Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रचण्डले बाँडे भूकम्पपीडितलाई राहत

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय टोलीले ललितपुर जिल्लाको हरिसिद्धिमा राहत वितरण गरेर क्षतिग्रस्त स्थलहरुको निरीक्षण गरिरहेकाे छ। महाभूकम्प– ७०७२ द्वारा आहत भएका नागरिकलाई राहत वितरणका निम्ति अध्यक्ष प्रचण्ड शनिबार अपराह्न हरिसिद्धि उपमहानगरपालिका– २९ मा पुगेका हुन् । वितरणस्थलबाट खबरडबलीकर्मी सुदीप विश्वकर्माले दिएको जानकारीअनुसार प्रचण्डले त्यस क्षेत्रका भूकम्पपीडितहरुलाई सय बोरा चामल, ९० वटा स्लिपिङ ब्याग, ५ सय लि. खानेतेल, ५ सय वटा त्रिपाललगायतका सामग्री वितरण गरे । भूकम्पद्वारा ठूलो जनधनको क्षति भएकोमा स्तब्धता दर्शाउँदै अध्यक्ष प्रचण्डले यस्तो विपतको घडीमा सरकारले आवश्यकता र सम्भाव्यताअनुरुपको तदारुकता देखाउन नसकेकोमा दुःख प्रकट गरे । अहिले बाँडिएका सामग्री खास राहत नभई तत्कालका निम्ति पीडितहरुको ज्यान जोगाउन न्यूनतम सहयोग मात्रै भएको उल्लेख गर्दै प्रचण्डले राहत, पुनर्स्थापना र जनजीवनमा छाएको त्रासदीको व्यवस्थित निरुपणका लागि आफूहरुले राज्यको माथिल्लो निकायलाई बारम्बार घच्घच्याइरहेको बताए । चरम मानवीय संकट छाइरहेको यसबेला पार्टीगत, विचारगत र समूहगत आग्रह–पूर्वाग्रह पूरै बिर्सेर सिंगै राष्ट्र एकजुट भई उद्धार, राहत र पुनर्स्थापनामा लाग्नुपर्ने बताउँदै अध्यक्ष प्रचण्डले आफू र आफ्नो पार्टीले सोहीअनुसार सबैलाई एकताबद्ध तुल्याएर देशकाे पीडामा मलमपट्टी गर्ने प्रयास गरिरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending