Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार: अाेली

\"\" काठमाडाै । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयहरूको समायोजनसहित संख्या निर्धारण र माओवादीसंँगको मन्त्रालय बाँडफाँट टुंग्याई २ दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । अाजकाे कान्तिपुर दैनकमा खबर छ- प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार बिहान मन्त्रालयको संख्या, समायोजन र बाँडफाँटबारे कुराकानी भएको छ । केन्द्रीय मन्त्रालयहरूको संख्या घटाउनुपर्ने भएकाले कुन मन्त्रालयलाई कसरी समायोजन गर्ने भन्ने अन्तिम टुंगो लागेको छैन । मन्त्रालयहरूकै टुंगो नलाग्दा कसलाई के मन्त्री बनाउने भन्ने पनि अन्योल भएकाले बुधबार मन्त्रिपरिषद् विस्तार हुन सकेन । अब दुई दिनभित्र यी सबै काम टुंग्याउने प्रधानमन्त्री ओलीले बताएका छन् । ‘मन्त्रिपरिषद् विस्तार गर्न अब धेरै समय लाग्दैन । दुई दिनभित्र हामी टुंग्याउँछौं,’ प्रधानमन्त्री ओलीले चन्द्रागिरि दहचोकमा कालु पाण्डे समाधिस्थलमा आयोजित कार्यक्रमपछि भने । हाल केन्द्रीय मन्त्रालयको संख्या प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ छ । त्यसलाई घटाएर १५ मा सीमित पार्ने प्रस्ताव छ । तर दुई पार्टीको व्यवस्थापन गर्नुपर्ने भएकाले संख्या बढाएर १८ सम्म पुर्‍याउने कि भन्नेमा पनि छलफल भइरहेको छ । ‘सकेसम्म १५ वटै मन्त्रालय कायम गरौं भन्नेमा हाम्रो जोड छ तर सरकारमा अन्य पार्टीहरू पनि आउने सम्भावना रहेकाले केही थपघट हुन पनि सक्छ,’ एमाले सचिव ज्ञवालीले कान्तिपुरसँग भने, ‘मन्त्रालयको संख्या टुंगिएपछि मन्त्रिपरिषद् विस्तार हुन्छ ।’ कुन मन्त्रालयलाई कहाँ गाभेर संख्या तय गर्ने भन्नेमा प्रधानमन्त्री कार्यालयले गृहकार्य गरिरहेको छ । सम्भवत: बिहीबार नै मन्त्रालयको संख्या र स्वरूप यकिन हुनेछ । त्यसपछि मन्त्रिपरिषद् विस्तार हुनेछ । माओवादी प्रवक्ता पम्फा भुसालले पनि मन्त्रालयहरूको टुंगो लागेपछि मन्त्रीहरूको नाम पठाइने जानकारी दिइन् । ‘अध्यक्षहरूबीच कुराकानी भइरहेको छ, मन्त्रालय कस्तो हुने भन्ने यकिन भइरहेको छैन । त्यसैले यो टुंगिएपछि विस्तार हुन्छ ।’ दुई दलबीच २० जनाभन्दा कम नै मन्त्री राख्नेमा करिब सहमति भएको छ । त्यसमा माओवादीले कम्तीमा ६ वटा मन्त्रालय पाउनुपर्ने माग गरिरहेको छ । एमाले पक्षले पाँचवटा दिने मनस्थिति बनाएको छ । मन्त्रालयहरूको संख्या १५ मै सीमित गर्ने र माओवादीलाई ५ मन्त्रालय दिने एमालेको जोड छ । तर पार्टीभित्र मन्त्री बन्ने आकांक्षीहरूको व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले माओवादीले बढी संख्या लिन खोजिरहेको छ । दुई दलबीच यसअघि ३० देखि ४० प्रतिशतसम्मको भागबन्डा भएको थियो । दुवै दलभित्र मन्त्री बन्ने आकांक्षीहरूको संख्या ठूलो छ । मन्त्री माग्दै सांसदहरू शीर्ष नेता भेटिरहेका छन् । क–कसलाई मन्त्री बनाउने भन्नेमा दुवै दलमा समस्या छ । दुई अध्यक्षले नै मन्त्रीहरूको छनोट गर्ने सम्भावना छ । मन्त्रीहरूको विषयमा छलफल गर्न बुधबार माओवादीको केन्द्रीय सचिवालय बैठक बस्ने तयारी रहेकोमा स्थगित भयो । बिहीबार मन्त्रालयहरूको टुंगो लागे तत्काल बैठक बसेर मन्त्रीको नाम सिफारिस हुने बताइएको छ । माओवादीबाट रामबहादुर थापाले सरकारको नेतृत्व गर्ने सम्भावना छ । यद्यपि उनलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनुपर्ने र सरकारमा अन्य व्यक्तिलाई नै नेतृत्व दिनुपर्ने भन्दै केही नेताले प्रयास गरिरहेका छन् । थापाको विषयमा पार्टीभित्र छलफल गर्नुपर्ने अवस्था आए पहिलो चरणमा मातृका यादव र पम्फा भुसाल मात्रै सरकारमा सहभागी हुने सम्भावना रहेको एक माओवादी नेताले जानकारी दिए । एमालेमा पनि मन्त्रीका आकांक्षीको संख्या ठूूलो छ । प्रधानमन्त्री ओलीले नै मन्त्री बनाउने व्यक्तिबारे गृहकार्य गरिरहेका छन् । पार्टीभित्र औपचारिक रूपमा छलफल गर्दा संख्या ठूलो हुने भएकाले शीर्ष नेताहरूसँंग अनौपचारिक छलफल गरी ओलीले नाम टुंग्याउने छन् । एमालेमा महासचिव ईश्वर पोखरेल, सचिव ज्ञवाली, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, पद्मा अर्याल, यज्ञराज सुनुवार, रघुवीर महासेठ, प्रेम आलेलगायत सांसद मन्त्रीका आकांक्षी छन् । पार्टीभित्र ओली, माधव नेपाल, वामदेव गौतमका स–साना समूह रहेकाले आफू निकट नेताहरूसँग सांसदहरू मन्त्री बन्नका लागि पहल गरिरहेका छन् । यस पटक करिब ५ वर्ष नै सरकारको निरन्तरता हुने भएकाले सांसदहरू यसैपटक मन्त्री भइहाल्ने कसरतमा छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy