Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

रिबन काट्दाकाट्दै भत्कियो ६५ लाखको पक्की विद्यालय भवन

चरिकोट, सन् २००३ मा अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गयो । सोही हिमपहिरो जाँदा लक्जेमवर्गका नागरिक जर्जले लगेका गौरीशङ्कर–३ का दुई व्यक्ति भरिया लाक्पा शेर्पा र कुक गुणा शेर्पाले ज्यानको बाजी राखेर उनलाई बचाएका थिए । हिम पहिरोमा बचाएका कारण भरिया र कुकलाई जर्जले के चाहन्छौ भनेर सोध्दा गाउँमा विद्यालय भवनको आवश्यकता छ भने । त्यसैको फलस्वरुप पछि जर्जले उपहारको रुपमा सिमिगाउँमा विद्यालय भवन निर्माण गर्न लगाएका थिए । विदेशी नागरिक जर्जले आफ्नो कुक गुणालाई भगवानका रुपमा मान्दा रहेछन् । विदेशी दातासहित गाउँमा पक्की विद्यालय भवनको उद्घाटन हुने खुसियालीमा पूरै गाउँ उक्त समारोहमा ओइरिएको थियो । विद्यालय भवन उद्घाटन गर्न लक्जेमवर्गका दाता जर्ज, क्षेत्र नं १ का सभासद् पार्वत गुरुङ, जिविसका सामाजिक विकास अधिकृत नारायण सेढाईं र सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्मा संयुक्त रिबन काट्नै लाग्दा आयो विनाशकारी भूकम्प । ‘दाता जर्जसहित अतिथिकै आँखा अगाडि ढल्यो रु ६५ लाखको नवनिर्मित भवन’ दोलखाको उत्तरी गौरीशङ्कर–३, सिमिगाउँका आङदोर्जे शेर्पाले भने । रिबन काट्ने अतिथि विवादका बीच चार जनाले संयुक्त रिबन काटी उद्घाटन गर्ने सहमतिमा पुग्न ढिला हुँदा विदेशी दाताले बनाई दिएको भवन उद्घाट हुन नपाउँदै भत्कियो अर्का स्थानीय कोछिरी शेर्पाले बताए । ‘विद्यालयको भौतिक संरचना थपिँदा खुसी थियौँ । भवनकै कारण झन्डै मरेनौँ’ सहायक जिशिअ माधवप्रसाद शर्माले अनुभव भने । “अब त अन्य भौतिक संरचना पनि ध्वस्त भयो कसरी पठनपाठन सञ्चालन गर्ने भन्ने ठूलो चिन्ता छ ।” उनले दुखेसो पोखे । दोलखा सिन्धु कन्स्ट्रक्सनका गोकर्ण जोशी, लाक्पा शेर्पा र मेघराज शाहीले निर्माण गरेको सिमिगाउँ प्राविको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन कार्यक्रममा लक्जेमवर्गका २५ अन्य पर्यटक पनि उपस्थित भएका थिए । जर्जले भने भरिया र कुकको सपना अधुरो रहेकोमा दुखेसो गरे । जर्ज भन्छन् भरिया र कुकले काठमाडौँमा घर माग्लान् भनेको गाउँमा विद्यालय मागे । एक सय ३१ घरधुरी रहेको गौरीशङ्कर–२, ३, ४ का ४२ विद्यार्थीका लागि बनेको भवन निर्माणको नेतृत्व म्याकफड नेपाल भन्ने गैरसरकारी संस्थाले गरेको थियो । म्याकफड नेपालका प्रतिनिधि वसन्त पण्डितले भने – ‘हेर्दा राम्रो भवन थियो, आँखै अगाडि भत्कियो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending