Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

बनेपावासीको आक्रोशः पीडितले सुगम स्थानमै राहत पाएनन्

बनेपा, काभ्रेपलाञ्चोक जिल्लाको सुगम स्थानमा पनि भूकम्पपीडितले राहत सामग्री पाउन सकेका छैनन् । बनेपा नगरपालिका र आसपासका गाविसका सुगम स्थानमा समेत राहत सामग्री नपुग्दा बनेपा नगरपालिका कार्यालयमा राहत माग्ने भूकम्पपीडितको भीड लागेको छ । तर बनेपा नगरपालिकाले राहत सामग्री पर्याप्त नहुँदा वितरणमा समस्या आएको बताएको छ । बनेपा नगरपालिका–६ निवासी टङ्क मानन्धरले बनेपाको पुरानो बजार, तीनधारा, सरस्वती बजारमा पीडित परिवारले आफ्नो घरमा ताला लगाएर आफन्तकहाँ वा खुलाचौरमा बसेको जानकारी दिँदै वास्तविक भूकम्पबाट पीडितलेसमेत राहत नपाएको बताए । उनले घर पूर्णरुपमा क्षति भएका र आंशिक रुपमा क्षति भएकाको परिभाषित गरेर राहत उपलब्ध गराउनुपर्ने कुरामा जोड दिँदै सरकारी निकायबाट पर्याप्तमात्रामा राहत नआउँदा समस्या देखिएको बताए । स्थानीय दीलिप श्रेष्ठले बनेपाका भित्री घरको अवस्थाबारे स्थानीय प्रशासन र प्रहरी बेखवर भएको उल्लेख गर्दै भूकम्पबाट पीडितको तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको आरोप लगाए । उनले गैरसरकारी संस्था वाइएमडीमार्फत केही खाद्यान्न र त्रिपाल वितरण भएकोसमेत जानकारी दिँदै पीडितले अहिलेसम्म सरकारी निकायबाट कुनै राहत नपाएको गुनासो गरे । बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरेश दाहालले माथिल्लो निकायबाट प्राप्त राहत सामग्री वितरण भएको तर पर्याप्तमात्रामा राहत सामग्री नआएकाले पीडितकहाँ पु¥याउन नसकिएको बताए । बनेपा नगरपालिकाका अनुसार नगरपालिका क्षेत्रभित्र २२० घर पूर्णरुपमा क्षति भएका छन् । अरु ४५० घर आंशिक रुपमा क्षति भएको प्रारम्भिक अनुमान छ । नगरपालिकाका लागि झन्डै ५०० त्रिपाल आवश्यक भएकामा १७० मात्रै वितरण भएको छ । अहिले जिल्लामा विभिन्न गैरसरकारी संस्था, धार्मिक संस्थाबाट प्राप्त भएका करिब पाँच हजारको हाराहारीमा मात्रै त्रिपाल तथा खाद्यान्न वितरण भएको छ । यसैबीच, काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आज जिल्लाको ज्याम्दी गाविसमा एक जनाको मृत्युभएपछि मृतकको सङ्ख्या ३१२ पुगेको छ । घटनामा परी ९०० को हाराहारीमा नागरिक घाइते भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy