Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

चितवनका विद्यालय त्रिपालमुनि

चितवन, भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि चितवन जिल्लाका केही विद्यालयमा त्रिपालमुनि पढाई सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश विद्यालयमा सामान्य प्रभाव देखिए पनि नौवटा विद्यालयका कक्षा कोठामा क्षति पुगेपछि दातासँग त्रिपाल मागेर त्रिपालमुनि पढाई थालिएको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यका अनुसार छवटा विद्यालयमा दाताले त्रिपाल उपलब्ध गराएका छन् भने अन्य तीनवटा विद्यालयका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ । भूकम्पका कारण कोठामा बस्न नमिल्ने भएका कविलासको राष्ट्रिय प्राथमिक विद्यालय भारलाङ, दारेचोकको पन्थ राप्रावि डुडे, माझगाउँ मावि दारेचोक, चण्डिभञ्ज्याङको देवीभञ्ज्याङ राप्रावि कालिखोला, लोथरको गणेश निमावि यौरालीटार र लोथरकै डुङवाङ प्रावि स्याम्राङमा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बी टु को एरिया नं ३ ले ठूला त्रिपाल उपलब्ध गराएपछि त्रिपालमुनि विद्यार्थीलाई पढाइएको छ । मङ्गलपुरको मोहनपुर निमावि, सिद्धिको राप्रावि डौतेस र लोथरको हातीसुँढे प्राविको कक्षा कोठामा पढाउने अवस्था नभएपछि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको जिल्ला शिक्षा अधिकारी आचार्यले बताए । जिल्लामा रहेका तीन सय ८९ विद्यालयमध्ये एक सय २५ वटा विद्यालयमा क्षति पुगेको उनले बताए । सामान्य रुपमा सबै विद्यालयमा चर्किएको भए पनि १२५ वटा विद्यालय भने कक्षा कोठा, कार्यालय भवन मर्मत नगरी पठनपाठन गराउने अवस्था नरहेको बताए । आफ्नै प्राविधिक, भवन निर्माणका प्राविधिक र नगरपालिकाका प्राविधिक लगाएर विद्यालयको भवन परीक्षण गर्ने काम भइरहेको उनले बताए । चर्को गर्मीसँगै त्रिपालमुनि कक्षा सञ्चालन निकै कष्टकर हुन्छ । जिल्लामा आइतबारदेखि कक्षा सञ्चालन सुरु भएको हो । विद्यालय नखुलेसम्म प्रधानाध्यापकले विद्यालयको अवस्था नबुझेका कारण क्षतिको विवरण ढिलो गरी आएको उनले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending