Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

उद्धार र राहतनिम्ति वाईसीएल र एमाओवादी टोली काभ्रेमा

काठमाडौं, योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) को केन्द्रीय टोली तथा एमाओवादी सभासद् एवम् जिल्ला नेताहरुको संयुक्त टोलीले काभ्रे जिल्लाका भूकम्पपीडितहरुको उद्धार तथा राहतको काममा विशेष पहल थालेको छ । शुक्रबार सदरमुकाम धुलिखेल पुगेर प्रजिअ समेतलाई संयोजन गर्नेगरी केन्द्रबाट खटिएका सरकारी पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, प्रहरी एसपी, प्लान इन्टरनेसनल लगायतका संघ–संस्थाका प्रतिनिधिसहितसँग भेटघाट गरी वाईसीएल तथा एमाओवादी टोलीले पीडितहरुको तत्काल उद्धार र यथासिघ्र राहत व्यवस्थापनमा पहल गरेको हो । टोलीले काभ्रेबाटै नेपाल सरकारका मुख्य सचिव, एमाओवादी हेडक्वार्टरलगायतसँग टेलीफोन सम्पर्क गरी जिल्लाको वस्तुस्थिति र उद्धार तथा राहतसम्बन्धमा जिल्लामा देखिएको समस्या अवगत गराउँदै प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । एमाओवादी सभासद् एवम् वाईसीएल अध्यक्ष गणेशमान पुनले शुक्रबार साँझ बनेपाबाट खबरडबलीलाई दिएको जानकारीअनुसार वाईसीएल केन्द्रीय समिति तथा एमाओवादी संसदीय दलको निर्णय र निर्देशनअनुसार टोलीले काभ्रेबाट पहल अघि बढाएको हो । टोलीमा एमाओवादी सभासदद्वय पुन र कमला दोङ, एमाओवादी काभ्रेका पदाधिकारी, वाईसीएल केन्द्रीय सचिवालय सदस्य मिनबहादुर तामाङलगायत संलग्न छन् । टोलीले आज बनेपामै बसी भोलि जिल्लाका भूकम्पपीडित स्थानहरुमा पुगेर उद्धार र राहतका निम्ति थप पहल गर्नेछ । सभासद पुनका अनुसार भूकम्पबाट ६० हजार नागरिक घरबारविहीन भएको काभ्रेमा सरकारका तर्फबाट जम्मा १ हजार थान त्रिपाल पठाइएको छ भने अन्य संघ–संस्था समेतले दिएको गरी जम्माजम्मी ४–५ हजार थान मात्र पुगेको छ । सरकारी तथा गैरसरकारी क्षेत्रबाट पर्याप्त मेहनत भएको देखिए पनि उच्चस्तरीय सरकारी समन्वयको अभावमा उद्धार र राहतका निम्ति काभ्रेमा पटक्कै प्रभावकारी काम हुन सकेको छैन । सभासद पुनका अनुसार काभ्रेको डाँडापारिका १० गाविसमा अझैसम्म सरकारी प्रतिनिधि र हेलिकप्टर पुग्न सकेका छैनन् । कोशिपारिका चौंरी, कात्तिकेदेउराली, मादनकुँडारी, तिमाल लगायतका गाविसहरुमा राहत र उद्धारको काम ज्यादै न्यून मात्र भएका छन् । सरकारी तहबाट उद्धार र राहतको क्षेत्रमा भएका धेरथोर काम पनि भूकम्पपीडितको संवेदनशीलता र आवश्यकताअनुसार निष्पक्ष ढंगबाट नभई सत्तापक्षले पहुँचको आधारमा अन्यायपूर्ण ढंगले गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy