Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

उत्तर कोरियाको अर्को उच्चस्तरीय टोली दक्षिण कोरियामा

[caption id=\"attachment_156611\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption]

सोल । तेइसौं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरियाको एक उच्चस्तरीय सरकारी टोली आइतबार दक्षिण कोरिया आइपुगेको छ ।

उच्चस्तरीय टोलीको नेतृत्व उत्तर कोरियाको सत्तारुढ दल वकर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलले गरेका छन् । स्थानीय समयानुसार आइतबार बिहान ९.५३ मा उनीहरु पश्चिमी सिमा क्षेत्रमा रहेको सरकारी कार्यालयमा आइपुगेको स्थानीय टेलिभिजनहरुले देखाएका छन् । कालो र लामो कोट पहिरिनुभएका टोली नेता किमलाई दक्षिण कोरियाको एकता मन्त्रालयका उपमन्त्री चुङ हाएसुङले सिमा कार्यालयमा स्वागत गरेका थिए । उपाध्यक्ष किम आइतबार राती हुन लागेको सो शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुनुहुने कार्यतालिका रहेको छ । यस भ्रमणले दुइ देशबीचको सम्वन्ध आगामी दिनमा सुधार हुने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि उद्घाटन समारोहमा हुन उत्तर कोरियाको तर्फबाट किम यङ–नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको थियो । नाम उत्तर कोरियाको संसदका प्रमुख छन् । उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले दक्षिण कोरियाका राष्ट्रपतिलाई भेटेर आफ्ना दाजुको तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा पनि दिएका थिए । लामो समयपछि भएका यी उच्चस्तरीय भ्रमणलाई अन्तर्राष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ । उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तरराष्ट्रियरुपमा आलोचना भएको छ । उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ । तर यो ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिहरुको सहभागिताबाट भने सम्बन्धमा पछिल्लो समयमा केही सधार आएको महसुश गरिएको बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending