Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

कांग्रेसको अवरोधका कारण राहत वितरण अवरूद्घ

नुवाकोट, वैशाख १२ गते शनिबार आएको भूकम्पले जिल्लाका ९० प्रतिशतभन्दा बढि घर ध्वस्त पारेको छ । हजारौंको संख्यामा मानिस बेपत्ता भएका छन् ।बाँचेका मानिसहरु पनि के खाने र कहाँ बस्ने भन्ने चिन्ताले छटपटाइरहेका छन् । सरकारले पठाएको राहत पनि \'कांग्रेसी दादागिरीका कारण\' सीडीओ कार्यालयले वितरण गर्न नसकेको नुवाकाेटबाट पठाइएकाे समाचारमा उल्लेख छ । कांग्रेस नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई एकलौटी रुपमा बाँड्न खोजेपछि राहत वितरण अवरुद्ध भएको छ । आफूले एकलौटी रुपमा राहत बाँड्न नपाए राहत बाँड्ने कार्यलाई नै अवरोध गर्ने जानकारी एक कांग्रेसी समर्थकले दिएका छन् । एक स्थानीयका अनुसार कांग्रेसको अवरोधका कारण नुवाकोटमा भूकम्पपीडितहरुले भोकभोकै मर्नुपर्न अवस्था उत्पन्न भएको बताएका छन् । \"Nuwakot2\"भूकम्पले घर भत्काइदिएको छ । धेरैजसो मालसामान, खाद्यवस्तु भत्केको घरमै पुरिएका छन् । भूकम्प पछिको वर्षातले चामल, मकैलगायतका बचेखुचेको खाद्यान्न भिजेर कुहिएको छ । त्रिपाल किन्न समेत पाइएको छैन । पीडित दामोदर प्याकुरेलका अनुसार अहिलेसम्म नुवाकोटका कुनै स्थानमा सरकारी राहत टोली पुगेको छैन । पटकपटक भोट माग्न आइपुग्ने नेताहरु समेत कोही पनि राहत लिएर पुगेका छैनन् । पीडितहरुले अहिले एक्लो र असहाय महशुस गरिरहेका छन् । खान नपाएर धेरैको विचल्ली भएको छ । बिरामीहरुले औषधि पनि पाएका छैनन् । स्थिति अत्यन्त पीडादायी बनिरहेको छ । वर्तमान सरकारका अर्थमन्त्री डा. रामशरण महत नुवाकोटकै भए पनि उनी नुवाकोट गएर राहत बाँड्न तयार देखिएनन् बरु यहाँको यत्रो विपत्तिलाई बेवास्ता गरेर अत्यन्तै सामान्य कामका लागि सात समुद्रपारिको विदेश हान्निए । हल्देकालिकामा ९५ प्रतिशत घर ध्वस्त नुवाकोट जिल्लाको एउटा सानो गाविस हो हल्देकालिका । जहाँ ९ वडा छन्, तीमध्ये ८ र ९ नम्बर वडाका घरगोठहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । ८ नम्बरको हिरामुनिटार, दार्मे, जुरेलीगाउँ र ९ नम्बरको बेलडाँडा, अचानेमा एक घर पनि बाँकी छैनन् । हल्देकालिकावासी खुला आकाशमुनि पानीमा भिजेर नै दिन बिताइरहेका छन् । तुप्चे गाविसमा दैवीप्रकोप उद्धार समितिबाट छुटयाइएबमोजिमको दुई लाख रुपिया, केही पाल र थोरै खानेकुरा लिएर वितरणका लागी केही प्रतिनिधिहरु गएका थिए । गाविस सचिवको जिम्मामा पठाइएको राहत आफ्नो प्रभाव क्षेत्रमा मात्रै वितरण गर्न थालिएपछि पीडितहरूले हल्देकालिका गाविसका कांग्रेस कार्यकर्तालाई कुटपिट गरेका छन् । त्यसपछि राहत वितरणको क्रममा आफूलाई सहभागी नगराएको भन्दै कांग्रेस कार्यकर्ताले गाविस सचिव मुक्तिनाथ निरौलामाथि आक्रमणको प्रयास गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending