Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

कांग्रेसको अवरोधका कारण राहत वितरण अवरूद्घ

नुवाकोट, वैशाख १२ गते शनिबार आएको भूकम्पले जिल्लाका ९० प्रतिशतभन्दा बढि घर ध्वस्त पारेको छ । हजारौंको संख्यामा मानिस बेपत्ता भएका छन् ।बाँचेका मानिसहरु पनि के खाने र कहाँ बस्ने भन्ने चिन्ताले छटपटाइरहेका छन् । सरकारले पठाएको राहत पनि \'कांग्रेसी दादागिरीका कारण\' सीडीओ कार्यालयले वितरण गर्न नसकेको नुवाकाेटबाट पठाइएकाे समाचारमा उल्लेख छ । कांग्रेस नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई एकलौटी रुपमा बाँड्न खोजेपछि राहत वितरण अवरुद्ध भएको छ । आफूले एकलौटी रुपमा राहत बाँड्न नपाए राहत बाँड्ने कार्यलाई नै अवरोध गर्ने जानकारी एक कांग्रेसी समर्थकले दिएका छन् । एक स्थानीयका अनुसार कांग्रेसको अवरोधका कारण नुवाकोटमा भूकम्पपीडितहरुले भोकभोकै मर्नुपर्न अवस्था उत्पन्न भएको बताएका छन् । \"Nuwakot2\"भूकम्पले घर भत्काइदिएको छ । धेरैजसो मालसामान, खाद्यवस्तु भत्केको घरमै पुरिएका छन् । भूकम्प पछिको वर्षातले चामल, मकैलगायतका बचेखुचेको खाद्यान्न भिजेर कुहिएको छ । त्रिपाल किन्न समेत पाइएको छैन । पीडित दामोदर प्याकुरेलका अनुसार अहिलेसम्म नुवाकोटका कुनै स्थानमा सरकारी राहत टोली पुगेको छैन । पटकपटक भोट माग्न आइपुग्ने नेताहरु समेत कोही पनि राहत लिएर पुगेका छैनन् । पीडितहरुले अहिले एक्लो र असहाय महशुस गरिरहेका छन् । खान नपाएर धेरैको विचल्ली भएको छ । बिरामीहरुले औषधि पनि पाएका छैनन् । स्थिति अत्यन्त पीडादायी बनिरहेको छ । वर्तमान सरकारका अर्थमन्त्री डा. रामशरण महत नुवाकोटकै भए पनि उनी नुवाकोट गएर राहत बाँड्न तयार देखिएनन् बरु यहाँको यत्रो विपत्तिलाई बेवास्ता गरेर अत्यन्तै सामान्य कामका लागि सात समुद्रपारिको विदेश हान्निए । हल्देकालिकामा ९५ प्रतिशत घर ध्वस्त नुवाकोट जिल्लाको एउटा सानो गाविस हो हल्देकालिका । जहाँ ९ वडा छन्, तीमध्ये ८ र ९ नम्बर वडाका घरगोठहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । ८ नम्बरको हिरामुनिटार, दार्मे, जुरेलीगाउँ र ९ नम्बरको बेलडाँडा, अचानेमा एक घर पनि बाँकी छैनन् । हल्देकालिकावासी खुला आकाशमुनि पानीमा भिजेर नै दिन बिताइरहेका छन् । तुप्चे गाविसमा दैवीप्रकोप उद्धार समितिबाट छुटयाइएबमोजिमको दुई लाख रुपिया, केही पाल र थोरै खानेकुरा लिएर वितरणका लागी केही प्रतिनिधिहरु गएका थिए । गाविस सचिवको जिम्मामा पठाइएको राहत आफ्नो प्रभाव क्षेत्रमा मात्रै वितरण गर्न थालिएपछि पीडितहरूले हल्देकालिका गाविसका कांग्रेस कार्यकर्तालाई कुटपिट गरेका छन् । त्यसपछि राहत वितरणको क्रममा आफूलाई सहभागी नगराएको भन्दै कांग्रेस कार्यकर्ताले गाविस सचिव मुक्तिनाथ निरौलामाथि आक्रमणको प्रयास गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy