Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

किन झनझन् बढ्दैछ गरिबीको खाडल ?

\"\"काठमाडौं । भौगलिक रुपमा सुगम प्रदेश नम्बर २ मा गरिबीको दर उच्च देखिएको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको तथ्याङ्कमा यो प्रदेशमा जनसंख्याको झन्डै आधा अर्थात ४८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । धेरै जनसख्या रहेको प्रदेश २ मा उच्च गरिबी दर भएका कारण पुरै नेपालको गरिबी दर बढ्न पुगेको छ । यो प्रदेशमा नेपालको कुल जनसंख्याको १८।४ प्रतिशत मानिसको बसोबास छ । प्रदेश २ दोस्रो धेरै जनसख्या रहेको प्रदेश हो भने प्रदेश ६ पछि धेरै गरिब रहेको प्रदेश पनि हो । अाजकाे अन्नपूर्णमा खवर छ । यो प्रदेशमा सडक सञ्जालदेखि राजमार्गले सबै जिल्ला जोडिएको छ । अन्न उत्पादनको भण्डारको रुपमा नेपालको तराईका ८ जिल्ला त्यहाँ नै छ । यो प्रदेशमा सप्तरी,सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौटहट, बारा र पर्सा जिल्ला पर्दछन् । किन प्रदेश २ गरिब छ ? औद्योगिक नगरी वीरगन्जदेखि ऐतिहासिक जनकपुर सहर पनि प्रदेश २ मा नै पर्छन् । पुरै प्रदेश भारतसँग जोडिएकोले यहाँ आपुर्ति व्यवस्था पनि सहज छ । तर किन प्रदेश २ गरिब छ त रु प्रदेश २ मा कुपोषणको दर उच्च छ । १४।१ प्रतिशत बालबालिका मात्रै विद्यालयमा नियमित रुपमा जान्छन् । बाल मृत्युदर पनि उच्च छ । खानेपानी, विद्युत् र इन्धनको अझै अभाव छ । यहाँ असमानता र अन्धविश्वास उच्च छ । यही प्रदेशका धेरै महिला कथित बोक्सीप्रथाबाट प्रताडिन छन् भने दाइजोको उत्पीडन पनि उस्तै छ । प्रदेश २ मा धनी र गरिबको असमातना चरम छ भने जातीय विभेदको रुप पनि डर लाग्दो छ । यहाँ भष्ट्राचार चरम छ । विकास योजनाको पैसा बाँडेर खाने चलनले यहाँको स्थानीय तहमा छुट्याइएको बजेटमा अनियमिता हुने डरलाग्दो अवस्था छ । झन बढ्दैछ गरिबी तराई–मधेसका जानकार वरिष्ठ पत्रकार चन्द्रकिशोरले पछिल्लो समयमा तुलनात्मक रुपमा मधेसमा गरिबी बढ्दै गएको बताए । उनले २०४६ सालको परिवर्तनपछि राजनीतिको दलको मधेसप्रतिको विभेदपूर्ण व्यवहारका कारण अझ गरिबी बढेको बताए । ‘मधेसमा गरिबी बढ्नुमा २०४६ पछि नेतृत्व लिएका दलहरु जिम्मेवार छन्’, उनले भने । झाले पहाडका जिल्लासँग जोडिएका जिल्लामा कम गरिबी रहेको पनि तर्क गरे । पहाडसँग ‘कनेक्टिभिटी’ नहुनाले मधेसमा गरिबी बढेको उनको ठहर छ । सुनसरी र चितवनको विकास हुनुमा पहाड र तराईको कनेक्टिभिटी प्रमुख कारण रहेको उनले बताए । उनले भने, ‘उत्तर–दक्षिणको ‘कनेक्टिभिटी’ नहुँदा मधेसमा गरिबी बढेको हो ।’ चुरे दोहनले अवस्था विकराल झाका अनुसार चुरे दोहनको कारण तराई मधेसको उत्पादकत्व घट्दै गएको छ भने कृषिको पराम्परिक प्रचलनमा संक्रमण आएको छ । अर्कातिर कृषिमा आधुनिकिरण हुन नसक्नु पनि गरिबीको मुख्य कारण हो । युवाहरु विदेशिएका कारण यो प्रदेश पनि रेमिट्यान्समा निर्भर छ । परम्परागत सिप र ज्ञानमा यहाँका बासिन्दा खुम्चिएकाले समेत प्रदेश २ मा गरिबी बढेको उनको धारणा छ । ‘मधेसका युवा परम्परागत काम गर्न लाज मान्छ’, उनले सुनाए, ‘त्यो रेमिट्यान्सको कारणले भएको हो ।’ गरिबीको खाडल झनझन् बढ्दै नेपालमा पछिल्लो समयमा गरिबीको खाडल बढ्दै गएको छ । धनी अझ धनि भइरहेका छन् भने गरिब अझ गरिब हुँदै गएका छन् । असमान विकासका कारण गरिबीको खाडल बढ्दै गएको हो । विश्वकै खर्बपति विनोद चौधरी जस्ता धनाढ्य पनि यहीँ छन् भने खानसमेत नपाउने अत्यन्त गरिब, भूमिहीन र सुकुम्बासी समेत नेपालमा छन् । गरिब र धनीबीचको खालड पुर्न नसकेमा मुलुक अझ गरिब हुँदै जाने अवस्था छ । गरिबी दर घटाउन सरकारदेखि दातृ राष्ट्रले ठुलो धनराशी लगानी गरिरहेका छन् । तर, नेपालको गरिबी दर भने घट्नु साटो झन बढिरहेको छ । हालै राष्ट्रिय योजना आयोगले ७ प्रतिशत गरिबी बढेको तथ्याङ्क सार्वजनिक गरेपछि यो तथ्य पुष्टि भएको छ । नेपालको कुल गरिबी दर २८।६ प्रतिशत रहेको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy