राष्ट्रिय सभा - दल दर्ता गर्न निर्वाचन अायाेगकाे आह्वान
पौष १४ गते, २०७४ शुक्रवार 29th December, 2017 Fri०९:१४:५९ मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किए पनि निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले दल दर्ताका लागि १५ दिनको समय दिएको छ । स्रोतका अनुसार आयोगले राष्ट्रिय सभा गठन नभई प्रतिनिधिसभा समानुपातिकतर्फको परिणाम दिन नसकिने स्पष्ट सन्देश दिन दल दर्ताको आह्वान गरेको हो । सरकारले राष्ट्रिय सभा निर्वाचन मिति तोकेपछि आयोगले त्यसैअनुसार निर्वाचन कार्यक्रम बनाउने हो ।
तर अबको १५ दिन दल दर्ताकै समय रहेकाले राष्ट्रपतिबाट आजभोलिमै अध्यादेश जारी भए पनि राष्ट्रिय सभा निर्वाचन भने माघ नलागी हुन सक्दैन । ‘राष्ट्रिय सभाका मतदाता देशैभर छरिएका छन्, उम्मेदवार हुनेले मत माग्न उनीहरूसमक्ष पुग्ने समय पाउनुपर्छ,’ आयोग स्रोतले भन्यो, ‘भने जस्तो सजिलो छैन, निर्वाचन प्रचार र भोट माग्ने समय प्रशस्तै छुट्याउनुपर्ने हुन सक्छ, त्यसले पनि राष्ट्रिय सभा निर्वाचन अझै पर धकेलिन सक्छ ।’ अध्यादेश जारी भए पनि आयोगले नियमावली तथा निर्देशिका निर्माणमा समेत केही समय लिनेछ । स्रोतका अनुसार राष्ट्रिय सभा गठनपछि मात्रै प्रतिनिधिसभा समानुपातिक परिणाम दिन सकिने भएकाले नयाँ सरकार गठन प्रक्रिया धकेलिन सक्छ ।
राष्ट्रिय सभा ५९ सदस्यीय हो । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ८ जना चुनिनेछन् । उनीहरू प्रदेशसभाका सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलबाट चुनिने हुन् । त्यसबाहेक सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक महिलासहित तीन जना राष्ट्रिय सभामा मनोनीत हुनेछन् । राष्ट्रिय सभा सदस्यमा पदका लागि कानुनले तोकेको उमेर पुगेको जोसुकै नेपाली नागरिक उम्मेदवार बन्न पाउने छन् ।
निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फको परिणाम तयार गरिसकेका बेला आयोगको बिहीबार बसेको बैठकले त्यस विषयमा कुनै निर्णय नलिई राष्ट्रिय सभा चुनावी प्रक्रिया बढाउने निर्णय लिएको हो । समानुपातिकको परिणाम दिन नसकिरहेको स्पष्ट कारण ‘बोल्डली’ बताउन नसकिरहेको आयोग दलहरूलाई अल्मल्याउन सुरुमा प्रदेशसभाको समानुपातिक परिणामअनुसार नामावली माग्यो भने थप समय कटाउन दल दर्ताको आह्वान गरिदिएको छ । यही दल दर्ताको आह्वान आयोगले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएलगत्तै पनि गर्न सक्थ्यो । तर त्यतिबेला मतलब नगरेको आयोगले ‘टाइम गेन’ गर्न यतिबेला आएर त्यो पनि १५ दिनको समय दिएर दल दर्ताको आह्वान गरेको देखिन्छ ।
स्रोतले भन्यो, ‘राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा दलहरूबीच सहमतिको विकासहुने पर्खाइमा रहेकाले त्यसका लागि आयोगले कुनै न कुनै बहानामा समय लम्ब्याउन चाहेको छ ।’ निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले संविधान र कानुनअनुसार राजनीतिक दलहरूले राष्ट्रिय सभा निर्वाचनका लागि पनि दल दर्ता गराउनुपर्ने भएकाले त्यो प्रक्रिया थालिएको बताए । ‘चुनावमा भाग लिन पाउने राजनीतिक दलको अधिकार सुनिश्चित गरिदिन संविधान र कानुनी व्यवस्थाअनुसारको आह्वान गरिएको छ,’ उनले भने, ‘कतिपय दलले प्रतिनिधिसभा निर्वाचनमा भाग नलिएका हुन सक्छन् ।
तर यतिबेला भाग लिन्छु भन्ने चाहना राखेका हुन सक्छन् । निर्धारित समयभित्र तिनले दल दर्ता गराएर राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाउने छन् ।’ उनले कानुन आउनासाथ कुनै पनि बेला राष्ट्रिय सभा निर्वाचनमा जानुपर्ने भएकाले त्यसको आवश्यक पूर्वतयारी थालिएको बताए । आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४८ बमोजिम हरेक चुनाव अगाडि दल दर्ता गराउनुपर्ने जनाएको छ ।
आयोगले स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपूर्व पनि दल दर्ताको आह्वान गरेको थियो । आयोगले निर्धारित गरेको मितिभित्र दर्ता गराएका राजनीतिक दलले मात्रै ती चुनावहरूमा भाग लिन पाएका थिए । आयोगका सहसचिव दिनेश घिमिरेले यसअघिका निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका दलले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन इच्छुक रहे पुन: दल दर्ता गराउनुपर्ने बताए ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: