Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

रिबन काट्दाकाट्दै भत्कियो ६५ लाखको पक्की विद्यालय भवन

चरिकोट, सन् २००३ मा अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गयो । सोही हिमपहिरो जाँदा लक्जेमवर्गका नागरिक जर्जले लगेका गौरीशङ्कर–३ का दुई व्यक्ति भरिया लाक्पा शेर्पा र कुक गुणा शेर्पाले ज्यानको बाजी राखेर उनलाई बचाएका थिए । हिम पहिरोमा बचाएका कारण भरिया र कुकलाई जर्जले के चाहन्छौ भनेर सोध्दा गाउँमा विद्यालय भवनको आवश्यकता छ भने । त्यसैको फलस्वरुप पछि जर्जले उपहारको रुपमा सिमिगाउँमा विद्यालय भवन निर्माण गर्न लगाएका थिए । विदेशी नागरिक जर्जले आफ्नो कुक गुणालाई भगवानका रुपमा मान्दा रहेछन् । विदेशी दातासहित गाउँमा पक्की विद्यालय भवनको उद्घाटन हुने खुसियालीमा पूरै गाउँ उक्त समारोहमा ओइरिएको थियो । विद्यालय भवन उद्घाटन गर्न लक्जेमवर्गका दाता जर्ज, क्षेत्र नं १ का सभासद् पार्वत गुरुङ, जिविसका सामाजिक विकास अधिकृत नारायण सेढाईं र सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्मा संयुक्त रिबन काट्नै लाग्दा आयो विनाशकारी भूकम्प । ‘दाता जर्जसहित अतिथिकै आँखा अगाडि ढल्यो रु ६५ लाखको नवनिर्मित भवन’ दोलखाको उत्तरी गौरीशङ्कर–३, सिमिगाउँका आङदोर्जे शेर्पाले भने । रिबन काट्ने अतिथि विवादका बीच चार जनाले संयुक्त रिबन काटी उद्घाटन गर्ने सहमतिमा पुग्न ढिला हुँदा विदेशी दाताले बनाई दिएको भवन उद्घाट हुन नपाउँदै भत्कियो अर्का स्थानीय कोछिरी शेर्पाले बताए । ‘विद्यालयको भौतिक संरचना थपिँदा खुसी थियौँ । भवनकै कारण झन्डै मरेनौँ’ सहायक जिशिअ माधवप्रसाद शर्माले अनुभव भने । “अब त अन्य भौतिक संरचना पनि ध्वस्त भयो कसरी पठनपाठन सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता छ ।” उनले दुखेसो पोखे । दोलखा सिन्धु कन्स्ट्रक्सनका गोकर्ण जोशी, लाक्पा शेर्पा र मेघराज शाहीले निर्माण गरेको सिमिगाउँ प्राविको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन कार्यक्रममा लक्जेमवर्गका २५ अन्य पर्यटक पनि उपस्थित भएका थिए । जर्जले भने भरिया र कुकको सपना अधुरो रहेकोमा दुखेसो गरे । जर्ज भन्छन् भरिया र कुकले काठमाडौँमा घर माग्लान् भनेको गाउँमा विद्यालय मागे । एक सय ३१ घरधुरी रहेको गौरीशङ्कर–२, ३, ४ का ४२ विद्यार्थीका लागि बनेको भवन निर्माणको नेतृत्व म्याकफड नेपाल भन्ने गैरसरकारी संस्थाले गरेको थियो । म्याकफड नेपालका प्रतिनिधि वसन्त पण्डितले भने – ‘हेर्दा राम्रो भवन थियो, आँखै अगाडि भत्कियो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy