Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

फोरमलाई सरकारमा ल्याउन पहल

\"\"काठमाडौ । एमालेले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गरेको छ । त्यसका लागि एमाले नेताहरूले फोरमसँग अनौपचारिक वार्ता गरिरहेका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- संविधान संंशोधनमा एमाले सकारात्मक बने सरकारमा जान सकिने संकेत फोरमले दिएको छ । त्यसका लागि उसले एमालेसँग संविधान संशोधनको ठोस प्रतिबद्धता मागेको छ । एमाले र फोरमका दोस्रो तहका नेताबीच बुधबार कुराकानी भएको थियो । ‘एमालेसँंग कुराकानी सकारात्मक भएको छ, शीर्ष तहमा पुन: छलफल गरी संविधान संशोधनको विषयमा निष्कर्ष निकाल्ने प्रयास हुनेछ,’ फोरम नेता रामसहाय यादवले कान्तिपुरसँग भने, ‘संविधानको विषयमा साझा समझदारी बनेपछि सरकारमा जाने/नजानेबारे औपचारिक टुंगो लाग्नेछ ।’ संविधान संशोधनको विषयमा आवश्यकता र औचित्यका आधारमा टुंगोमा पुग्न सकिने धारणा एमालेले राख्दै आएको छ । यो विषयलाई समय तोकेर ठोस रूपमा अघि बढाउन फोरम नेताहरूले एमाले नेतासँग आग्रह गरेका थिए । ‘संविधान संशोधन नगरी अब प्रदेशहरू पनि चल्न सक्दैनन्, सातवटा प्रदेशमध्ये ६ वटा एमाले–माओवादीले नेतृत्व गरेका छन् । यो संशोधन अब २ नम्बर प्रदेशको विषय मात्र बनेन,’ यादवले भने, ‘यसैले संविधान संशोधनको आवश्यकता र औचित्य छ भन्ने हाम्रो भनाइ हो ।’ एमाले सचिव प्रदीप ज्ञवालीले सकेसम्म मधेसी दलहरू पनि सरकारमा आऊन् भनेर नै कुराकानी भइरहेको बताए । छलफल सकारात्मक रहेको पनि उनले बताए । फोरम अध्यक्ष यादवले गत सोमबार एमाले–माओवादी एकता संयोजन समितिको बैठक चलिरहेकै बेला बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका थिए । त्यस भेटमा ओलीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए । ओलीले अबको मूल ध्यान विकास निर्माण भएकाले त्यसका लागि केन्द्र र प्रदेश सरकार मिलेर जानु आवश्यक रहेको भन्दै यादवलाई सरकारमा सहभागी हुन अनुरोध गरेका थिए । ‘प्रदेश आफैंमा स्वतन्त्र रूपमा चल्न सक्ने अवस्था रहँदैन, धेरै स्रोतसाधन केन्द्रमै निर्भर रहनुपर्छ त्यसैले तपाईंहरू नेतृत्वको प्रदेश २ को पहिलो सरकारको सफलताका लागि पनि केन्द्रमा मिलेर जाँदा राम्रो हुन्छ,’ ओलीले भनेका थिए । त्यो भेटपछि बुधबार त्यसबारे दोस्रो तहका नेताहरूबीच पुन: कुराकानी भएको हो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy