Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

नेताको आशीर्वाद गुन्डालाई अभिशाप, इन्काउन्टरमाथि शंका : भारतकाे गोवामा पक्राउ नेपालमा गोली !

\"\"काठमाडाै । एमाले नेता गौतम गृहमन्त्री भएकै वेला चरीको ‘इन्काउन्टर भएकाे थियाे । अाजकाे नयाँ पत्रिकामा खबर छ- चरी उपनामले कुख्याती कमाएका धादिङका दिनेश अधिकारी काठमाडौंको नयाँ बजारलाई आधार क्षेत्र बनाएर अपराधमा संलग्न थिए । थप उचाइ चढ्न एमाले प्रवेश गरेका उनी धादिङ–१ क्षेत्रीय कमिटीको उपाध्यक्षसमेत बने । राजनीतिक संरक्षणमा शक्ति बढेपछि उनले आफ्ना प्रतिस्पर्धीलाई दिउँसै गोली हान्न पनि थाले । कांग्रेस ललितपुरका नेतासमेत रहेका मीनकृष्ण महर्जनलाई गोली हानेको पुष्टि भए पनि उनी पक्राउ परेनन् । शक्ति बढेको आत्मविश्वासमा चरीले पार्टीकै नेताहरूलाई समेत धम्क्याउन थालेका थिए । पछि एमालेकै नेता वामदेव गौतम गृहमन्त्री रहेका वेला २१ साउन ०७१ मा प्रहरीले उनलाई ‘इन्काउन्टर’मा मार्‍यो । प्रहरीका अनुसार मोटरसाइकल चढेर धादिङतर्फ जाँदै गरेको अवस्थामा भीमढुंगामा उनीसँग मुठभेड भएको थियो । राजनीतिक संरक्षणले घैँटेको व्यवसाय जोगियो, ज्यान जोगिएन काठमाडौं नयाँ बजारका स्थानीय कुमार घैँटे कांग्रेसी नेताहरूको छत्रछायामा हुर्किएका डन थिए । निर्माण व्यवसायीका अनुसार कांग्रेसका जगदीश्वरनरसिंह केसीको परिवार र कुमार घैँटे व्यावसायिक साझेदार नै थिए । घैँटे तरुण दलमा प्रवेश गरेर समाजसेवी पनि बनेका थिए । तर, उनले अपराध कर्म छाडेनन् । राजनीतिक आवरणमा उनले अपराध गतिविधि अझ मजबुत तुल्याए । अन्ततः घैँटे सामाखुसीस्थित निवासमै भएको प्रहरी इन्काउन्टरमा ३ भदौ ०७३ मा मारिए । प्रहरीका अनुसार सर्चमा गएको टोलीलाई उनले फायर खोलेका थिए । फेक इन्काउन्टर भएको भन्दै जगदीश्वरनरसिंह केसीले शिक्षण अस्पताल र संसद्मा समेत उत्तेजक भाषण गरेका थिए । तर, घैँटेलाई बचाउन ढिलो भइसकेको थियो । यसरी, राजनीतिक संरक्षणको विश्वासमा अपराध बढाउनु घैँटेका लागि आत्मघाती साबित भयो । मनोज पुनको यात्रा : माओवादी हुँदै एमाले, सम्बन्ध बिग्रिएपछि समापन रुपन्देही देवदह–६ का हुन् मनोज बुढामगर । बालुवाको कारोबार गर्ने क्रममा उनी माओवादीको भ्रातृ संस्था वाइसिएलसँग नजिकिए । व्यवसाय अझ बढाउन एमाले प्रवेश गरेका उनी एमालेसम्बद्ध युवा संघ रुपन्देहीको कोषाध्यक्षसमेत बने । एमाले नेता विष्णु पौडेलको नाम लिएर उनले अपराध कर्म अझ बढाए । युवा संघ रुपन्देहीले कारबाही गरेपछि प्रतिशोध साँध्न ४ पुस ०७३ मा गोली हानी आफ्नै पूर्वअध्यक्ष दुर्गा तिवारीको हत्या गरे । तर, प्रहरीको पहुँचबाट टाढा भारतमा बसेर गिरोह चलाउन थालेका उनले २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या गराए । यसबाट पनि सुरक्षित उनले लगत्तै २१ पुस ०७४ मा बुटवल देवदहकै फर्निचर व्यवसायी बलु भनिने वसन्त पौडेलकोे हत्या गरे । अन्तर्राष्ट्रिय डन बन्ने महŒवाकांक्षामा अन्धाधुन्ध अघि बढेका उनी बुधबार प्रहरी इन्काउन्टरमा मारिएका छन् । साथमा उनका सहयोगी सोम आलेको पनि ज्यान गएको छ । जेलमै ग्याङफाइटमा मारिए अर्का डन चितवन कारागारमा एमालेनिकट चमेरे ग्याङसँग झडप हुँदा कांग्रेसनिकट कमिला ग्याङका शिवराज पौडेल मारिए । राजनीति र अपराधमा सँगसँगै हुर्किएका पौडेल नेपाल तरुण दलका तत्कालीन जिल्ला अध्यक्षसमेत थिए । मुख्य धन्दा ठेक्कापट्टाको थियो, तर चितवन केराबारीमा मारिएका सञ्जय लामाको हत्या अभियोगमा जेलमा थिए । तर, अदालती पैmसला हुनुअघि नै २ पुस ०६८ मा उनी मारिए । उनको हत्याको विरोधमा कांग्रेस कार्यकर्ता सडकमा उत्रिए । नेपाल बन्दसमेत भयो । अन्ततः उनलाई कांग्रेसको बैठकले सहिद घोषणा नै गर्‍यो । बिहानै ३ बजे इन्काउन्टर : मनोजलाई १२ गोली, सोमलाई १० शृंखलाबद्ध हत्या र फिरौतीको अभियोगमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गुन्डानाइके मनोज पुन इन्काउन्टरमा मारिएका छन् । रुपन्देहीको देवदहमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा मनोजका मुख्य सहयोगी सोमबहादुर आलेको पनि ज्यान गएको छ । प्रहरीमाथि फायर भएपछि जवाफी कारबाहीमा मारिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी (प्रहरी उपरीक्षक) श्याम ज्ञवालीको भनाइ छ । मनोजलाई १२ र सोमलाई १० गोली लागेको थियो । देवदह नगरपालिका–४ भवानीपुरमा बुधबार बिहान ३ बजे भएको इन्काउन्टरमा घाइते पुन र आलेको उपचारका क्रममा साढे ५ बजे बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल, एउटा मोटरसाइकल, ल्यापटप र केही डायरी पनि बरामद गरेको छ । मनोजले सुनीलकुमार मगरका नाममा नवलपरासीबाट पासपोर्ट (राहदानी) बनाएको र एटिएममा पनि अर्कै नाम राखेको पाइएको एसपी ज्ञवालीले बताए । भेटिएका प्रमाणमाथि अध्ययन गरेपछि थप तथ्य खुल्ने उनले बताए । इन्काउन्टरमाथि शंका मनोजले हानेको गोली मोटरसाइकलमा, प्रहरीले हानेको गोली छातीमा पूर्वएआइजी राजेन्द्रबहादुर सिंह भन्छन्, ‘एकपछि अर्को इन्काउन्टरमा शंकै छ ।’ गोवामा पक्राउ नेपालमा गोली ! भारतको गोवामा केही दिनअघि नै पक्राउ गरेर ल्याइएको र बुधबार बिहान गोली हानिएको चर्चा छ । तर, रुपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवाली भन्छन्, ‘खोज्दै जाँदा देवदहको मुख्य सडकमा जम्काभेट भयो, उनीहरूले फायरिङ गरे ।’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy