Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

वाम गठबन्धनकाे पद बाँडफाँटमा कसरत

\"\"काठमाडौं । आज प्रकाशित दैनिक पत्रिकाहरुले राष्ट्रियसभा गठन सम्बन्धमा सरकार र विपक्षी दलबीच भइरहेको विवादको खास कारण केलाएका छन् । साथै एमाले अध्यक्ष केपी ओली रसुवागढी नाका पुगेको र बाेलेका कुरालाइ मुख्य समाचार बनाएका छन् । राष्ट्रपतिले रोकेको अध्यादेशमा एकल संक्रमणीय निर्वाचन प्रणालीको व्यवस्था रहेको र त्यसलाई नेपाली कांग्रेस जस्ताको तस्तै प्रमाणिकरण गर्नुपर्ने अडानमा भएपनि एमाले-माओवादी भने बहुमतीय प्रणालीको पक्षमा छन् । यो एकल संक्रमणीय निर्वाचन प्रणाली भनेको के हो र यसबाट दलहरूको सिट कसरी घटबढ हुन्छ भन्ने कुरालाई नयाँ पत्रिका, कान्तिपुर र नागरिक दैनिकले मुख्य समाचार बनाएर छापेका छन् । एकल संक्रमणीय प्रणालीबाट कांग्रेसलाई के फाइदा ? एमालेलाई के घाटा ? भन्ने समाचारसँगै अनलाइनखबरले ओली रसुवागढी नाका पुगेको र सरकारले सत्ता हस्तान्तरणका लागि बैधानिक बाटोको खोजी गरिरहेको भन्ने समाचार पनि छ । वाम गठबन्धनकाे पद बाँडफाँट एमाले र माओवादीबीच पद बाँडफाँटमा कसरत भइरहेको समाचारलाई राजधानी दैनिकमा छ । समाचारमा लेखिएको छ- निर्वाचन लगत्तै पार्टी एकता गर्ने सहमतिसहित चुनावी तालमेल गरेका एमाले र माओवादीले नेतृत्व र अन्य पदीय बाँडफाँटको विषय कसरी टुंग्याउने भन्ने विषयमा छलफल अघि बढाएका छन् । दुई दलका अध्यक्षबीच यो विषयमा छलफल अघि बढे पनि पार्टी एकता संयोजन समिति तहमा औपचारिक रुपमा भने छलफल भएको छैन । समाचारमा उल्लेख भएअनुसार शीर्ष तहमा पदीय जिम्मेवारी तथा संगठनात्मक स्वरुपबारे तीनवटा विकल्पसहित छलफल चलिरहेको छ । पहिलो विकल्पमा आलोपालो नेतृत्व गर्ने, दोस्रो विकल्पमा महाधिवेशनसम्म दुई अध्यक्ष सम्मिलित अध्यक्षमण्डल गठन गरेर जाने र तेस्रो विकल्पमा एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, दुई जना महासचिव र सातजना सचिव तय गरेर जाने गरी छलफल भइरहेको समाचारमा उल्लेख छ । स्रोतलाई उद्धृत गर्दै राजधानी दैनिक लेख्छ- माधव कुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता मान्ने, तीन उपाध्यक्षमा दुई एमाले र एक माओवादी केन्द्रबाट, दुई महासचिवमा दुबै पार्टीका एक-एक जना राख्ने, सात सचिवमा एमालेका तर्फबाट चार वा पाँच र माओवादीबाट दुई वा तीन जना राखेर प्रदेश हेर्ने गरी छलफल चलिरहेको छ । राजनीतिक सहमति जटिल अन्नपूर्ण पोष्ट दैनिकले अध्यादेशकै कारण मुख्य दलबीच संवादहीनता बढेको समाचार छापेको छ । समाचारमा लेखिएको छ- मुख्य तीन दल कांग्रेस, एमाले र माओवादी बीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ । राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली आ-आफ्नै अडानमा कायमै रहे पनि माओवादी अध्यक्ष प्रचण्डले भने मध्यमार्गी धारमा रहेर सहमतिको पहल गर्दै आएको समाचारमा उल्लेख छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy