प्रदेश ७ मा बन्यो ७ सदस्यीय मन्त्रिपरिषद्, आज पदभार ग्रहण
फाल्गुन ६ गते, २०७४ आइतवार 18th February, 2018 Sun०८:४१:५१ मा प्रकाशित
काठमाडाै ।प्रदेश ७ मा सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसहित ६ मन्त्रीले शनिबार प्रदेश प्रमुख मोहनराज मल्लबाट शपथ लिएका छन् । सात सदस्यीय प्रदेश सरकारमा माओवादीले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालय पाएको छ ।
अाजकाे नयाँ पत्रिकामा खबर छ- माओवादीबाट झपट बोहरा आर्थिक मामिला तथा योजनामन्त्री र बिनिता चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी छिन् । बोहरा अछाम र चौधरी कैलालीबाट प्रदेश सभा सदस्य हुन् ।
त्यस्तै, एमालेबाट प्रकाश शाह आन्तरिक मामिला तथा कानुनमन्त्री, पठानसिंह बोहरा भौतिक तथा पूर्वाधारमन्त्री, दीर्घ सोडारी सामाजिक विकासमन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् । शाह अछाम, बोहरा डडेल्धुरा, सोडारी कैलाली र भट्ट बैतडीबाट सांसद हुन् ।
शपथग्रहण समारोह दिउँसो ३ बजेका लागि तय गरिएको भए पनि एमालेभित्र मन्त्री चयनमा ढिलाइ हुँदा दुई घन्टापछि सारिएको थियो । दुवै दलले शनिबार नै मन्त्रीको टुंगो लगाएका थिए । शपथग्रहणपछि मुख्यमन्त्री र मन्त्रीहरूले धनगढी चटकपुरस्थित सहिदगेटमा रहेको सालिकमा माल्यार्पण गरे । उनीहरूले आइतबार पदभार ग्रहण गर्नेछन् ।
शपथग्रहण समारोहमा पूर्वमन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रिय सभा सांसद, प्रदेश सांसद, राजनीतिक दलका नेता, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका उच्च अधिकारीलगायतको सहभागिता थियो ।
आज पदभार ग्रहण
आइतबार बिहान ९ बजे मुख्यमन्त्री भट्टले धनगढी रातोपुलस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्ने कार्यक्रम छ । त्यसलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक बस्ने तयारी रहेको मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले बताए । मन्त्रिपरिषद् बैठकपछि मात्रै अन्य मन्त्रीको पदभार ग्रहणको कार्यक्रम राखिएको छ ।
पहिलो बैठकले मन्त्रिपरिषद्लाई क्रियाशील बनाउन आवश्यक सार्वजनिक लिखत प्रमाणीकरण नियमावली, प्रदेश सरकारको कार्यविभाजन नियमावली र प्रदेश सरकारको कार्यसम्पादन नियमावली पारित गर्नेछ । नियमावलीको मस्यौदा तयारीको काम सम्पन्न भइसकेको मन्त्रिपरिषद् कार्यालयका सचिव कँडेलले जानकारी दिए ।
एमाले संसदीय दलको नेतामा शाह
प्रदेश ७ को एमाले संसदीय दलको नेतामा प्रकाश शाह चयन भएका छन् । शनिबार बसेको एमाले संसदीय दलको बैठकले बाजुराका सांसद शाहलाई सर्वसम्मत चयन गरेको हो ।आकांक्षी धेरै भएपछि एमालेले नेता चयनको जिम्मा प्रदेश इन्चार्ज भीम रावललाई दिएको थियो ।
रावलकै उपस्थितिमा बसेको संसदीय दलको बैठकले शाहलाई नेता चयन गरेको हो । एमाले वैकल्पिक केन्द्रीय सदस्य शाहसहित दीर्घ सोडारी, पठानसिंह बोहरा, लीलाधर भट्ट दाबेदार रहेका थिए ।
उपसभामुखमा जोशी निर्विरोध
प्रदेश सभाको उपसभामुखमा वाम गठबन्धनबाट माओवादी नेत्री निर्मला बडाल निर्विरोध निर्वाचित भएकी छिन् । आइतबार बस्ने प्रदेश सभा बैठकले उनी निर्वाचित भएको घोषणा गर्नेछ ।
उपसभामुखमा एउटा मात्रै उम्मेदवारी परेको बताउँदै संसद् सचिवालयका उपसचिव झलक शर्मा सापकोटाले भने, ‘जोशीको मात्रै उम्मेदवारी परेकाले उहाँ निर्विरोध हुनुहुन्छ । औपचारिक घोषणा संसद् बैठकले गर्नेछ ।’ उनी समानुपातिकतर्फबाट सांसद भएकी हुन् । सभामुखमा अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।
कर्मचारी नआउँदा पदभार ग्रहणमा समस्या
मुख्यमन्त्री तथा मन्त्रीहरूले शनिबार शपथग्रहण गरिसके पनि कर्मचारी नआएको हुँदा पदभार ग्रहणमा समस्या देखिएको छ । यहाँका ६ वटा मन्त्रालय सञ्चालनमा आए पनि भौतिक पूर्वाधार मन्त्रालयका लागि खटिएका कर्मचारी भने अझै धनगढी पुगेका छैनन् ।
संघीय सरकारले खटाएका कुनै पनि कर्मचारी सम्पर्कमा नआएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव प्रदीपराज कँडेलले बताए । पूर्वाधार मन्त्रालय क्षेत्रीय सिँचाइ निर्देशनालयको भवनमा राख्ने तयारी गरिएको छ ।
मन्त्रीको कार्यकक्ष तयार भइरहेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताए । आइतबार भौतिक पूर्वाधारमन्त्री बोहराले पदबहाली गर्दै छन् । जिल्लास्थित सम्बन्धित कार्यालयका कर्मचारीकै भरमा भए पनि पदबहाली गराउने तयारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको भनाइ छ ।
मुख्यमन्त्री र मन्त्रीका लागि पुरानै गाडी
प्रदेशस्थित प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, विभिन्न मन्त्रालयका लागि ४५ गाडीको व्यवस्था गर्न संघीय सरकारसँग माग गरिएको भए पनि एउटा मात्रै पुरानो स्कारपियो आएको छ । यो गाडी प्रमुख सचिवलाई दिइएको छ ।
प्रदेश सचिवले प्रयोग गरेको गाडी केही नयाँ भएकाले मुख्यमन्त्रीका लागि उपलब्ध गराइएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । अन्य मन्त्रीहरूलाई पनि तत्कालका लागि जिल्लास्थित विभिन्न कार्यालयका पुरानै गाडीको व्यवस्था गरिएको छ । उपलब्ध गराइएका सवारीसाधन पनि सही अवस्थामा छैनन् ।
विशिष्ट पदाधिकारीलाई पुराना गाडीमा चढाउनुपर्दा अप्ठ्यारो महसुस भएको कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘प्रदेशमा तत्काल आवश्यक ४५ गाडीमध्ये २० ओटासम्म जिल्लामै व्यवस्था गर्न सकिएला,’ उनले भने, ‘विशिष्ट पदाधिकारीले उपयोग गर्नयोग्य २५ वटा सवारीसाधन केन्द्रबाट अपेक्षा गरेका छौँ ।’
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: