Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

भारतको अर्को दादागिरि : ३५ वटा ट्रक बिना चेकजाँच नेपाल भित्रिए

बिर्तामोड, भारतको पश्चिम बङ्गाल राज्य सरकारले भूकम्पपीडित नागरिकका लागि राहतका नाममा पठाएका ट्रकहरु बिना चेकजाँच नेपाल प्रवेश गराइएको छ । सोमबार भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले नेपालका शहरी विकास मन्त्री डा. नारायण खड्कालाई एक कार्यक्रमका गरी मेची पुलमा राहत सामाग्री भन्दै मालबाहक ३५ वटा भारतीय नम्बर प्लेटका ट्रकहरु हस्तान्तरण गरेकी हुन् । बनर्जीले १ लाख त्रिपाल, ६ हजार थान कम्बल र तयारी खाद्यान्न रहेको भन्दै ती ट्रकहरु नेपाल प्रवेश गराएकी थिइन् । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेका काठमाडौं, गोरखा, सिन्धुपाल्चोक, काभ्रे र धादिङ जिल्लाका भूकम्प पीडितहरुका लागि उक्त राहत प्रदान गर्ने बताइए पनि ती ट्रकहरुमा के–कस्ता सामग्री रहेको छ भनेर सुरक्षा निकायबाट हेर्ने काम नहुँदा अवैध सामग्रीसमेत भित्र्याइएको हुन सक्ने आशंका गरिएको छ । बनर्जीले डब्लु बि ७६–७०८२, ए यस १७– ८८७, डब्लु बि ३ ए– ४७२३, डब्लु बि ३९–९४३८, डब्लु बि १९– ५४०५, डब्लु बि ६५–५६७३, डब्लु बि २–१९९१, डब्लु बि ६५–८२१५, डब्लु बि ६५– ५२४१, डब्लु बि ५९ ए–६२३२, डब्लु जि आर–१७९७, डब्लु जि वाइ–६३७७, डब्लु बि ६५–०१८५, डब्लु बि ६५–३१२३, डब्लु बि ६५–११२७, डब्लु जि वाई–९२१८, डब्लु बि ६५–७९८६,डब्लु बि ६५–१२९०, डब्लु बि ६५–६९५० लगायतको नम्वर प्लेट भएका ट्रकहरु मेचि भन्सारवाट प्रवेश गराएकी थिइन् । दर्जनौँ भारतीय सुरक्षाकर्मीका साथमा आएकी वनर्जी २० मिनेटको संवोधनमा मुख्यमन्त्री बनर्जीले नेपाल र भारतबीच रहिआएको नङ मासुको सम्बन्धका कारण नेपालीलाई परेको दैवी प्रकोपको दुःखमा साथ दिन उक्त राहत प्रदान गरेको बताइन् । यता नेपालका शहरी विकासमन्त्री खड्काले पीडाको अवस्थामा पश्चिम बंगाल सरकारले पु¥याएको राहत सहयोगले भूकम्प पीडितको पीडामा मलम लगाएको बताए । बिना चेकजाच नै प्रवेश गराइएको विषयमा जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत राजु दाहालले दुई देश बिचको मामिला भएकाले सरकारको नेतृत्व कै जिम्मेवारी भएको बताए । हस्तान्तरण कार्यक्रमममा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेल, दार्जिलिङका जिल्ला प्रशासन प्रमुख पुनित यादव, गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन (जिटीए) सदस्य तिलकचन रोक्का, जिल्ला दैवीप्रकोप उद्धार समितिका प्रतिनिधि, पश्चिम बंगाल सरकारी पदाधिकारीको सहभागिता रहेको थियो । पश्चिम बंगालबाट नेपाललाई उपलब्ध गराईएको ३५ वटा ट्रकका संचालकलाई जिल्ला प्रशासन कार्यालय झापाले चार आलीबाट खादा ओढाएर बिदाई गरेका थिए । प्रशासनले प्रहरी सहित ती ट्रकहरु प्रभावित क्षेत्रतर्फ पठाइएको बताएको छ । बनर्जी नेपाल आउने भएपछी काकडभिट्टामा बिहान १० वजेबाट बेलुकी साढे चार बजेसम्म सवारी साधन चलाउन बन्द मात्र गरिएन रिक्सा र पैदलयात्रीलाई समेत आवत जावतमा रोक लगाइएको थियो । हस्तान्तरण कार्यक्रमम स्थलमा ६ दर्जन बढी भारतीय पत्रकारहरुले भरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy