Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

अन्ततः पद्‍मावतीलाई प्रदर्शन अनुमति

\"\"भारत । भारतमा महिनौंसम्म चलेको विवाद, विरोध प्रदर्शन, राजनीतिक टीकाटिप्पणी र प्रदर्शन गर्ने मिति सारेपछि अन्ततः सञ्जय लीला भंसालीद्वारा निर्देशित चलचित्र पद्‍मावतीले सेन्सर बोर्डबाट अनुमति पाएको छ । समाचार संस्था पीटीआइका अनुसार सेन्सर बोर्डले नाम परिवर्तन गरेर पद्‍मावत राख्न सुझाव दिएको छ । सेन्सर बोर्डले चलचित्रका केही दृश्यहरु हटाउन आदेश पनि दिएको छ । तर सो चलचित्रसँग सम्बन्धित विवाद सकिएको छैन ।

उक्त चलचित्रको विरोध गर्दै आएको करणी सेनाले सेन्सर बोर्डको आदेशपछि पनि खुशी देखिएको छैन । करणी सेनाका संरक्षक लोकेन्द्र सिंह कावलीले भनेका छन्- पद्‍मावतीको वंशज र राजपरिवारसँग सम्बन्धित अन्य ६ जनालाई पनि सेन्सर बोर्डले उक्त चलचित्र देखाएको छ, उनीहरुको राय लिएर मात्रै करणी सेनाले भावी कदम चाल्नेछ । ६ जनामध्ये तीनजनाले सो चलचित्रमाथि रोक लगाउन सिफारिस गरेको आफूले जानकारी पाएको कावलीले बताए । उनले भने, \"रोक लगाउन सिफारिस गर्नेमा पूर्व राजपरिवारका अरविन्द सिंह, इतिहासकार चन्द्रमणि सिंह र के के सिंह छन्, मैले तीनजनासँगै कुरा गरेको छु र सबैले रोक लगाउनुपर्ने सुझाव दिएका छन् ।\" सेन्सर बोर्डको निर्णयपछि सामाजिक सञ्जालमा पनि उक्त विषयले निकै चर्चा पाएको छ । ट्वीटर प्रयोगकर्ताले सेन्सर बोर्डको प्रस्तावमाथि प्रश्न उठाएका छन् । पद्‍मावती चलचित्रको पोस्टरको एउटा नक्कली तस्वीर ट्वीटरमा चर्चित भएको छ । त्यसमा दीपिकाको तस्वीरको सट्टा रनवीर सिंहको तस्वीर राखिएको छ । भायकम १८ मोशन पिक्चर्सद्वारा निर्मित उक्त चलचित्रलाई दिएर पछिल्लो समय निकै विवाद भइरहेको छ । पूर्वनिर्धारित तालिका अनुसार यही डिसेम्बर १० तारिखमा उक्त चलचित्र प्रदर्शन हुने तय भएको थियो तर बोर्डलाई पठाइएको निवेदनमा प्राविधिक त्रुटि भएको भन्दै सेन्सर बोर्डले फिर्ता पठाएको थियो । प्रदर्शनकारीहरुले उक्त चलचित्रमा महारानी पद्‍मावतीसँग सम्बन्धित ऐतिहासिक तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गर्दै आएका छन् । निर्देशक भंसालीले जारी विवादबारे स्पष्टीकरण दिँदै भनेका छन्, \"म रानी पद्‍मावतीको कहानीबाट सधैँ प्रभावित रहिआएको छु, यो चलचित्र उनको वीरता र बलिदानप्रति नमन गर्दछ ।\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending