Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

काभ्रेमा मृतकका परिवारलाई एक करोडभन्दा बढी राहत वितरण

बनेपा, भूकम्पका कारण काभ्रेपलाञ्चोक जिल्लामा मृत्यु भएका परिवारलाई रु एक करोड २२ लाख ४० हजार वितरण गरिएको छ ।

भूकम्पबाट बढी प्रभावित भएका पाँचखाल नगरपालिका, गौरीविसौना देउपुर, बनेपा नगरपालिका, धुलिखेल नगरपालिका, कासीखण्ड नगरपालिका, कुशादेवी, विर्तादेउराली गाविसलगायत विभिन्न गाविसमा रु ४० हजारका दरले प्रतिव्यक्ति किरिया खर्च वितरण भएको जिल्ला प्रसासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन गुरागाईंले अझै पनि आर्थिक सहयोग वितरण कार्य जारी रहेको उल्लेख गर्दै सुरक्षाकर्मी सहितको स्थानीय प्रशासनको टोलीले गाउँगाउँ पुगेर सो रकम वितरण गरेको बताए ।

प्राप्त भएको आर्थिक सहयोग वितरण गरिरहेका छौँ तर रु एक लाख दिने रकम आएको छैन, सहायक प्रजिअ गुरागाईंले भने।

उनले बाहिरी जिल्लाका मृतकको नाता प्रमाणित गर्न केही कठिनाइ भएको जानकारी दिँदै अहिलेसम्म ३०६ जना मृतकका आफन्तलाई आर्थिक सहयोग वितरण भएको जानकारी दिए ।

सहायक प्रजिअ गुरागाईंले भूकम्पबाट पीडित परिवारलाई राहत उपलब्ध गराउन राहत सामग्री कम भएको जानकारी दिँदै जिल्लामा जिल्ला विकास समिति र जिल्ला वन कार्यालय काभ्रेपलाञ्चोकको कार्यालय क्षतिग्रस्त भएको र त्यसका लागि भवन डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका इन्जिनियर परिचालन भएको बताए ।

नेपाल रेडक्रसले जिल्लामा पूर्णरुपमा क्षति भएका र आंशिक रुपमा क्षति भएका घरको प्रारम्भिक लगत लिने कार्य सुरु गरेको उल्लेख गर्दै उहाँले अहिलेसम्म करिब ९० प्रतिशत घरमा क्षति भएको अनुमान छ भने । यसैबीच, काभ्रेपलाञ्चोकको चण्डेनी गाविस– २ मा भूकम्पका कारण राहत सामग्री र खाद्य सामग्रीको पर्खाइमा बसेका माझी समुदायलाई खाद्य सामग्री वितरण गरिएको छ । उनीहरुलाई बौद्ध व्यापार सङ्घ काठमाडौँले ५० बोरा चिउरा, १५ बोरा चामल, ३५ कार्टुन चाउचाउ, एक कार्टुन बिस्कुट, ४० प्याकेट नुन, मास्क ५०० वटा, दालमोठ १५० प्याकेट वितरण भएको सङ्घका सचिव साधुराम बाँस्कोटाले जानकारी दिए ।

उनले डा भरत पौडेलसहितको चिकित्सक टोलीले करिब १०० जना भूकम्पपीडितलाई उपचार गरेको समेत उल्लेख गरे।

वितरणका लागि त्रिपाल खोजेका थियौँ तर पाउन सकेनौँ, उनले भने । सचिव बाँस्कोटाले दूधे बालकदेखिका बालबालिकालाई १० थान भोटो, दौरा, सुरुवाल समेत वितरण भएको बताए । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies