Khabar Dabali १३ बैशाख २०८३ आईतवार | 26th April, 2026 Sun

रित्तियो सगरमाथाको आधारशिविर

सोलुखुम्ब, विनाशकारी भूकम्पसँगै गएको हिमपहिरोले सगरमाथाको आधारशिविर रित्तिएको छ । सगरमाथा आरोहणका लागि ४२ समूहले अनुमति लिएको भए पनि प्रतिकूल मौसम र बाटो बिग्रिएका कारण अधिकांश आरोहीले आरोहण दल रद्द गरी आधारशिविर छाडेपछि सगरमाथाको आधारशिविर रित्तिएको हो । आधारशिविरमा अहिले भारतीय सेनाको आरोहण दल मात्र रहेको र उनीहरुले हिमपहिरोपछि प्रदूषित बनेको आधारशिविरको सरसफाइ गरिरहेको आरोहणमा सहभागी आङफुला शेर्पाले जानकारी दिए । ‘अरु सबै फर्किसके अब बाँकी रहेका भारतीय सेनाका समूहले सरसफाइ र फोहर मैलाको व्यवस्थापन गरिरहेको छ’, उनले भने । हिमपहिरोपछि क्याम्प १ देखि क्याम्प २ सम्मको सबै भ¥याङ भत्किएका छन् भने बाटो बिग्रिएको छ । बाटो बिग्रिएका कारण दुईवटै क्याम्पमा अलपत्र परेका आरोहीलाई हेलिकप्टरमार्फत आधारशिविर झारिएको थियो । यता बाटो निर्माणको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समितिले बाटो बनाउने प्रयास गरे पनि सोभन्दा माथिको बाटो निर्माणका लागि अर्को एक्सपिडिसन टोलीले बाटो निर्माण गर्नुपर्ने प्रावधान भए पनि उनीहरु कोही पनि सम्पर्कमा नआएकाले बाटो अलपत्र अवस्थामा रहेको एसपिसिसीका महासचिव लाक्पागेलजेन शेर्पाले बताए । उनले भने– ‘आरोही नै नभएपछि बाटो बनाउनुको अर्थ रहेन ।’ आइसफल डाक्टर त तयारी अवस्थामा छन् फेरि थप्दै भने, ‘आधारशिविरमा रहेको एउटा आरोहणदल पनि फर्केपछि यो सिजनको आरोहण पनि अनिश्चित नै बनेको छ ।’ यसैबीच विनाशकारी भूकम्पपछि गएको हिमपहिरोमा १४ नेपाली र चार विदेशी गरी १८ जनाले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते भएका थिए । प्राकृतिक विपत्तिसँगै सगरमाथा आरोहण असुरक्षित बन्दै गएकोमा आरोहीले चिन्ता व्यक्त गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending