Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

रिपब्लिकन पार्टीका नेताले यौन दुर्व्यवहारको आरोपपछि दिए राजीनामा

\"\"अमेरिका । लास भेगस स्थित क्यासिनोका मालिक स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन् ।

यौन दुर्व्यवहारको आरोपपछि राष्ट्रपति ट्रम्पका निकट मित्र रहेका विनको राजीनामा आएको हो । अर्बपति क्यासिनो मालिक तथा राष्ट्रपति ट्रम्पका मित्र स्टिभ विनलाई दर्जनौँ महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ । वाल स्ट्रिट जर्नलमा छापिएको एउटा समाचार अनुसार एउटा त्यस्तो विवाद सल्टाउन उनले कैयौं लाख डलर तिरेका थिए । स्टिभ विनको लास भेगस र मकाउमा क्यासिनोहरू रहेका छन् र उनको सम्पत्ति अर्बौ डलरमा रहेको बताइन्छ । वाल स्ट्रिट जर्नलमा छापिएको एउटा लेखमा दर्जनौं पूर्व र बहलवाला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएपछि उनले राजीनामा दिने निर्णय लिएका हुन् । उक्त लेखमा विनले महिला कर्मचारीलाई यौन गतिविधिमा संलग्न गराएको र महिलालाई काम गर्न असुरक्षित वातावरण बनाएको आरोप लगाइएको छ । हात र नङको सुन्दरता सम्बन्धी काम गर्ने एक पूर्व कर्मचारीलाई उनले ७५ लाख डलर तिरेर एउटा यौन दुर्व्यवहार सम्बन्धी विवाद टुङ्गो लगाएको पनि उक्त लेखमा दाबी गरिएको छ । तर ती आरोपहरू अपमानजनक भएको भन्दै उनले सम्बन्धविच्छेद फर्छ्यौटलाई लिएर उत्पन्न विवादका माझ आफ्नी श्रीमतीले त्यसलाई उचालिरहेको आरोप लगाएका छन् । विन संस्थापक, अध्यक्ष र प्रुमख कार्यकारी रहेको विन रिजोर्टस् लमिटेडले ती आरोपहरूबारे जाँच गर्न एउटा समिति गठन गरेको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट मित्र हुन् र रिपब्लिकन पार्टीको उक्त पदका लागि ट्रम्पले नै उनलाई चयन गरेका थिए । ट्रम्पसँग छलफल गरेरमात्र विनको राजीनामा स्वीकृत गरिएको बताइएको छ । अघिल्लो हप्ता स्टिभ विनले ट्रम्पको फ्लोरिडास्थित बिदा मनाउने स्थान मार अ लागोमा एउटा आर्थिक सहायता संकलनको कार्यक्रम आयोजना गर्न सघाएका थिए । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending