Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

मन्त्रीका लागि एमाले, माओवादीमा हानथाप

\"\"काठमाडौ । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्ने हम्मे परेको छ । आकांक्षीको व्यवस्थापन गर्न समस्या परेपछि नाम तय हुन सकेको छैन । खबर कान्तिपुर दैनिकमा खबर छ- यसले गर्दा सरकार बनेको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । दुवै पार्टीले मन्त्री छान्न अध्यक्षसहितका शीर्ष नेतालाई जिम्मा दिएका छन् । एमालेको शुक्रबार स्थायी समिति बैठकले वरिष्ठ नेताहरूका परामर्शमा प्रधानमन्त्री ओलीलाई नै नाम टुंग्याउने जिम्मेवारी दिएको छ । ‘मन्त्री छनोट गर्दा समावेशी, कार्यक्षमता लगायतका विषय हेरेर नेताहरूको परामर्शमा प्रधानमन्त्रीलाई नाम टुंगो लगाउने जिम्मेवारी दिइएको छ,’ एमाले सचिव योगेश भट्टराईले भने । उनका अनुसार अब प्रधानमन्त्रीले नै मन्त्री छनोट गर्नेछन् । एमालेको तर्फबाट यसअघि लालबाबु पण्डित र थममाया थापा मन्त्री बनिसकेका छन् । माओवादीसँगको भागबन्डामा एमालेले १० वटा मन्त्रालय पाउने समझदारी भएकाले अब एमालेबाट ८ जना मन्त्री हुनेछन् । आठ जनाका लागि आकांक्षीको संख्याभने ठूलो छ । माओवादीले पनि आफ्नो पार्टीबाट मन्त्री बन्नेहरू छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । उनीहरूलाई समावेशी, जातीय र क्षेत्रीय सन्तुलन मिलाउने गरी व्यक्ति चयन गर्न जिम्मेवारी दिइएको छ । माओवादीका भागमा सातवटा मन्त्रालय परेको छ । तत्कालका लागि पार्टी एकता नभएकाले थापा नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने माओवादीले करिब टुंगो लगाएको छ । यद्यपि कुन–कुन मन्त्रालय रहने भन्ने शुक्रबार मात्र मन्त्रिपरिषद्ले टुंग्याएकाले शनिबारसम्ममा दुई दलबीच कुराकानी भएपछि मन्त्रालय र व्यक्तिको अन्तिम छनोट हुनेछ । माओवादीले गृह मन्त्रालय पाउने करिब निश्चित छ । त्यसैले त्यो मन्त्रालयमा को जाने भन्नेमा मुख्य नेताहरूबीच हानथाप छ । माओवादीले मन्त्री बनाउनेको रोस्टर करिब तयार गरेको छ । रोस्टरमा परेका व्यक्तिहरूमध्येबाट अब अध्यक्षले अन्तिम नाम छनोट गर्नेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा एकजना पर्ने गरी छान्ने तयारी भएको माओवादी नेताहरूले बताएका छन् । माओवादीको रोस्टरमा रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बिना मगर, मातृका यादव, सुदन किराती, अमलनलाल मोदी, देवेन्द्र पौडेललगायतको नाम छ । यीमध्येबाटै नेताहरूले छलफल गरेर मन्त्री बन्नेको नाम तय गर्नेछन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy