Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

गोवामा समातिएका मनोज पुनको रुपन्देहीमा कसरी इन्काउन्टर ?

\"\"बुटवल । विहान साढे ३ बजे रुपन्देहीको देवदह–४, भवानीपूरमा एक्कासी जम्काभेट हुँदा मारिएका गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सार्फसुटर सोम आलेको लास प्रहरीले सार्वजनिक गरेको छ । लुम्बिनी अञ्चल अस्पताल बुटवलबो पोष्टमार्टम गृहमा पत्रकारहरु र सर्वसाधारणहरुको लागि हेर्न तथा फोटो खिच्न समयको लागि सार्वजनिक गरेको थियो, कस्तो होला मनोज पुन भनेर उत्सुक सर्वसाधारहरुको लास हेर्न घुईँचो समाल्न प्रहरीलाई हम्मेहम्मे परेको थियो । इन्काउटरको झण्डै ६ घण्टापछि मात्र सार्वजनिक गरेका मनोज पुन र उसको सहयोगी भनिने सोम आलेलाई प्रहरीले देवदह आएको थाहा पाएपछि अर्काे घटना घट्न सक्ने भन्दै सचेत बनेको प्रहरीसँग एकाविहानै जम्काभेट भएपछि उनीहरुले पहिले गोली चलाएर प्रहरीको बाईकमा लागेपछि दोहोरो भिडन्तमा उनीहरुको मृत्यु भएको प्रहरीले बताईरहँदा यता धेरैले भने यो नियोजित घटना हुनसक्ने बताईरहेका छन् । गोली लागेर घाईते भएका उनीहरु उपचारको लागि लुम्बिनी अञ्चल अस्पतालमा साढे ५ बजे ल्याईपु¥याउँदा उनीहरुको मृत्यु भैसकेको थियो । प्रहरीले उनलाई केही दिन अगाडीमात्रै दिल्लीको गोवामा समातेको हल्ला बाहिर आएको थियो तर यो कुरा प्रहरीका एसपी श्याम ज्ञवालीले स्वीकार गरेनन् । सिआईवीका डिएसपी अंगुर जिसी, एसपी श्याम ज्ञवाली, डिएसपी लगायतको कमाण्डमा गएको टोलीसँगको दोहोरो भिडन्तमा यो घटना भएको हो । घटनाबाट ल्यापटप, पेस्तोल, डायरीलगायतका सामानहरु फेला परेको छ । हत्या गर्ने, धम्की दिने र फिरौती उठाई आतंक सिर्जना गरेका गुण्डा नाईक पुनको मृत्युसँगै ‘च्याप्टर क्लोज’ त भएको छ तर उनको मृत्युसँगै आतंकको अन्त्य भने हुने छैन । हत्या कि मृत्यु ? प्रहरीले दोहोरो भिडन्तमा गोली लागेर मृत्यु भएको भनिरहँदा उनको मृत्युलाई कतिपयले भने हत्या भनेका छन् । प्रहरीले मोष्ट वान्टेडमा रहेका पुनलाई प्रहरीले भारतबाट समातेर ल्याएको र उनलाई देवदहमा योजनमा मारिएको हुनसक्ने बताउँछन् । विगतमा गुण्डा नाईकेहरु दिनेश अधिकारी, कुमार घैटे लगायतको ईन्काउन्टरमा पनि प्रहरीले यस्तै विधिबाट गरेको हुँदा कतिपयले गरेको आशंकासँग दिल्लीमा समातिएको घटना मिल्ने हुँदा यस्तो मनोज पुनको स्वाभाविक भिडन्तमा मृत्यु नभएर प्रहरीले नियोजित घटाएको घटना हुनसक्ने देखिन्छ । मृतक पुनको शरिरमा १२ राउण्ड र यता मृतक सोम आलेको शरिरमा ८ राउण्ड गोली प्रहार भएको हुँदा पनि दोहोर भिडन्तमा यति धेरै गोली एकातिरमात्रै प्रयोग हुनुले यसलाई अर्काे शंकाको दृष्टिले हेर्न सकिने कतिपय बताउँछन् । के भन्छन्, सर्वसाधारण ? उनको मृत्युले शान्तिको आभास हुने भनेर प्रहरीले भनेपनि कतिपय सर्वसाधारणले भने यसरी सिधै हत्या गर्दा यहि विषयलाई लिएर अन्य घटनाहरु घट्नसक्ने सम्भावना बढ्ने बताउँछन्, खासगरी उनको मृत्युलाई लिएर दुईखाले मिश्रीत प्रतिक्रिया जनताले दिने गरेका छन्, कतिपय व्यवसायीहरु अब निर्धक्क काम गर्न पाउने बताउँछन भने कतिपयले आतंकको अन्त्य भैनसकेको बताउँन् । २०१५ सालमा नवलपरासीबाट सुनिलकुमार रानाको नामबाट उनले पासपोर्ट लिएर आपराधिक गतिविधिमा संलग्न भएको र एटिम कार्डमा समेत फरक नाम राखेको प्रहरीले जानकारी दिएको छ । गत वर्ष पुस ४ गते नेकपा एमालेको भातृ संगठन युवा संघ रुपन्देही जिल्ला अध्यक्ष तिवारीको हत्याको जिम्मेवारी पुनले नै लिएका थिए । असोज २३ गते काठमाडौं नयाँ बानेश्वरमा निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्यामा पनि पुनको संलग्नता देखिएको प्रहरीको दाबी छ। गौचनकै हत्या मुख्य योजनाकार समिरमान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। यस्तै गत पुष २१ गते देवदहकै दुर्गा तिवारीका साथी बसन्त पौडेललाई पनि गोली हानी हत्या गरेको जिम्मा लिएका थिए । उनको हत्यासँगै मनोज पुनको आतंकको च्याप्टर क्लोज होला त ?
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending