Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

भारतले ‘नाजायज फाइदा उठाएको’ मा विरोध प्रदर्शन

काठमाडौं, विनाशकारी महाभूकम्पका कारण नेपालमा उत्पन्न महाविपत्तिको नाजायज फाइदा उठाउँदै भारतले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको भन्दै शनिबार राजधानीमा विरोध प्रदर्शन गरियो । साताअघिको भूकम्पका पीडितहरुको उद्धार तथा राहतका निम्ति आएका भारतीय सेनाहरुले नेपालकाे एयरपाेर्टमा कब्जा जमाउनुका साथै हतियारसहित राजधानीमा निर्वाध हिँडडुल गरेर आतंक फैलाउने र चीनले गर्न चाहेकाे उद्धार र राहतमा राेक लगाउनेजस्ता कार्य गरेर सार्वभाैम मुलुकमाथि हस्तक्षेप गरेकोमा विरोध जनाउँदै चलचित्रकर्मी, नाटककार तथा युवासमूहले पुतलीसडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् । ३ः३० बजे सुरु भएको प्रदर्शन एक घन्टा चल्यो । त्रिभुवन विमानस्थलमा भारतीय सेनाका विमान पार्किङ गरिएकाले अन्तर्राष्ट्रिय दातृनिकायबाट प्राप्त सहयोग समेत काठमाडौंमा उतार्न नसकिएको भन्दै प्रदर्शनकारीहरुले विमानस्थलमा पार्किङ गरिराखिएका भारतीय सेनाका जहाज हटाउने माग गर्नुका साथै ‘भोकै मर्न तयार छौं स्वाभिमान गुमाउँदैनौं, भूकम्पपीडितलाई सहयोग गर्ने नाममा भइरहेको भारतीय हस्तक्षेप बन्द गरियोस्’ जस्ता मागहरु लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरे । सिनेनिर्देशक मोहन निरौला, माउन्ट फायर थिएटर ग्रुपका सुरज अधिकारीलगायतको नेतृत्वमा चलेको युवाहरुको विरोध प्रदर्शनलाई राजधानीका वासिन्दाले व्यापक समर्थन जनाए । महाविपत्तिको समय भएका कारण आफूहरुले सांकेतिक रुपमा मात्रै प्रदर्शन गरेर राष्ट्रियताकै खिल्ली उडाउने हर्कत तत्काल सच्याउन आग्रह गरेको उल्लेख गरे । यही शैलीमा खुलेआम भारतीय हस्तक्षेप जारी रहे आगामी दिनमा अरु सशक्त कार्यक्रमका साथ आफूहरु सडकमा आउन बाध्य हुने चेतावनी उनले दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending