Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

मोस्ट वान्टेड गुण्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिए

\"\"बुटवल। विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्ट वान्टेड सूचीमा रहेका गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न सोम आले प्रहरी इन्काउन्टरमा मारिएका छन् । अाजकाे अन्पूर्ण पाेष्टमा खबर छ- बुधबार बिहान रुपुन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरी कारबाहीमा पुन र आले दुवैजना मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियन चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फायरिङ गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए । घाइते पुन र आलेलाई लुम्बिनी अञ्चल अस्पतालले मृत घोषित गरेको हो । गोली लागे लगत्तै प्रहरीले उनीहरुलाई अस्पताल पुर्‍याएको थियो । पुनलाई युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निमार्ण व्यवसायीका अध्यक्ष शरदकुमार गौचन, बुटबलका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकारको आरोपमा पुन नेपाल प्रहरीको मस्टवान्टेड सूचीमा थिए । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनो सबैभन्दा सुरक्षित मानिने काठमाडौंको नयाँबानेश्वरस्थित शान्तिनगरमा दिनदहाडै गोली हानी हत्या गर्ने समूहका प्रमुख योजनाकारकारूपमा मनोज पुनबारे प्रहरीले विवरण सार्वजनिक गरेको थियो । २०७३ पुस ४ गते मा बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहका योजनाकार पनि प्रहरीले उनैलार्इ मानेको थियो । गौचनको हत्यामा संलग्न १० जना भन्दा धेरैलार्इ प्रहरीले पक्राउ गरिसकेको थियो। प्रहरीले समिरमान सिंह बस्न्यात, उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता छन् । महानगरीय प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । मनोज पुनको समूह २०७३ पुसमा रुपन्देहीस्थित देबदहका व्यवसायी तथा युवा संघका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्यामा संलग्न मुख्य अभियुक्त थिए । गत साउनमै रुपन्देहीको मणीग्राममा व्यवसायी दुर्गालाल भण्डारीलाई पनि लक्षित गरि गोली प्रहार भएको थियो। तर भण्डारी बाँच्न सफल भएका थिए। यी घटनापछि पुनले आफूले गराएको बताएका थिए। पुनको समूहले रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ का स्थानीय व्यवसायीसमेत रहेका बलु भनिने वसन्त पौडेलको पनि यही पुसमा हत्या गरेका थिए । रुपन्देही देवदह खैरेनीका ४० वर्षीय वसन्त पौडेल बलुलाई देवदह–२ ढेकारमा रहेको आफ्नो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला शुक्रबार बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका थिए । मृतक पौडेल एमालेका स्थानीय कार्यकर्ता र रुपन्देही क्षेत्र नं १ का एमाले अध्यक्ष नीलकण्ठ पौडेलका छोरा थिए। घटनागत्तै गुण्डा नाइके मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी पौडेलको हत्या आफ्नो समूहले गराएको भन्दै जिम्मा लिएका थिए । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पुनको योजनामा देवदहमै गोली हानी हत्या गरिएको थियो । को हुन मनोज पुन ? व्यवसायी तथा एमालेको भातृसंगठन युवासंघ नेपालका जिल्ला अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या गरेर चर्चामा आएका मनोज पुन विगतमा त्यही संगठनका स्थानीय नेता थिए । रुपन्देहीको देबदहका बासिन्दा पुन केही समय युथ फोर्सको क्षेत्रीय कोषाध्यक्ष पनि भए। उनी त्यो बेला पनि ठेक्कापट्टाको काम गर्थे। युवा संघमा हुँदा पनि उननले फिरौती र गुण्डागर्दीको धन्धा चलाइरहे । युथ फोर्सको नाम दुरूपयोग गरेको भन्दै उनी कारबाहीमा परे। दुर्गा तिवारीसँग लेनदेनमा कुरा नमिलेपछि यी दुर्इको दुरी बढेको थियो । संगठनको कारबाहीमा परेपछि उनले तिवारीलाई नै पहिलो निशाना बनाउँदै हत्या गरिदिए। हत्याको अघि पनि २०७२ फागुनमा दुर्गामाथि गोली हानिएको थियो। तर दुर्गा मुश्किलले बाँचेका थिए। २०७३ पुसमा भने उनले ज्यानै गुमाए । तिवारी हत्याप्रकरणपछि पुनको निर्शेदनमा अपराध गर्दै हिँड्ने १८ जना पक्राउ परे । तिवारीको हत्यापछि ६ जना र त्यसअघि फागुनमा तिवारीलाई गोली प्रहार हुँदा ८ जना पक्राउ परेका थिए।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy