Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

सिन्धुपाल्चोकमा राहत र उद्धार व्यवस्थित गर्न चार सहसचिव

काठमाडौँ, वैशाख १२ गतेको भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकमा सरकारले चार जना सहसचिव खटाएर उद्धार र राहतका कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्ने भएको छ ।

राहत र उद्धार कार्यलाई तीव्रता दिन क्षेत्र नं १ मा रामचन्द्र ढकाल, क्षेत्र नं २ मा महेन्द्र गुरागाईं र क्षेत्र नं ३ मा शङ्कर सुवेदीलाई खटाइएको छ । तीनैजना सहसचिवको कामलाई समन्वय गर्न स्थानीय विकास मन्त्रालयका सहसचिव वसन्त गौतम जिम्मेवारी लिई जिल्ला आएर काम सुरु गरेको सिन्धुपाल्चोकका स्थानीय विकास अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

दुईवटा नगरपालिका र ६८ वटा गाविस रहेको सिन्धुपाल्चोकमा रहेका ५५ हजार घरधुरीमध्ये ९८ प्रतिशत घर बस्नै नसकिने गरी ध्वस्त भएको तीनै जिल्लाका तीनै क्षेत्रलाई समन्वय गरिरहनुभएका सहसचिव गौतमले बताए ।

\'जिल्लामा अहिलेसम्म पाँच हजार पाल वितरण भए पनि विकटमा रहेका गाविसका बस्तीमा पुग्न सकेको छैन, एउटा बस्ती र अर्को बस्तीका बीचमा लामो दूरी भएकाले पाल पु¥याउन चुनौतीपूर्ण छ\'–उनले भने ।

जिल्लामा अहिलेसम्म तीन हजार ६५८ को मृत्यु भइसकेको छ भने ८०० व्यक्ति घाइते भएका छन् । उद्धार र राहतमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकले अभियान सुरु गरेको छ । यसका लागि विभिन्न सङ्घ संस्थालाई आह्वान गरिएको जिल्ला शाखा सभापति राजेन्द्रमान ताल्चाभँडेलले जानकारी दिए ।

\'जिल्लामा घाइते र भूकम्पपछि विभिन्न कारणले बिरामी पर्नेको सङ्ख्या बढ्न थालेकाले नर्वेजियन रेडक्रसको सहयोगमा चौतारा टुँडिखेलमा चार महिनाका लागि निःशुल्क अस्थायी अस्पताल सञ्चालन हुन लागेको छ\'–सभापति ताल्चाभँडेलले भने ।

जिल्लामा अहिलेसम्म ८९६ थान पाल रेडक्रसमार्फत वितरण भएको शाखाका मन्त्री कमलचरण कक्षपतिले बताए ।

\'जिल्लामा विश्व खाद्य कार्यक्रमबाट १५० टन चामल आएको छ, जिल्ला दैवी प्रकोप उद्धार समिति, जापानी ल्याङ्ग्वेज स्कुल एसोसिएसन, प्लान नेपाल, नेपाल ग्रामीण पुनःनिर्माण संस्था (आरआरएन), सेभ द चिल्ड्रेन र सिन्धु–चौतारा भूकम्पपीडित सहयोग समितिलगायतका संस्थाले रेडक्रसको समन्वयमा राहत र उद्धारमा योगदान गरिरहेका छन्\'–उनले भने ।

रेडक्रसले जिल्लाका १७ वटा उपशाखालाई परिचालन गरी स्वयम्सेवक खटाएर गाउँ गाउँमा राहत र उद्धारका काम गर्न लागेको छ । जिल्लामा स्वयम्सेवकको कमी भएपछि आज रेडक्रसको केन्द्रीय कार्यालयबाट स्वयम्सेवक जान लागेका छन् ।

वैशाख १२ गते शनिबार भूकम्प गएपछि अवरुद्ध रहेको जिल्लाको बिजुली आठ दिनपछि १९ गते शनिबार जिल्ला अस्पताल र नेपाल टेलिकमको कार्यालय क्षेत्रमा मात्र छोडिएको छ । जिल्ला अस्पतालका सबै बिरामीको आजसम्म पनि चौतारा टुँडिखेलमै उपचार हुँदै गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: