’को काम गरेको प्रहरीले आरोप लगाएको छ । उनले उत्तर कोरियाबाट अवैधानिक हतियार निर्यात गर्न दलाली गरेको र आमविध्वंस मच्चाउने हतियार उपलब्ध गराउनेबारे सिड्नीका माफियासँग छलफल गरेको प्रहरी आरोप छ । चोईले अस्ट्रेलियाले उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध उल्लंघन गरेको पनि प्रहरीले आरोप लगाएको छ । अस्ट्रेलियाको सन् १९९५ को आमविध्वंस मच्चाउने हतियारसम्बन्धी कानुनअन्तर्गत उनीमाथि मुद्दा लगाइएको छ । चोई उत्तर कोरियाली उच्च अधिकारीसँग सम्पर्कमा रहेको प्रमाण भएको अस्ट्रेलिया प्रहरीको भनाइ छ । उत्तर कोरियामाथि नाकाबन्दी बारम्बारका आणविक परीक्षण र आणविक प्रहारका कारण संयुक्त राष्ट्र«संघ, संयुक्त राज्य अमेरिकालगायतका देशले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएका छन् । उत्तर कोरियाका आणविक गतिविधि रोक्ने विषयमा छलफल गर्न गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका थिए । जवाफमा पुटिनले उत्तर कोरियाली प्रायद्वीपको संकट समाधान गर्न रसियाले सक्दो सहयोग गर्ने वचन दिएका थिए । लामो समयदेखि कारोबार चोईले सिड्नीमा रहेर लामो समयदेखि आणविक हतियार कारोबार गरेको सिड्नी प्रहरीले जनाएको छ । विगत ३ दशकदेखि सिड्नीमा बस्दै आएका चोई उत्तर कोरियाको आणविक कम्पनीका लागि एजेन्टको काम गर्दै आएका थिए । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि आणविक अस्त्र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । राष्ट्रसंघकै प्रस्तावमा उत्तरमाथि सो प्रतिबन्ध लागेको हो । आणविक परीक्षण विज्ञ पक्राउ परेका चोई प्योङयाङमा ब्यालेस्टिक क्षेप्यास्त्रको उत्पादन, प्रयोग एवं परीक्षणको काममा संलग्न रहेकाले उनी आणविक परीक्षण विज्ञसमेत रहेको सिड्नी प्रहरीको दाबी छ । उनले सिड्नीमा आणविक पाटपुर्जा बेचबिखन गर्नुका साथै उत्तर कोरियाको ब्यालेस्टिक क्षेप्यास्त्रका लागि सिड्नीबाट प्रविधि र पार्टपुर्जा आयात तथा निर्यात गरेको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । पहिलोपटक आणविक कारोबारी पक्राउ अस्ट्रेलियाले पहिलोपटक विदेशी आणविक कारोबारी पक्राउ परेको जनाएको छ । अनुसन्धानमा संलग्न अस्टे«लियाका एक प्रहरी अधिकारीले भने, ‘अस्ट्रेलियामा पहिलोपटक विदेशी आणविक कारोबारी पक्राउ परेका छन्, उनी उत्तर कोरियाका उच्चस्तरीय आणविक एजेन्ट रहेछन् । कोरियामा उत्पन्न आर्थिक मन्दी समाधान गर्न आणविक पार्टपुर्जा बेचेर देशलाई सहयोग गरेका रहेछन् ।’ अस्ट्रेलियाली प्रधानमन्त्री माल्कोन टर्नबुलले उत्तर कोरियाली नागरिकको पक्राउलाई महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । ‘आणविक पुर्जासहित उत्तर कोरियाली नागरिकको पक्राउलाई हामीले निकै महत्वपूर्ण कामका रूपमा लिएका छौँ,’ प्रधानमन्त्रीले भने । उत्तर कोरियाले विश्वशान्तिमा नै धावा बोल्ने काम गरिरहेको र पक्राउ गरिएका चान हान चोइमाथि अस्ट्रेलियाको कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । उनीमाथि कस्तो कारबाही गर्ने भन्ने विषयमा थप कानुनी परामर्श गरिने प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE