Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

भूकम्पका सम्पर्कबिहीन रोल्पाली खोज्दै रसुवामा टोली

रोल्पा, वैशाख १२ को महाभूकम्पमा परी घाइते भएका तथा हराएकाहरुको उद्धार तथा खोजीका लागि रोल्पाबाट एक टोली खोजी–अनुसन्धान कार्यमा लागेको छ । नेकपा माओवादीका जिल्ला सेक्रेटरी केशबहादुर बाँठा ‘सुवास’ को नेतृत्वमा खटिएको टोलीले शनिबार रसुवाको जलविद्युत् आयोजनाका ठेकेदार खगेन्द्र बुढासँग भेटघाट गरेको छ । कोरियन कम्पनीले काम गरिरहेको त्रिशुली ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने क्रममा रोल्पाका तथा विगतमा रोल्पा घर भइई हाल कपिलवस्तु, अर्घाखाँची तथा दाङ बस्दै आएका ३३ जना पुरिएको बताइएको छ । ठेकेदारले पुरिएकाहरुको उद्दार गर्न नसकिएको बताएका छन् । टोलिले काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी गाम– ३ रोल्पाकी कुमारी घर्ती र प्रहरी अस्पतालमा उपचार गराइरहेका कुमार घर्तीसँग पनि भेटघाट गरेको छ । भेटघाटका क्रममा सभासद गोकुल घर्तीको पनि उपस्थिति थियो । घाइते दुवै रसुवास्थित जलविद्युत् आयोजनामा काम गरिरहेका थिए । टोलीले विदेश जानका लागि काठमाडौंमा बसेका डुविडाँडा– ७ का दुर्गाबहादुर बस्नेत र नुवागाउँ– ५ का पूर्णबहादुर घर्तीको पनि भूकम्पका कारण ज्यान गएको विवरण प्राप्त गरेको छ । भूकम्पपीडितको खोजी टोलीले प्राप्त गरेको थप जानकारीअनुसार रोल्पाको होमा– ३ का एकै परिवारका कमल बुढा मगर, समीक्षा बुढामगर र बालक सरोइन बुढामगर पहिरोमा पुरिएर हराइरहेका छन् । पुरिएका अरु रोल्पालीहरुमा लिवाङ– ३ रेउघाका अर्जुन थापा मगर, समीर बुढा मगर, बुढागाउँ– ५ का मोतिराम बाँठा मगर, धनबहादुर नेपाली, बुढागाउँ– ४ का गमर ओली, गाम– १ की सीता परियार र निजकी छोरी नौमति परियार, गाम– ३ का जैमा बुढा मगर, गाम– ८ का गनवीर घर्ती मगर, करेटी– ३ का मिसन घर्ती मगर रहेका छन् । त्यसै गरि रोल्पा घर भै हाल विभिन्न स्थानमा वस्दै आएका लेखराज डांगी, मोहन भन्डारी, चित्र वहादुर पुन, दिपक राना मगर, हर्कमा पुन मगर, शुसिल शाहि ठकुरी, कमला राना, जितेन्द्र विक, सुनिल रोका मगर, सुमन राना, गमानसिं घर्ति मगर, रोजन पुन, टेक वहादुर रोका मगर, भिम वहादुर वुढा मगर, दिल वहादुर खड्का लगायत पहिरोमा पुरिएको खबर आएको छ । ठेकेदार र घाइतेहरु संगको समन्वय पश्चात टोलिले उक्त तथ्यांक टिपोट गरेको हो । उक्त क्षेत्रमा कोरियन टिम, नेपाली सेना लगायत स्थानिय वासीहरु पनि पुरिएको खबर छ । उद्दारका लागि हेलिकप्टरवाट पटक पटक प्रयास  गरिएपनि जटिल भौगोलिक अवस्थाका कारण उद्दार गर्न नसकेको ठेकेदार खगेन्द्र वुढाले वताएका छन । सभासद गोकुल घर्ति, ठेकेदार खगेन्द्र सहितको जिल्लाबाट गएाके खोजतलास टोलीले आज दिउसो रसुवाको भुकम्प प्रभावित क्षेत्रमा पुगेर खोजबिन गरेको छ । सभासद अमरसिं पुन सिन्धुपाल्चोकको प्रभावित क्षेत्रमा प्रस्थान गर्नु भएको छ । वांकि प्रभावितहरुको खोजिविन जारि रहेको खोजी टोलीले जानकारी दिएको छ । टोलिले रोल्पा क्षेत्र नं १ का सभासद कृष्ण वहादुर महरा, रोल्पा क्षेत्र नं २ का समानुपातिक तर्फका सभासद गोकुल घर्ति लाइ प्रत्यक्ष र सभासद ओनसरी घर्ति र अमर पुनलाइ फोन मार्फत कुराकानी गरेको छ । सभासद द्धयको व्यवस्तताका कारण फोन मार्फत कुराकानी गरेको हो । उहाँहरुको साथ लिएर खोजबिन गरीरहेको छ । टोलीमा नेकपा माओबादीका जिल्ला सेक्रेटरी केशबहादुर बाठाँ सुबास, गैर सरकारी संस्था महासंघ जिल्ला महासंघ रोल्पाका अध्यक्ष भोलानाथ आचार्य र नेपाल पत्रकार महासंघ रोल्पाका सदस्य हर्क घर्ति रहेका छन । टोलीले खोजतलासका क्रममा रोल्पालीहरुको बारेमा पत्ता लगाई काठमाण्डौं, सिन्धुपाल्चोक लगायत अन्य विभिन्न स्थानमा पुग्ने बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy