मन्त्री–मन्त्रीबीच भनाभन, प्रधानमन्त्री अक्क न मक्क
पौष १४ गते, २०७४ शुक्रवार 29th December, 2017 Fri०९:००:३९ मा प्रकाशित
काठमाडौँ । अघिपछि भन्दा बेग्लै दृश्य देखियो बिहीबारको मन्त्रिपरिषद् बैठकमा । प्रदेश प्रमुखको नियुक्ति र राष्ट्रिय सभासम्बन्धी अध्यादेशसहितमा छलफल हुने अपेक्षाविपरीत मन्त्री–मन्त्रीबीच भनाभन र सचिवहरूप्रति गुनासो देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एकछिन अलमलमा परे । सचिव सरुवाको विषयमा राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्रीकमल थापाले बैठकमै पर्यटनमन्त्री दिलनाथ गिरीको राजीनामा मागे । आफ्नै पार्टीबाट सहभागी मन्त्रीको राजीनामा मागेपछि देउवाले पछि छलफल गर्ने भन्दै विषयान्तर गरेका थिए ।
आजको कान्तिपुर दैनिकमा खबर छ–आफूले नेतृत्व गरेको मन्त्रालयमा सहरी विकासकै अनुभवी रमेशप्रसाद सिंहलाई सचिव बनाउनुपर्ने प्रस्ताव मन्त्री गिरीले राखेका थिए । उक्त प्रस्ताव सुन्नासाथ पहिला थापाले आपत्ति जनाए । ‘मलाई नसोधी यो प्रस्ताव कहाँबाट ल्याउनुभयो ?’ थापाले उक्त प्रश्न राख्नासाथ दुई जनाबीच विवाद चर्किएको सहभागी एक मन्त्रीले कान्तिपुरलाई जानकारी दिए ।
जवाफमा गिरीले मन्त्रालयको कामको प्रकृति र विषय हेरी हालका सहरी विकास सचिव दीपेन्द्रनाथ शर्माभन्दा सिंह उपयुक्त हुने भन्दै हेरफेर गर्नुपर्ने बताएका थिए । गिरी अडानमै रहेपछि थापाले दोहोर्याएर राजीनामा मागे । त्यसपछि गिरीले राजीनामामाग्ने अधिकार थापालाई नभएको जिकिर गरेका थिए ।
‘मैले प्रधानमन्त्रीलाई राजीनामा दिने हो । तपाईंलाई हैन । मेरो काममा हस्तक्षेप नगर्नुहोला,’ उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री थापाप्रति आक्रोश पोखेपछि गिरीलाई प्रधानमन्त्री देउवाले यस विषयमा पछि सल्लाह गर्ने भन्दै विषयान्तर गरेका थिए ।
सहरी मन्त्रालय स्रोतका अनुसार सहरी विकास विभागको महानिर्देशक चयनका विषयमा थापा र गिरीबीच पहिले नै मनमुटाव भएको थियो । उपप्रधानमन्त्री थापा सहसचिव शिवहरि शर्मालाई विभागको महानिर्देशक तत्काल बनाउन चाहन्थे तर गिरी भने चुनावी कार्यक्रममा व्यस्त भएकाले राजधानी फर्केर थप छलफल गर्ने पक्षमा थिए ।
गत मंसिर १० गते प्रतिनिधिसभाको पहिलो चरणको चुनावका क्रममा विराटनगर पुगेका गिरीलाई थापाले शर्मालाई नै महानिर्देशक बनाउनुपर्ने भन्दै चाँडै राजधानी फर्कन आग्रह गरेका थिए । गिरीले भने त्यो प्रस्ताव स्विकारेनन् । ‘धेरै दबाबपछि गिरीले पार्टी अध्यक्ष थापाले नै भनेअनुसार महानिर्देशक राख्न बाध्य भए । त्यससम्बन्धी फाइल स्वीकृतिका लागि मंसिर ९ गते विराटनगरमा पुर्याइएको थियो,’ मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्री गिरीले विराटनगरमा होटलमा बसेका बेला शर्मालाई महानिर्देशक बनाउने फाइल सदर गरेका थिए ।’ सचिवको सरुवा प्रकरण र अध्यक्ष थापाको हस्तक्षेपबारे भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
सचिवहरूले अटेर गरेको सामूहिक गुनासो
बैठकमा केही मन्त्रीले कर्मचारीबाट सहयोग नपाएको भन्दै देउवासामु गुनासो गरे । मन्त्रीहरूले विवादको मूल विषय यो सरकार कामचलाउ नभएको भन्दै काम गर्न पाउनुपर्ने भन्नेमा केन्द्रित थियो । सुरुमा प्रसंग उठाए पर्यटनमन्त्री जितेन्द्रनारायण देवले । देवले आफूमातहत नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई फेरबदल गर्न नसकेको र अन्य काममा पनि सचिवबाट असहयोग भएको गुनासो राखे ।
‘मन्त्रीलाई अपमान गर्ने काम भइरहेको छ । हामीले मन्त्रीका रूपमा काम गर्न पाएनौं । कर्मचारीबाट साह्रै अपहेलना भयो,’ आवेशमिश्रित स्वरमा मन्त्री देवले देउवाको ध्यानाकर्षण गराएका थिए । लगत्तै उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, कृषिमन्त्री रामकृष्ण यादव, पर्यटनमन्त्री दिलनाथ गिरीसहितले वर्तमान सरकार कामचलाउ नभएकाले पूर्ण रूपमा काम गर्न पाउनुपर्ने तर्क राखेका थिए । बैठकमा रहेका मुख्य सचिव लोकदर्शन रेग्मीले सचिवहरूलाई कुनै निर्णय नगर्न दबाब दिएको भन्दै उनीहरूले जवाफसमेत मागेका थिए । ‘तर, मुख्य सचिवले आफूले त्यस्तो कुनै निर्देशन निदएको जवाफ दिए,’ अर्का एक मन्त्रीले बताए ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: