Ntc summer Offer
Khabar Dabali ९ बैशाख २०८१ आईतवार | 21st April, 2024 Sun
NIMB

इपिएल क्रिकेट पोखरामा राइनोज विजयी

\"\"काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो । यस खेलसँगै चार खेल खेलेको काठमाडौँले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ । बिहीबार भएको खेलमा काठमाडौँले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा भैरहवासँग पराजित भएको थियो । यस हारसँगै काठमाडौँको प्ले अफमा पुग्ने सम्भावना न्यून भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले पोखरालाई ९९ रनको लक्ष्य दिएको थियो । जसमा पोखराले १८।२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । काठमाडौँ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९८ रनमा समेटियो । पोखराको जितमा इसरारुलाहले सर्वाधिक ४५ रनको योगदान दिए । त्यसैगरी सुनिल धमला २०, कप्तान शक्ति गौचन १८, राजेश पुलामी ८ तथा विनोद भण्डारीले ४ रन जोडे । काठमाडौँका लागि सागर पुनले दुई विकेट लिए भने विक्रम भुसालले एक विकेट लिए । यता काठमाडौँका लागि भने शुरुवाती ब्याट्सम्यान सागर पुनले सर्वाधिक ३६ रनको योगदान दिए भने राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । पोखराका कप्तान शक्ति गौचन, विक्रम सोव र सुसन भारीले समान दुई÷दुई विकेट लिए भने ताज वाली र इसरारुलाहले समान एक÷एक विकेट लिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies