Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

दूरदराजमा सेवा पुर्याउँदै चिनिया टाेली

काठमाडाैं, चिनियाँ चिकित्सकहरुको ७० सदस्यीय चेङ्दु सैनिक स्वास्थ्य टिमले महाभूकम्पमा घाइते भएका ६० नेपाली नागरिकको उपचार गरिसकेकाे समाचार प्राप्त भएकाे छ। सो टोलीले राजधानी ओर्लिएको ४८ घन्टामा ६ जनाको शल्यक्रिया गरिसकेको छ । नेपालमा कार्यरत विदेशी स्वास्थ्य टोलीमध्ये आफ्नै  ‘शल्यक्रिया कक्ष’ रहेको सो टोलीले नेपाली सेनासँग सहकार्य गरेर उपचार गरिरहेको छ । अस्पताल र घटनास्थलबाट उद्धार गरिएकाहरुलाई नेपाली सेनाले सिधै चिनियाँ स्वास्थ्य टोलीको शिविरमा ल्याउनेगरेको चेङ्दु सैनिक स्वास्थ्य टिमका निर्देशक ह्यु योङहेले जनाएका छन् । सो टोलीले भूकम्पका बेला तीन तला माथिबाट खसेर घुँडा खुस्किएका बोधराज घिमिरेको पहिलो शल्यक्रिया गरेको थियो । उनलाई अस्पतालबाट उक्त टोलीको शिविरमा लगिएको थियो । ‘घुँडा नै खुस्किएको अवस्थामा अस्पतालमा मेरो सामान्य प्राथमिक उपचार मात्रै भएको थियो’ घिमिरेले भने– ‘तर भाग्यले चिनियाँ सैनिक स्वास्थ्य टोलीले काम सुरु गर्नासाथ मलाई यहाँ ल्याइयो र राम्ररी उपचार सम्भव भयो ।’ चाइना डेलीले सम्प्रेषित गरेको जानकारीअनुसार नेपालमा ५० मेट्रिक टनभन्दा बढी औषधि ल्याएको उक्त टोलीले आफ्नो शिविरमा मात्र नभई ठाउँठाउँका टेन्टहरुमा गएर समेत औषधोउपचार गरिरहेको छ । उक्त टोलीले यहाँको रेडक्रस सोसाइटीले माग गरेअनुरुप चिनियाँ रेडक्रस सोसाइटीमार्फत बिहीबार २ हजार थान टेन्ट समेत प्रदान गरेको छ । ६ जना अट्ने सो टेन्ट एक परिवारका लागि उपयुक्त हुने टोलीले जनाएको छ । ‘फिलिपिन्सको सन् २०१३ को विपत्तिबाट सिकेर हामी जहाँ आवश्यक पर्छ त्यहीं काम गरिरहेका छौं’, नेपालमा खटिएको चिनियाँ रेडक्रस टिमका सदस्य चाइ वेनलाई उद्धृत गर्दै चाइना डेलीले उल्लेख गरेको छ– ‘काठमाडौंमा त दर्जनौं अन्तर्राष्ट्रिय उद्धारकर्मीहरुले काम गरिरहेका छन् त्यसैले हामीचाहिँ उपचारसेवाबाट वञ्चित दूरदराजमा पुगेर काम गरिरहेका छौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending