Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

'त्यान्द्रो समातेर अल्झाउने काम अब चल्दैन' : अाेली

\"\"काठमाडौँ । वाम गठबन्धनका प्रमुख नेता नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन तोड्ने प्रयास भएको बताउँदै यसलाई टुट्न नदिने बताएका छन् । उनीहरूले अब मुलुक वाम गठबन्धनले हाँक्दै आर्थिक समृद्धितिर लैजाने उद्घोष गरेकाे समाचार अाजकाे कान्तिपुर दैनिकमा खवर छ । वाम गठबन्धन टुटाउन दाहाललाई ‘पाँच वर्ष प्रधानमन्त्री चलाउने’ अफर आएको ओलीले बताए । ‘वाम गठबन्धनको बहुमत आएको छ, यसलाई तोड्ने प्रयास भएका छन्, ती प्रयास काम लाग्दैनन्,’ एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित ‘नेपाल नवनिर्माण महाअभियान’ पुस्तक विमोचनमा शनिबार उनले भने, ‘उहाँ (दाहाल) लाई ५ वर्ष प्रधानमन्त्री दिने भन्ने कुरा माया गरेर भनेको हो ? देश बनाउन खोजेको हो ? होइन, यो बिथोल्न, बिगार्न आएको हो । जुन अब सम्भव छैन ।’ वामपन्थी गठबन्धनलाई राष्ट्रनिर्माणको अभिभारा आएकाले यो बिर्सेर आफूहरूले गलत बाटो नसमात्ने उनले प्रतिबद्धता गरे । ‘हामी थुप्रै अनुभवबाट आएका छौं, जनताले हामीलाई जुन हैसियत दिएका छन्, त्यो बिगारेर हामी गलत बाटो समात्छौं भन्ने सोच्नु गलत हो,’ ओलीले प्रदेश २ बाहेक अन्यत्र सबैमा वामपन्थी सरकार बन्ने भएकाले आर्थिक समृद्धि र विकासका काम अघि बढाउनसमेत सहज हुने दाबी गरे । निर्वाचन परिणामपछि पनि वर्तमान सरकारले सत्ता छाड्न नमानेको ओलीले आरोप लगाए । ‘बहुमत गुमिसकेपछि पनि केही मान्छे नियुक्ति, पैसा बाँड्नेजस्ता खेलमा लाग्नु हुँदैन, छाडिदिनुपर्छ,’ उनले विगतमा पनि कांग्रेसले सत्ता छोड्न आनाकानी गरेको उदाहरण दिँदै भने, ‘२०६४ को चैतमा चुनाव भएको थियो, माओवादीले अत्यधिक मत ल्यायो तर साउन १९ गते प्रधानमन्त्री छानियो, यसो भन्यो त्यसो भन्यो, त्यान्द्रो समातेर अल्झायो ।’ उनले ०७० को चुनावमा कांग्रेस पहिलो दल बनेपछि उसको नेतृत्वमा सरकार बनाउन आफूहरूले पहल गरेको र आफ्नो सरकार ढाल्ने बेला पनि नयाँ सरकार गठनका लागि संविधानमा रहेको अवरोध बाधा/अडकाउबाट खोलिदिएको दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि अब वाम गठबन्धनले एकताबद्ध भएर मुलुक चलाउने बताए । उनले गठबन्धन बिगार्ने प्रयास असफल हुने उल्लेख गर्दै जनताले दिएको मतको सम्मान गरेर अघि बढ्ने धारणा राखे । ‘हामीले स्थायित्व दिन सक्यौं र संस्थागत भ्रष्टाचार निर्मूल गर्न सक्यौं भने ठूलो कुरा हुन्छ,’ अध्यक्ष दाहालले भने, ‘त्यो गर्न सकिएन भने मुलुक फेरि अप्ठेरोमा जान्छ ।’ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा संविधान जारी भइसकेकाले अबको मुख्य ध्यान समृद्धिमा केन्द्रित हुनुपर्ने बताए । पौडेलले राजनीतिक कुरा बोलेनन् । गौतमको किताबमाथि केन्द्रित टिप्पणीमै उनले समय खर्चिए । गौतमको किताबमा विकासका महत्त्वाकांक्षी योजना रहेकाले त्यसलाई पूरा गर्न सके मुलुक समृद्ध बन्न सक्ने पौडेलको धारणा थियो । किताबमा केही ऐतिहासिक घटनाक्रमको उचित मूल्यांकन हुन नसकेको उनले टिप्पणी गरे । राजा महेन्द्रको कुरा गरिरहँदा कांग्रेसका बीपी कोइराला र ०४६ सालको आन्दोलनमा गणेशमान सिंहको भूमिकालगायत विषयमा लेख्न कन्जुस्याइँ गरिएको उनको भनाइ थियो । माओवादी अध्यक्ष दाहालले पनि गौतमको पुस्तक समग्रमा राम्रो भए पनि केही घटनाक्रमलाई अत्यन्तै कम महत्त्व दिइएको टिप्पणी गरे । ‘१२ बँुदे सहमतिदेखि अहिलेसम्म आउँदा हामीले धेरै गरेका छौं र ती सम्पूर्ण काममा वामदेवजी पनि लाग्नुभएको हो,’ दाहालले भने, ‘तर पुस्तकमा असाध्य कम चर्चा छ, मानौं केही भएकै छैनजस्तो । पुस्तकका लेखक गौतमले ०६७ सालबाट लेख्न थालेर विज्ञ–विशेषज्ञहरूको समेत सल्लाहमा पुस्तक तयार पारेको जानकारी दिए । पुस्तकमा इतिहासका विभिन्न घटनाक्रमदेखि आर्थिक समृद्धिका लागि भावी दिनमा कस्तो अभियान कुन–कुन क्षेत्रमा चलाउने भन्ने तथ्यांकसहितको विश्लेषण छ । उपराष्ट्रपति नन्दबहादुर पुनले पुस्तक विमोचन गरेका थिए भने कार्यक्रममा पुस्तकमाथि युवराज संगौला, मोदनाथ प्रश्रित र सूर्यराज आचार्यले टिप्पणी गरेका थिए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy