Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अक्षर टिप्ने कलिला हात भूकम्पले भाँचेपछि .....

काठमाडौं, सिभिल अस्पतालको जनरल वार्ड बेड नम्बर २० मा  उनी मस्त निन्द्रामा थिइन् । दायाँ हातमा प्लास्टर गरिएको थियो ।  बायाँ हात पनि उस्तै थियो, खुट्टा भाँच्चिएको थियो  । ‘मामाघर नपठाएको भए यस्तो हुँदैन थियो ।’ ५ वर्षीया रचना दनुवारकी आमा भन्दै थिइन् – ‘धन्न ठूलो भाग्यले बचायो ।’ सिन्धुपाल्चोकको दारा गाविसबाट मजदुरीको लागि राजधानी झरेका रचनाका बुवा–आमा काठमाडौंको शंखमुलमा बस्थे । बुबा राजकुमार दनुवार फर्निचरमा  मजदुरी गर्छन् । यस्तैमा छोरीको भर्ना गर्ने  उमेर आयो । बैशाखमा ५ वर्ष पुगिन् ।  उनको रेखदेख मात्रै गर्न परिवाले सक्ने अवस्था थिएन । राजकुमार दम्पत्ती नै मजदुरी गर्थे । रचनालाई दिदिसँगै पढ्नको लागि भन्दै उनको परिवारले काठमाडौंबाट सिन्धुपाल्चोक पठायो । नजिकैको मामाको घरमा रचना पढ्ने भइन् । गाउँमै मामाले उनलाई स्कुल भर्ना गरिदिए ।  किताब ल्याएर रचनाले पढ्न थालिन् । अक्षरहरुसँग खेल्ने दिनभन्दा फरक दिन शनिबार आयो । त्यो दिन मध्यान्ह उनी आफ्नै घर नजिकै दिदिसँग भाँडाकुटी खेल्दै थिइन् । घरको नजिकै । गाउँमा  ढुङ्गा माटोले बनेको घर थियो । हल्लिन थाल्यो । ७ वर्षीया दीदि रञ्जीता भागिन् । उनलाई भाग्ने मेसो नै आएन । नजिकै रहेको मामाको घर भत्कियो । माथीबाट आएको घरको माटो र ढुङ्गाले पुर्यो । मामाले आफ्नै भाञ्जी रचनालाई खोजे । ढुङ्गाको कापबाट मामाले निकाले । ‘निकाल्दै गर्दा बाँचेको जस्तो लागेकै थिएन रे ।’ मामाको भनाई उद्धृत गर्दै उनका बुवा राजकुमार भन्छन्, ‘हतार–हतार गरेर काठमाडौं ल्याउन नसकेको भए छोरीको अनुहार पनि हेर्न नपाउने ।’ रचनाको दायाँ हातमा अप्रेसन गरिएको छ । परिवारलाई रचनाको पीर छ त्योभन्दा ठूलो पीर उनलाई  आफ्नै हातको छ । त्यसैले त  पटक–पटक आफ्नै हात हेर्छिन्, ‘ऐया...ऐया..गर्दै रुने गर्छिन् ।’ महाभूकम्पले अक्षरहरुको चिन्ता गर्नुपर्ने उनको अनुहारमा यतिबेला आफ्नै शरिरको चिन्ता मडारिरहेको छ । ‘दुख्यो भन्छिन्,’ उनका बुवा राजकुमार छोरीको बेदना उद्धृत गर्दै भन्छन् – ‘भाग्य ठूलो रहेछ घरमा पुरिएर पनि बाँची ।’ ०००                ०००                    ००० ६ वर्षीया आशिका तिमल्सीना आफ्नी हजुरआमासँगै सिन्धुपाल्चोक माखा गाविसमा रहेको मामाघरमा खेल्दै थिइन् । हजुरआमाले चाउचाउ खुवाउँदै नातिनी आशिकालाई बाहिर टाढा नजानु है भन्दै थिइन् । हुटुहुटुको आवाज आयो । घरमै भाग दौड मच्चियो । गाउँमा टायलले छाएको दुई तलाको घर थियो । त्यो घर त्यहिँ लड्यो । तीनजना परिवार भाग्न सफल भए । आशिकाको हजुरआमा विष्णुमाया पराजुलीले नातिनीलाई जोगाउन खोेज्दै थिइन् । माथिबाट आएको ढुङ्गा उनको टाउकोमा बजारियो । उनी आफै ढलिन् । ढुङ्गा र माटोमा उनी आफैँ चार घण्टासम्म पुरिन् । छोराहरु आएर निकाले । एक छिन अघिसम्म सँगै रहेको नातिनी कता पुरिइन् उनलाई त्यो चिन्ताले पिरोल्यो । छोराहरुले एक घण्टा लगाएर ढुङ्गामाटो हटाए । त्यो भित्र नातिनी आशिका रक्ताम्य अवस्थामा देखिइन् ।  उनलाई निकाल्दा हजुरआमा आफै पनि उस्तै अवस्थामा थिइन् । ‘उपचारको लागि खाडीचौर अस्पताल पुग्दा त्यहाँ  सिटामोल पनि थिएन ।’ ७० वर्षीया विष्णुमाया भन्छिन् – ‘मेरो नातिनीको हात खुट्टै भाँचिएको अवस्था थियो कसरी उपचार हुन्थ्यो  र ?’ राजधानीको शंखमूलमा आफ्नै आमाबुवासँगै बाल कक्षामा पढ्दै आएकी उनी भूकम्प आउनुभन्दा दुई दिन अघि मामाको घर सिन्धुपाल्चोक गएकी थिइन् । गएको शनिबार आएको महाभूकम्पमा परि उनको हात र खुट्टा भाँच्चिएको छ भने टाउकोमा गम्भिर चोट लागेको छ । उनको सिन्धुपाल्चोक जिल्लाकै खाडीचौर अस्पतालमा उपचार नभएपछि राजधानीको सिभिल  अस्पतालमा उपचार भईरहेको छ । सिभिल अस्पतालको जनरल वार्ड बेड नं २७ मा भेटिएकी उनलाई यतिबेला आफ्नो नातिनी आशिकासँगै गाउँ फर्कने चिन्ता छ । ‘मेरो घर मात्रै होइन । गाउँ सबै लगेको छ ।’ उनी भन्छिन् – ‘हामीलाई त भाग्यले बचाएको हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending