Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

प्रेसमाथि सेन्सरसिप: पराजुलीकाे कदम, प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन

\"\"काठमाडौ । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवादबारे कान्तिपुरमा प्रकाशित समाचारका सन्दर्भमा उनकै इजलासले अन्तरिम आदेश जारी गर्दै प्रेसमाथि नै ‘सेन्सरसिप’ लगाउन खोजेको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ- आदेशमा मुद्दाको पक्ष नै नभएको प्रेस काउन्सिललाई त्यस सम्बन्धमा छानबिन गरी आफूविरुद्धका समाचार भविष्यमा पुन: प्रकाशित हुन नदिने व्यवस्था मिलाउन पनि भनिएको छ। पराजुलीले आफ्नो जन्ममिति विवादसम्बन्धी अवहेलना मुद्दा आफ्नै बेञ्चमा राखेर आदेश दिएका हुन्। आदेशमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा र संवाददाता कृष्ण ज्ञवालीलाई म्याद पाएको तीन दिनभित्र अदालतमा बयानका लागि आफैं उपस्थित हुन भनिएको छ। कान्तिपुरमा प्रकाशित प्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवादसम्बन्धी समाचार सामग्रीहरूले ‘जनमानसमा भ्रम पैदा गरेको’ दाबी गर्दै त्यस्ता समाचारहरू ‘पुन: प्रकाशन हुन नदिनेलगायतका अधिकारको तत्काल कार्यान्वयन गर्न’ प्रेस काउन्सिललाई आदेश दिइएको छ। ती समाचारले पत्रकार आचारसंहिता उल्लंघन गरे/नगरेकोतर्फ तत्काल छानबिन गर्न पनि काउन्सिललाई भनिएको छ। कुनै पनि विषयमा पहिले नै समाचार प्रकाशन/प्रसारण नगर्नु भनी आदेश दिनु पूर्व–प्रतिबन्ध (प्रि–सेन्सरसिप) हो। नेपालको संविधानको प्रस्तावनाले नै ‘पूर्ण प्रेस स्वतन्त्रता’ प्रत्याभूत गरेको छ। तर प्रधानन्यायाधीश पराजुलीको आदेशमा संविधानप्रदत्त विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई पनि खुम्च्याउन खोजिएको छ। उनको आदेशमा ती अधिकार ‘निरपेक्ष’ नहुने दाबी गर्दै भनिएको छ, ‘नेपालको संविधानको धारा १७ को उपधारा २ को देहाय (क) मा विचार र अभिव्यक्ति स्वतन्त्रता एवम् धारा १९ को उपधारा १ ले सञ्चारको हकको प्रत्याभूति गरिएको भए तापनि ती हकहरू निरपेक्ष छैनन्।’ अदालतको अवहेलनासम्बन्धी कानुन संसद्ले बनाइनसकेको हुँदा यसको व्याख्या न्यायाधीशबाटै हुँदै आएको छ। यही पृष्ठभूमिमा पराजुलीले अवहेलना मुद्दालाई आधार बनाई सञ्चार जगत्माथि सेन्सरसिप लगाउन खोजेका हुन्। कान्तिपुरले भने व्यक्तिविशेषको जन्ममिति विवादसम्बन्धी तथ्यसंगत समाचार प्रकाशनमा ल्याउँदा त्यसलाई सम्मानित अदालतको मर्यादासँग जोडेर व्याख्या गर्न नमिल्ने जनाएको छ। प्रधानन्यायाधीश पराजुलीको जन्ममिति विवादका सम्बन्धमा कान्तिपुरलगायतका सञ्चार माध्यमले रिपोर्टिङ गर्दै आएका छन्। ‘अदालत, न्यायाधीश र प्रधानन्यायाधीशको मानमर्दन गर्ने गरी अनर्गल, भ्रामक, सत्य र तथ्यमा आधारित नभएका समाचार प्रकाशन गरी संविधान तथा कानुन प्रतिकूलको कार्य गरेको प्रथमदृष्टिमै देखिन आएको,’ पराजुलीको आदेश उल्लेख छ। मुद्दाको मूल विषयका रूपमा रहेको प्रधानन्यायाधीशको जन्ममिति विवादका सम्बन्धमा भने आदेशमा कुनै उल्लेख छैन।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: