Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed

चितवनका विद्यालय त्रिपालमुनि

चितवन, भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि चितवन जिल्लाका केही विद्यालयमा त्रिपालमुनि पढाई सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश विद्यालयमा सामान्य प्रभाव देखिए पनि नौवटा विद्यालयका कक्षा कोठामा क्षति पुगेपछि दातासँग त्रिपाल मागेर त्रिपालमुनि पढाई थालिएको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यका अनुसार छवटा विद्यालयमा दाताले त्रिपाल उपलब्ध गराएका छन् भने अन्य तीनवटा विद्यालयका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ । भूकम्पका कारण कोठामा बस्न नमिल्ने भएका कविलासको राष्ट्रिय प्राथमिक विद्यालय भारलाङ, दारेचोकको पन्थ राप्रावि डुडे, माझगाउँ मावि दारेचोक, चण्डिभञ्ज्याङको देवीभञ्ज्याङ राप्रावि कालिखोला, लोथरको गणेश निमावि यौरालीटार र लोथरकै डुङवाङ प्रावि स्याम्राङमा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी टु को एरिया नं ३ ले ठूला त्रिपाल उपलब्ध गराएपछि त्रिपालमुनि विद्यार्थीलाई पढाइएको छ । मङ्गलपुरको मोहनपुर निमावि, सिद्धिको राप्रावि डौतेस र लोथरको हातीसुँढे प्राविको कक्षा कोठामा पढाउने अवस्था नभएपछि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको जिल्ला शिक्षा अधिकारी आचार्यले बताए । जिल्लामा रहेका तीन सय ८९ विद्यालयमध्ये एक सय २५ वटा विद्यालयमा क्षति पुगेको उनले बताए । सामान्य रुपमा सबै विद्यालयमा चर्किएको भए पनि १२५ वटा विद्यालय भने कक्षा कोठा, कार्यालय भवन मर्मत नगरी पठनपाठन गराउने अवस्था नरहेको बताए । आफ्नै प्राविधिक, भवन निर्माणका प्राविधिक र नगरपालिकाका प्राविधिक लगाएर विद्यालयको भवन परीक्षण गर्ने काम भइरहेको उनले बताए । चर्को गर्मीसँगै त्रिपालमुनि कक्षा सञ्चालन निकै कष्टकर हुन्छ । जिल्लामा आइतबारदेखि कक्षा सञ्चालन सुरु भएको हो । विद्यालय नखुलेसम्म प्रधानाध्यापकले विद्यालयको अवस्था नबुझेका कारण क्षतिको विवरण ढिलो गरी आएको उनले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending